१२ बर्षे वालक
मित्रराष्ट्रको भुमिमा
च्यातिएको चाइनिज जिन्समा
हातमा मेनु लिएर
भन्छ "भैया क्या चाहिये "?
तातो हावामा
कोमल छाला डढाई
कलम लिने हातलाई
सदुपयोग गर्दै
बच्चा अर्डर माग्छ
"और भैया क्या चाहिये "?
नयाँ नेपालको नयाँ बच्चो
देशको नाम लेख्न नजान्दै
दक्षिणतिर उछिटिन्छन्
जाबो दुई छाकलाई
न पत्तो छ ठेगाना
न थाहा छ घर
नाम लेख्न नजान्दै
काकाका औंला समाती
ओरालो झर्छन्
बालकलाई के थाहा
बन्दैछ उसको आफ्नै राज्य
संघियता सहितको,
स्थेतोस्कोपे राख्ने काध
गर्हौ भारी थाम्न वाध्य छ
देश टुक्रा टुक्रा भएपनी
हाम्रा भाईहरुका भाग्यहरु टुक्रिदैछन्,
मित्रराष्ट्रको कुना कुनामा
रातिको उज्यालोमा
अध्यारो देशको प्रतिनिधि बन्दै
खुशी साथ परिश्रम गर्छन्
अरुकै लागनी
अरुकै कमाइका लागि
लाजलाई बगाएर
ईमानलाई जोगाउदै
खुशी हुन लाचर छन्
जब एउटो बच्चो
उम्लिएको तेलमा
अर्को बच्चोको खाना
पाकिरहेको हेर्छ
अनी मख्ख पर्छ
मिठो बन्यो भनेर
त्यो तेलको रागले
पोल्छन् आँखाहरु
भक्कानिन्छ मन
सोच्दा सोच्दै
हराउन थाल्छु
झल्यास्स हुन्छु
मलिनो आवाज बोल्छ
"भैया आपका ६० रुपैयाँ होगया"!!
Wednesday, May 4, 2011
Sunday, June 14, 2009
हल्लिएकी रुख
हजारौ बोटहरु बिचमा
अडिक ,अटल र सुकमोल थियौ
किन्नेहरु धेरै थिए र म एक
निमुखा ,निर्वल र निर्धन म
सुकेका पात समेत हल्लेनन् तिम्रा
मनमनै कुरिबसेँ…….. बर्षौसम्म हल्लिने आसामा !!!
पछि सानो बतास आयो
झरे तिम्रा पातहरु
उखेलिन लागे तिम्रा जराहरु
समाजले हल्लिएकी रुख भन्यो ????
आफैले आफैलाई हल्लायौ झन्….
बतास गयो….
नयाँ आशाहरु आए तिमीभित्र
पलाउन लागे पालुवा र जराहरु
अहँ,नयाँ परिस्थितिलाई निल्न सकिनौ
सोच्यौ , भत्किएकी घर हुँ भनेर
रोयौ भित्रभित्रै आफै लुटिएकी हुँ भनेर
लुटिएकी तिमीलाई पुन लुट्ने चाहना थिएन ममा
जलिसकेकी तिमीलाई फेरि जलाउने इच्छा थिएन ममा
आएथेँ नयाँ प्राणवायु लिएर
नयाँ दुनियाको नयाँ जिन्दगी लिएर
अपसोच,सोच्यौ उकेल्न आयौ भनेर
भन्यौ कमजोरीको फाइदा उठायौ भनेर
झोका थियो पुनर्जीवनको लागि
नयाँ पात र जरा बनाउनका निम्ती
दुस्मन सम्झिने तिम्रो मन
फेरि ढल्किने चाहेन मतिर
दिन लागेको टेवालाई काडाँ सम्झियौ
अब त हरिसकेँ आफै
तिमीलाई जिताउने आसामा
कतिन्जेल जिउछ्यौ हल्लिएकी रुख बनेर
उखेलिनेछ......एकदिन आत्माविश्वसको कमिले
दिन चाहन्छु फेदमा पानी र पातमा अक्सिजन
बनाउ ग्लुकोस आफ्नै लागि
संगाल है लामा जीन्दगी बाकि नै छ
र पुरा हुनेछन् तिम्रा तृष्णासँगै
मेरा सपनाहरु पनि!!!!!!
