जसले जसलाई दोष दिए
पनि हरेक दिन १५००-१८०० नेपालीहरु मैलो पैन्ट लगाएर पछाडी खासाली झोला भिरी पहिलोपल्ट
प्लेन चडी बिदेस भागिरहेका हुन्छन | एअर होस्टेसलाई गाउमा जीप चड्दा साइडमा बसेकी
केटिलाइ जिस्केझैँ जिस्काएको पारा देख्दा पहिलोपल्ट प्लेन चढेका हुन् भनेर आकलन
गर्न गार्हो हुन्न | त्यो त्रिभुवन अंतर्राष्ट्रीय
बिमानस्तलको आप्रवास काउंटरमा लाइन लागेका सयौको भिडमा २-४ बिस पुरुषहरु सुकिला
कपडामा स्यम्सोमाइटको राम्रै अटैची बोकेर बाहिरिने भएता पनि तिनीहरुको संख्या
अगन्य नै छ | सालिन घरका महिलाहरु लेबर कामका लागि बैदेशिक रोजगारीमा जाने अहिले
पनि फाट-फुट मात्रै होलान | कोइ आफ्नो बुडाको निम्तोमा बुडासंगै बस्ने भनेर मस्किदै
जाने त कोइ नेपालमा बस्ने गार्हो भएर बाहिरिने पिडित महिलाहरु छन् | सभ्रान्त घरका
छोरी-बुहारीहरु उच्च-शिक्षाका लागि जाने पनि हुन्छन, कता-कति | हिसाब-किताब जति
गरे पनि हरेकपल्ट विदेश जादा आप्रवास काउंटरको फ़ोर्म भर्ना नजान्ने २-४ जनाको
फोर्म आफैले भर्नु परेकै छ | त्यो काउन्टरको लाइनमा बस्ने ८०% सर्बहारा नेपाली पुरुषहरु
नै हुन्छन |
घर जादा गाउ वरिपरी हेर्छु, न काकाहरु छन्, न दाईहरु छन्, न मामाहरु छन् | गाउ-घर
आजकल बयस्क पुरुषबिहिन हुन पुगेको छ | प्राय सबै बिदेशीसके बाकि पनि बिदेसिने
क्रममा छन् | बिदेशिनु त हाम्रो धेरै पुरानो चलन नै हो | पहिले पनि मान्छेहरु
लाहुर जान्थे रे | जवानी पहाड़ो में नही रेहेती भनेर त मित्रराष्ट्रका मोदीले नै
सम्झाएर गए | आफ्नो जवानीमा बिदेसिएको पुरुष र घरमा एक्ली महिला हुने प्रवृतिले
हाम्रो साहित्य, संगीत सबैलाई छोएको छ | प्राय सबै हाम्रा गीत-संगीतहरुमा बिछोडको
पिडा, मायालुको पर्खाई, कुर्दा-कुर्दै मनमा आएको बिचलन, पछी फेरी अर्कैको मायामा
पर्ने अनि एउटा माया छोडेर अर्को मायामा जानुपर्ने आदि कुराहरु छरपस्ट पोखिएका
हुन्छन | हाम्रा आमाहरु, दिदीहरु, भाउजुहरु सबै आफ्नो जीवनसाथीसंग टाडीएर जिन्दगी
गुजारा गरिरहेका |
हिजोआज अखबारमा श्रीमती, श्रीमानले कमाएको पैसा लिएर अर्कै संग गईन, श्रीमान
बिदेशमै गायब भए, फेसबुकमा बनाएको केटा वा केटि-साथीले धोका दिए ब्लाकमेल गरे आदिले
सनसनी मच्चाईरहेका हुन्छन | यस्ता समाचार भन्दा त्यो तल आउने कमेन्टहरु पढ्दा चाही
खल्लो लाग्छ | सबै बयस्क मानिसहरुका आफ्ना रहर र चाहनाहरु हुन्छन नै, यो उमेरमा
महिलाले पुरुष चाहनु र पुरुषले महिला चाहनु अस्वाभाविक पनि होइन | बिभिद कारणले अहिले
देशमा लैगिक असन्तुलन देखिएको छ, तेसैको उपज हो अहिलेको सामाजिक समस्या |