by:kalpana(kiran)
date:2008/july/06
अडिक ,अटल र सुकमोल थियौ
किन्नेहरु धेरै थिए र म एक
निमुखा ,निर्वल र निर्धन म
सुकेका पात समेत हल्लेनन् तिम्रा
मनमनै कुरिबसेँ…….. बर्षौसम्म हल्लिने आसामा !!!
पछि सानो बतास आयो
झरे तिम्रा पातहरु
उखेलिन लागे तिम्रा जराहरु
समाजले हल्लिएकी रुख भन्यो ????
आफैले आफैलाई हल्लायौ झन्….
बतास गयो….
नयाँ आशाहरु आए तिमीभित्र
पलाउन लागे पालुवा र जराहरु
अहँ,नयाँ परिस्थितिलाई निल्न सकिनौ
सोच्यौ , भत्किएकी घर हुँ भनेर
रोयौ भित्रभित्रै आफै लुटिएकी हुँ भनेर
लुटिएकी तिमीलाई पुन लुट्ने चाहना थिएन ममा
जलिसकेकी तिमीलाई फेरि जलाउने इच्छा थिएन ममा
आएथेँ नयाँ प्राणवायु लिएर
नयाँ दुनियाको नयाँ जिन्दगी लिएर
अपसोच,सोच्यौ उकेल्न आयौ भनेर
भन्यौ कमजोरीको फाइदा उठायौ भनेर
झोका थियो पुनर्जीवनको लागि
नयाँ पात र जरा बनाउनका निम्ती
दुस्मन सम्झिने तिम्रो मन
फेरि ढल्किने चाहेन मतिर
दिन लागेको टेवालाई काडाँ सम्झियौ
अब त हरिसकेँ आफै
तिमीलाई जिताउने आसामा
कतिन्जेल जिउछ्यौ हल्लिएकी रुख बनेर
उखेलिनेछ......एकदिन आत्माविश्वसको कमिले
दिन चाहन्छु फेदमा पानी र पातमा अक्सिजन
बनाउ ग्लुकोस आफ्नै लागि
संगाल है लामा जीन्दगी बाकि नै छ
र पुरा हुनेछन् तिम्रा तृष्णासँगै
मेरा सपनाहरु पनि!!!!!!
by:kalpana(kiran)
date:2008/july/06
Friday, April 3, 2009
प्लेट सुन्दरी
प्लेट सुन्दरी
केही सेता छालाहरु बिच
चुनिएको कालो छाला मेरो
म सक्षम छु ,
कर्मठ छु,
र दिल -सुन्दरी पनि!!!
पलिय रवि-मुहार...
गर्भबहन पछि महत्वहिन हुन्छ,
क्षणिक कामुक तन...
शिशुपान पछि अर्थहिन हुन्छ,
बैसका लचकदार अङ्गहरु...
फौवन्जारको लुटाईपछि छताछुल्ल हुन्छ,
त्यो उग्रमेलाननिए छालामा
कसम,निर्दोस छु म।।।।
नासिने सुन्दरता सबैको यँहा!!!
काली पनि के कम यँहा???
रसिलो मुखारबिन्द छ
हसिलो चेहेरा साथमा
प्यासी वदनसँगै
माया थाम्ने मुटु छ !!!!
के फरक पर्यो र???
कालो मुहारले....
कामुकहीन शरीरले...
आखिर जीते मैले
SVNIT प्लेट सुन्दरी
SVNIT प्लेट सुन्दरी।।।।। by:kalpana(kiran),SVNIT
केही सेता छालाहरु बिच
चुनिएको कालो छाला मेरो
म सक्षम छु ,
कर्मठ छु,
र दिल -सुन्दरी पनि!!!
पलिय रवि-मुहार...
गर्भबहन पछि महत्वहिन हुन्छ,
क्षणिक कामुक तन...
शिशुपान पछि अर्थहिन हुन्छ,
बैसका लचकदार अङ्गहरु...
फौवन्जारको लुटाईपछि छताछुल्ल हुन्छ,
त्यो उग्रमेलाननिए छालामा
कसम,निर्दोस छु म।।।।
नासिने सुन्दरता सबैको यँहा!!!
काली पनि के कम यँहा???
रसिलो मुखारबिन्द छ
हसिलो चेहेरा साथमा
प्यासी वदनसँगै
माया थाम्ने मुटु छ !!!!
के फरक पर्यो र???
कालो मुहारले....
कामुकहीन शरीरले...
आखिर जीते मैले
SVNIT प्लेट सुन्दरी
SVNIT प्लेट सुन्दरी।।।।। by:kalpana(kiran),SVNIT
Sunday, March 15, 2009
प्राण माथि सौता !!!
प्राण माथि सौता !!!
खस्रो लाग्छ प्यारी,
तिम्रा हत्केलाहरु
ति नशा फूलेका मरदाङ्गी पाखुरासँगै
निर्लज भएर,
जब काधमा रख्छ्यौ
भारी लाग्छ थाम्नै नसक्ने गरी
प्राण शोकाकुल नभए है
तिमी माथि सौता हालेनी!
उर्जाहिन लाग्छ तिम्रो मुहार,
गडेका आँखा र त्यो पहाडि नाक
खुश्बुहिन लाग्छ,
सफेद दन्त मुस्कानहरु
प्राण मलाई धोकेवाज नभने है
तिमी माथि सौता हालेनी!
ज्वजल्यमान लग्दैन तिम्रो आभाष
थाकेको सिपाही जस्तै व्याकुल छ्यौ
म तिम्रो जल बन्न सक्दिन सानु
मेरो प्यास तिमीबाट तृप््त नहुने भएपछि
प्राण अरुसँग पानी नमागे है
तिमी मथि सौता हालेनी!
बुढ्यौलीमा झुट कसरी बोलु,
कुहिसक्यो मुटु,
जहाँ तिमी थियौ
दिलको साटो फोक्सोमा राख््न नमिल्ने रहेछ
प्राण मलाई भमरा नभने है
तिमी माथि सौता हालेनी!
तिम्रो नाममा कबिता लेख््न खोज्छु,
शब्दबिहिन बन्न पुग्छु पलभरमै
तिम्रो सुन्दरतामा अब स्खलित हुन सक्दिन म
के गरुँ,
मनमै छैनौ तिमी
प्राण मलाई भोग-विलाशी नभने है
तिमी माथि सौता हालेनी!
फूलहरु सुक्छन् र तिमी सुक्यौ
अजम्बरी रह््यो मेरो जवानी
न तिमी दोषी,
न म नै
दोषी छ समय,
मबाट वासना अतृप््तता लुट््न सकेन
प्राण मलाई जिन्दगी भर साची राखे है
तिमी माथि सौता हालेनी ! by:kalpana(kiran) svnit
खस्रो लाग्छ प्यारी,
तिम्रा हत्केलाहरु
ति नशा फूलेका मरदाङ्गी पाखुरासँगै
निर्लज भएर,
जब काधमा रख्छ्यौ
भारी लाग्छ थाम्नै नसक्ने गरी
प्राण शोकाकुल नभए है
तिमी माथि सौता हालेनी!
उर्जाहिन लाग्छ तिम्रो मुहार,
गडेका आँखा र त्यो पहाडि नाक
खुश्बुहिन लाग्छ,
सफेद दन्त मुस्कानहरु
प्राण मलाई धोकेवाज नभने है
तिमी माथि सौता हालेनी!