जीवन जिउने आफ्नो लागि हो | भूतका बाबु-आमा या भविस्यका बच्चा-बच्चीका लागि आफ्नो
सबै खुसि कुर्बान गर्नुपर्छ भन्ने छैन | आफ्नो कर्तब्य र दाहित्वहरु होलान तर
तेस्कै लागि पुरै जिन्दगी र खुसि सुम्पनु पर्छ भन्ने छैन | २२-२३ बर्षे लक्का जवान
नेपालमा अवसर नपाएर बिदेशिनु बाध्यता होला तर भविस्यका लागि, बाउ-आमाका लागि
बुहारी चाहियो भनेर बिहे गरि, श्रीमतीलाइ घरमै छोडी बिदेशिनु चाही मुर्खता हो | एक
त त्यो सानो उमेरमा नै किन बिहे गर्नु पर्यो, एकल जीवन हुदै विदेश जानुस, २-४ साल
मज्जाले कमाउनुहोस् अनि नेपाल आएर कुनै धन्दा गर्नुस अनि बिहे गरि संगै बस्नुहोस |
बिबाहित महिलाको जीवन श्रीमान बिनाको घरमा कस्टकर हुन्छ | पितृसत्तामक नेपाली समाजमा
बुहारीलाई छोरी सरहको व्यावहार हुने घरमा समते छोरीलाइ जतिको सुख-सुबिधा हुदैन |
मुखले जति जे भने पनि घरमा सबैलाई रजाएर, खुसि बनाएर आफ्नो रहर र चाहनालाई दबाउनु पर्छ
नेपाली मध्यम बर्गीय समाजका बुहारीहरुले | श्रीमान बिनाको घर र चार्ज बिनाको
मोबाइल उस्तै हुन् | छैन भनौ छ, छ भनौ भनेको बेलामा काममा आउदैन | दिन-भर घरमा
एता-उता काम गरेर थाकेकी श्रीमतीले रात मा नत पति को न्यानो काख नत मायाको नै
महसुस गर्न पाउछिन | रिस, ख्रोद, पिडा साट्नु भनेको त झन् दुरको कुरा अनि तेही
माथिको अतृप्त यौन चाहना | ति एक्ली महिलालाइ कसैले केहि माया गरेर बोलाए केहि
स्नेह देखाए बिस्तारै पग्लिन थाल्छन | झुटो नाटक गरेर पगाल्नेहरु धेरै छन् हाम्रो
समाजमा | एकदिन दुइदिन गर्दा गर्दै विदेशिएको पतिले लगाईदिएको मंगलसुत्र हुदा-हुदै
परपुरुषको अंगालोमा जान बाध्य हुन्छन | पति हुदैमा पत्नीको माया तेसै पाइन्छ भन्ने
छैन, माया प्रेमलाइ बरकरार राख्न धेरै त्याग र कष्ट चाही गर्ने पर्छ | गल्ति छोडेर
जाने श्रीमानको मात्रै होइन, मन डुलाउदै हिड्ने श्रीमतीको पनि होला तर कसको गल्ति को
सहि भन्ने उत्तर दिन सजिलो छैन |
प्राय ३०-३५ का विवाहित पुरुषहरु पनि नेपाल बाहिरै छन् | सबैका श्रीमती बच्च-
बच्ची सहितको परिवार नेपालमै छ | बिदेशी श्रीमान बिदेशमा बेपत्ता भएर बिचलित
श्रीमतीहरु र नेपालमा बच्चा छोडेर अर्कै संग भागेर पिडित श्रीमानका संख्या बराबर
जस्तै होला | बस्यक मान्छेको भौतिक चाहना धेरै नै हुन्छ | पुरुषहरु बिदेसिएता पनि
उनीहरुले उनका चाहनाहरुलाई विभिन्न तवरले पुरा गरेकै हुन्छन | भलै त्यो तरिका बैध होस्
या अबैध होस् | पुरुष एक्लै पनि आफ्ना रहर
परिपूर्ति गर्न सक्षम हुन्छ | हुनत महिलाहरुमा पनि आफै आफ्नो चाहना परिपूर्ति
गर्ने तरिका अनि प्रबिधिहरु होलान तर तेस्मा नेपाली महिलाहरुको पउच कति छ तेस्को
ज्ञान चाही छैन मसंग |
अहिले नेपालमा श्रीमान बिदेशिनु र नेपालमा श्रीमतीले केटा-साथी बनाउनु धेरै नै
सुनिदै आएको छ | श्रीमानको रस-लिला पनि विदेशमा होला तर तेस्को खासै लेखा-जोखा
चाही खासै खोज्दैन नेपाली समाजले | हुनत विदेश धेरै टाढा भएर थाहा नभएको पनि होला |
आफ्नो जीवनसाथी हुदा हुदै बाहिर तन-मन डुलाउनु बेवफ़ाई हो | कसैलाई थाहा नहुन्जेल सम्बन्ध
चलेकै हुन्छ, थाहा भए पछी बिस्पोट हुन्छ | तेही बिस्पोटमा बच्चा-बच्ची अनि पुरै घर
घायल हुन्छ | सधै एउटैलाई माया गर्नु पर्छ या एउटैसंग जबर्जस्ति बस्नु पर्छ भन्ने
होइन तर कसैको बाबु-आमा भएपछी सजिलै एउटालाई छोडेर अर्को संग जानु सजिलो हुदैन | होइन
जानु नै छ भने राम्ररी कुरा गरेर भनेर जानुहोस अनि आफ्नो-आफ्नो सुर गर्नु होस् |
संगै बसेर श्रीमान-श्रीमती एक अर्कालाइ छोड्ने स्थितिमा कसरी पुग्छन तेसलाई
केलाउनु जरुरी छ | जीवनमा सबै पैसा मात्रै पनि होइन | विदेश गएर पैसा कमाएर सबै
पैसा श्रीमतीलाइ पठाउदैमा श्रीमती खुसि हुन्छिन भन्ने पनि छैन | गाउमा बसेकी
श्रीमतीलाई पैसा पठाएर बजारमा बोलाउनु हुन्छ | अनि त्यो पैसामा सधै मोज-मस्ती
मात्रै गर्ने श्रीमती छिन भने उनका लागि मरी-मरी कमाएको पैसा पठाउनुको मूल्य नै छैन
| श्रीमानको कमाइमा श्रीमतीको नै मुख्य हिस्सा होला तर विदेशबाट पठाएको पैसा कहाँ
कसरी खर्च भइराखेको छ सोध्नुहोस, बुझ्नुहोस | येती धेरै मेडियाहरु छन् हरपल सके
सम्म सम्पर्कमा रहनुस, कुरा गर्नुस आफु खुसि हुनुहोस अनि घरमा सबैलाइ खुसि बनाउनु
होस् | फेसबुक, भाइबर, स्काईप आदिको प्रगोय गर्नुस, तेस्ले दुरीलाई धेरैनै कम
गर्ने गर्छ | सकेसम्म ५-६ महिना मा १-२ हप्ताका लागि घर आउनुस्, संगै समय बिताउनुहोस
अनि पो माया प्रगाड हुन्छ | बाहिर हुदा झगडा कम गर्नुहोस्, अनि आफु दुइ बीचमा कुनै
दुरी नै नदिनोस अनि त बीच मा को नै पो आउन सक्छ र ! सात समुद्रपारी बसेर सानो तिनो
कुरामा मन-मुटाब गरेर फाइदा छैन | यो कुरा दुवै श्रीमान र श्रीमतीका लागि लागु
हुन्छ | शंकाले लंका जलाउछ भन्छन, तेसैले अरुका कुराको भरमा या यसै सुनेको भरमा
ठुला-ठुला निर्णय नलिनुस | अर्को कुरा नेपाल जस्तो देशमा जन्मिसके पछी जीवनमा कहिँ
न कहिँ सम्झौता गर्नैपर्छ | गास, बास, कपास र यौन मान्छेका आधारभूत आवस्यकता हुन्
तर टाढा हुदैमा अबैध तबरले आफ्नो चाहना पुरा गर्नैपर्छ भन्नाले समाज तहस-नहस हुने
छ | सबै श्रीमानहरु विदेशमै हराउने अनि श्रीमतीहरु देशमै मोज-मस्ती गर्ने नै हो
भने त हामी चेतनसिल मानब हुनुको के अर्थ रह्यो र !