ज्वजल्यमान लग्दैन तिम्रो आभाष
थाकेको सिपाही जस्तै व्याकुल छ्यौ
म तिम्रो जल बन्न सक्दिन सानु
मेरो प्यास तिमीबाट तृप््त नहुने भएपछि
प्राण अरुसँग पानी नमागे है
तिमी मथि सौता हालेनी!
बुढ्यौलीमा झुट कसरी बोलु,
कुहिसक्यो मुटु,
जहाँ तिमी थियौ
दिलको साटो फोक्सोमा राख््न नमिल्ने रहेछ
प्राण मलाई भमरा नभने है
तिमी माथि सौता हालेनी!
तिम्रो नाममा कबिता लेख््न खोज्छु,
शब्दबिहिन बन्न पुग्छु पलभरमै
तिम्रो सुन्दरतामा अब स्खलित हुन सक्दिन म
के गरुँ,
मनमै छैनौ तिमी
प्राण मलाई भोग-विलाशी नभने है
तिमी माथि सौता हालेनी!
फूलहरु सुक्छन् र तिमी सुक्यौ
अजम्बरी रह््यो मेरो जवानी
न तिमी दोषी,
न म नै
दोषी छ समय,
मबाट वासना अतृप््तता लुट््न सकेन
प्राण मलाई जिन्दगी भर साची राखे है
तिमी माथि सौता हालेनी ! by:kalpana(kiran) svnit
Wednesday, November 12, 2008
मानवता
मानवता
(poem on a photo in which,,hamra didi bahini haru malaami gayako…karnali ma…)
नारा बन्छन् यहाँ
देखावटी समानताका लागि
कस्तो समानता हुन्छ र?
पति दमन भित्र...
हामी बिना चुल्हो बल्दैन
रजस्वलाको चार रात पनि
सुख छैन हामीलाई
भाडा मोल्छौ र सुकाउछौ
आफ्नै जीन्दगी सुकेको पत्तै छैन
धिक्कार छ सहरिया महिलाहरु
खित्त हाँस्छौ
सोच्दै हामी समान छौ
चुल्हो कतिन्जेल चम्काउने
बर्तन कहिलेसम्म टाल्काउने
बालिका ,युबती हुँदै बुढ्यौली सम्म
भाँडाहरु खिईदै जान्छन्
चुल्होहरु फेरिदै जान्छन्
अन्डकोष सकिए
रक्तस्राब रोकियो
अहँ तर हामी फेरिएनौ
सिकौँ कर्णालीका दिदीसँग
एक त गर्भबती छिन्
दोस्रीको स्राबको दोस्रो दिन
अर्कीको आनन्द परपुरुषगमनमा
अनैतिक लाग्ला तर चाहेको गर्छिन्
अनि यस्तो पो स्वतन्त्रता
जहाँ मलामी जान्छन् लास बोकेर
बाध्यता हो भन्लान् शहरमा….
बाध्यताले जन्माएको समानता हो त्यो
यति बिघ्न अधिकर कहाँ छ र यहाँ...
कुनै लक्ष्मणरेखा बिना
मात्र छ कर्णालीमा
हाम्रा पुरुषलाई हाम्रो स्वाद पुरानो भो रे???
नँया रातमा नँया बदन चाहान्छन्
हामी त्यो खस्रो छाला कहिलेसम्म चट्ने
न स्वाद न रङ्ग बाहुनलाई च्याउ जस्तै
फेरि मख्ख छौ
हामी समान छौ
सिकौँ कर्णालीका दिदीसँग
कस्तो महान छ त्यहाँको स्वतन्त्रता
मलामी जान्छन्
बुझेँ जति कुरीति भङ्ग गर्छन
चाहे परपुरुषगमन पनि गर्छन
जे मन लाग्यो त्यही गर्छन
(poem on a photo in which,,hamra didi bahini haru malaami gayako…karnali ma…)
नारा बन्छन् यहाँ
देखावटी समानताका लागि
कस्तो समानता हुन्छ र?
पति दमन भित्र...