शिक्षाका लागि बिदेसिएका युवाहरुको सख्या पनि आकासिदो छ | १८-२२ वर्षका युवाहरु
प्राय एकल नै हुने गर्छन, कोइ कोइका केटि-साथीहरु नेपालमै होलान | अनि यी युवाहरुको
माया साट्ने राम्रै थलो हो सोचिअल मेडियाहरु | नचिनेका केटीहरुलाइ एड कुराकानी
गर्दा गर्दै अनि माया | कहिले कहिले येही फेसबुक फकेबूकमा परिबर्तन हुदा समस्यामा
पर्ने गरेका छन् | लामो-दुरीको प्रेम नहुने भन्ने नै होइन तर न बाबु तिरका न आमा
तिरकालाइ न कहिले देखेको न कहिले भेटेको, कुनै आधार नभैकन प्रेममा फस्दा पछी अनेक
किसिमका कठिनाईहरु आएका देखिन्छन | बिदेसी केटाबाट गिफ्टहरु माग्ने, पैसा माग्ने
अनि तेस्को बदलामा आफ्नो गोप्य तस्वीरहरु साटासाट गर्ने कुराहरु खबरमा आइरहन्छन | कुनै
खट-पट पछी सम्बध बिग्रिदा यस्तै कुराले ब्ल्याकमेल गर्ने | धेरै केटा-केटिहरु
यस्ता परिसनीबाट व्याकुल छन् |
न कहिले भेटेको छ न कहिले देखेको छ, कुरै कुराको भरमा विश्वास गर्दा विश्वासघात
हुन सक्छ | बुझ्न नसकेको चाही, एउटा अमेरिकामा छ अर्को नेपालमा छ, २-३ सालमा एक पल्ट
घर आउने होला अनि नेपालीमा प्रेमी-प्रेमिका बनाएर चाही के काम ? जुन ठाउमा हुनुहुन्छ
तेही ठाउमा साथी खोज्नुहोस अनि पो रमाइलो हुन्छ त | जहाँ छौ तेही खुसि हुन सिक्ने
त हो | २४*७ च्याट गरेर समय सकेर नेपालमा नया प्रेम खोज्नु भन्दा उही राम्रो काम
गरेर समयको सदुपयो गरे प्रगति होला | होइन नेपालमा पहिले देखि नै प्रेम थियो भने
राम्ररी कुरा गर्नुस, साना तिना कुरामा झगडा नगर्नुस | जति दुरी बढ्दै जान्छ राम्रा
कुराहरु भन्दा नराम्रा कुराहरु चर्को सुनिन्छ | अनि यस्तै ससाना कुराले ठुलो दरार
पैदा गर्छ | अर्को कुरा राम्रै सम्बध भए आफ्नो र उनको घर-परिवारसंग पनि राम्ररी
कुरा गर्नुस, उनलाई पनि कुरा गरौनुहोस, चिना-परिचय गराउनुहोस्, यसले सम्बन्धलाई मजबुद
बनाउछ | कुनै-कुनै प्रेमहरु तुक्रिनाका लागि बनेका हुन्छन, तेस्मा प्रतिसोधको भावाना
लिएर होइन एक-अर्कालाई आफ्नो-आफ्नो बाटोमा स्वतन्त्र तवरले हिड्न सहयोग गर्नुहोस |
अन्तिममा, कसैलाइ यो गर त्यो गर भन्न खोजेको होइन, तर सबैले मानब भएर मानबियता
देखाऊ | सबैको जीवन आफ्नै-आफ्नै प्रकारको हुन्छ, तेही अनुरुप खेलाउने र बुज्ने गरौ
| कसैसंग भागेकी कसैको श्रीमतीको समाचार मुनि कमेन्ट गर्दा गालि मात्रै होइन समस्याको
चुरो पत्ता लागौउने कोसिस गरौ | हामी नेपालीको बाध्यता धेरै समय बाहिर नै बसिन्छ, धेरै
समय बाहिर बस्ने भए बिहे गरेर घरमा श्रीमतीलाइ एक्लै नपारौ | मिल्छ भने संगै लिएर
जाने कोसिस गरौ, नमिले को खण्डमा टाढा टाढा भएपनि हर-पल सम्पर्कमा रही बसौ, ३-४ सालमा
एकपल्ट होइन कि कमसेकम बर्षमा एक पल्ट चाही जरुर घर आऊ | पुरुष जस्तै महिला पनि
मान्छे नै हुन्, तेसैले उनीहरुका रहर र चाहनाहरुलाई पनि बुझ्ने कोसिस गरौ | भर्खरका
युवाहरु जुन देशमा हुनुहुन्छ तेही देश मा नै मन मिल्ने साथी खोजौ, नेपालमा बनेकी
फेसबूके प्रेमिका खुसि पर्न वेस्टर्न युनियन खोज्दै हुड्नु जरुरी छैन | बिहे गर्ने
साथी चाहिए समय आए पछी पाहिन्छ नै, तेस्को लागि ३-४ बर्से लामो वर्चुवल संसारमा
प्रेम गर्न आवस्यक छैन | (यहाँ लेखिएका सबै विचार नितान्त मेरा व्यातिगत विचार
हुन्, यस बिसयमा सबैको आ-आफ्नो विचारहरु हुन सक्छन |)
कल्पना किरण
मार्च ३ २०१५