हामी बिना चुल्हो बल्दैन
रजस्वलाको चार रात पनि
सुख छैन हामीलाई
भाडा मोल्छौ र सुकाउछौ
आफ्नै जीन्दगी सुकेको पत्तै छैन
धिक्कार छ सहरिया महिलाहरु
खित्त हाँस्छौ
सोच्दै हामी समान छौ
चुल्हो कतिन्जेल चम्काउने
बर्तन कहिलेसम्म टाल्काउने
बालिका ,युबती हुँदै बुढ्यौली सम्म
भाँडाहरु खिईदै जान्छन्
चुल्होहरु फेरिदै जान्छन्
अन्डकोष सकिए
रक्तस्राब रोकियो
अहँ तर हामी फेरिएनौ
सिकौँ कर्णालीका दिदीसँग
एक त गर्भबती छिन्
दोस्रीको स्राबको दोस्रो दिन
अर्कीको आनन्द परपुरुषगमनमा
अनैतिक लाग्ला तर चाहेको गर्छिन्
अनि यस्तो पो स्वतन्त्रता
जहाँ मलामी जान्छन् लास बोकेर
बाध्यता हो भन्लान् शहरमा….
बाध्यताले जन्माएको समानता हो त्यो
यति बिघ्न अधिकर कहाँ छ र यहाँ...
कुनै लक्ष्मणरेखा बिना
मात्र छ कर्णालीमा
हाम्रा पुरुषलाई हाम्रो स्वाद पुरानो भो रे???
नँया रातमा नँया बदन चाहान्छन्
हामी त्यो खस्रो छाला कहिलेसम्म चट्ने
न स्वाद न रङ्ग बाहुनलाई च्याउ जस्तै
फेरि मख्ख छौ
हामी समान छौ
सिकौँ कर्णालीका दिदीसँग
कस्तो महान छ त्यहाँको स्वतन्त्रता
मलामी जान्छन्
बुझेँ जति कुरीति भङ्ग गर्छन
चाहे परपुरुषगमन पनि गर्छन
जे मन लाग्यो त्यही गर्छन
Saturday, September 20, 2008
म र तिमीभित्रको पागलपन
आफूलाई बुझ्ने कोसिसमा
पागल बनिसकेँथेँ म
सोच्दथेँ
दुनियामा एक्लो पागल छु
तर अहँ आज दुखी छैन
किनकि तिमीपनि त पागलनै रहिछ््यौ
कल्पनाका भावनाहरु सबैमा हुन्छन्
कल्पेरै नै घरहरु बन्छन् यहाँ
च्यतिएर टुकृएको कल्पना छ तिमीमा
ठ्क्कै पागलपन को लक्षण जस्तै
आउ म छु ,तिमी जस्तै पागल
मायाले बटुल्नेछु तिम्रा बिछिब्दताहरु
लास पनि जीउदो हुन्छ र???
अति सामान्य भित्र को असामान्यता छ तिमीमा
लम्पसार मुर्दा भित्र आत्मा देख््ने तिमी
के भन्नु पर्छ र मैले
साराले त्यही भन्छन् पागल
मान्छे जन्मन्छ र मर्छ एकपल्ट
दुई -चार पल्ट जन्मिदै मरेको को छ र???
किन तिमी जन्मिदै मरेकी सपना देख्छ्यौ
मैले त्यही सपना देखेँथेँ
आज सम्म पागल भन्छन् मलाई
आफ्ना लागि आफैलाई किन चिथोर््छ््यौ तिमी
खोज किरण भित्र आफूलाई
पागलपन को दबाई छ त्यहाँ
स्वाट्ट पिउ एक घुड्की
संयोजन हुनेछ तिम्रो,किरणको र पागलपनको
अन्त्य हुनेछन् तिम्रो नैरास्यताहरु
र सम्भवना हुनेछ नयाँ किरणको
आफूलाई बुझ्ने कोसिसमा
पागल बनिसकेँथेँ म
सोच्दथेँ
दुनियामा एक्लो पागल छु
तर अहँ आज दुखी छैन
किनकि तिमीपनि त पागलनै रहिछ््यौ
कल्पनाका भावनाहरु सबैमा हुन्छन्
कल्पेरै नै घरहरु बन्छन् यहाँ
च्यतिएर टुकृएको कल्पना छ तिमीमा
ठ्क्कै पागलपन को लक्षण जस्तै
आउ म छु ,तिमी जस्तै पागल
मायाले बटुल्नेछु तिम्रा बिछिब्दताहरु
लास पनि जीउदो हुन्छ र???
अति सामान्य भित्र को असामान्यता छ तिमीमा
लम्पसार मुर्दा भित्र आत्मा देख््ने तिमी
के भन्नु पर्छ र मैले
साराले त्यही भन्छन् पागल
मान्छे जन्मन्छ र मर्छ एकपल्ट
दुई -चार पल्ट जन्मिदै मरेको को छ र???
किन तिमी जन्मिदै मरेकी सपना देख्छ्यौ
मैले त्यही सपना देखेँथेँ
आज सम्म पागल भन्छन् मलाई
आफ्ना लागि आफैलाई किन चिथोर््छ््यौ तिमी
खोज किरण भित्र आफूलाई
पागलपन को दबाई छ त्यहाँ
स्वाट्ट पिउ एक घुड्की
संयोजन हुनेछ तिम्रो,किरणको र पागलपनको
अन्त्य हुनेछन् तिम्रो नैरास्यताहरु
र सम्भवना हुनेछ नयाँ किरणको
Monday, September 15, 2008
नपुशंक बगैचा
फूल नफूल्ने बगैचा नेर
रस चुस्ने भमराहरु
एकदिन फूल्ने आसामा
कठ्ठै ,लाइन बसी पालो कुर्छन्
अस्तिनै मालीले नयाँ बिउ रोपेथ्यो रे
उमृयौ असारे झरिमा
दुई पात जमिनमाथि पसारेर
हलक्क बढे काण्डहरु लटरम्म पातसगैँ
गाडा हरियो बनेको पत्रदल तिम्रो
परसम्म पुग्ने खुस्बु पुष्पदलको
तातिएका भमराका नाक र जीउ पनि
कति राम्रा ती स्तृकेसर
परागका लागि तड्पिरहेछन्
रागमा डुब्न तन्किरहेका पुङ्केशर
बर्षौ पछि फूलेको फूल ,,नपुशंक चौतारीमा
तिमी जस्तै पूर्ण छ अनि सम्पूर्ण
मौरीले छाडेको चाका जस्तै
सबै चीजले भरिपूर्ण छ,मह छैन
वास्नादार फूल छ,रस छैन
गजब छ यो रीति
फूल्यौ फूल नफूल्ने वागमा
फूल्यौ कसरी भनौ ,प्यास मेटिन्न
फूलिनौ कसरी भनौ, नशालु छ्यौ
दोधारमा बितिरहेका पल मेरा
ओइलाइरहेका तिम्रा तन्तुहरु
महत्त्वहिन असेचित अन्डसगैँ तिमी।।।।।।।।
फूल नफूल्ने बगैचा नेर
रस चुस्ने भमराहरु
एकदिन फूल्ने आसामा
कठ्ठै ,लाइन बसी पालो कुर्छन्
अस्तिनै मालीले नयाँ बिउ रोपेथ्यो रे
उमृयौ असारे झरिमा
दुई पात जमिनमाथि पसारेर
हलक्क बढे काण्डहरु लटरम्म पातसगैँ
गाडा हरियो बनेको पत्रदल तिम्रो
परसम्म पुग्ने खुस्बु पुष्पदलको
तातिएका भमराका नाक र जीउ पनि
कति राम्रा ती स्तृकेसर
परागका लागि तड्पिरहेछन्
रागमा डुब्न तन्किरहेका पुङ्केशर
बर्षौ पछि फूलेको फूल ,,नपुशंक चौतारीमा
तिमी जस्तै पूर्ण छ अनि सम्पूर्ण
मौरीले छाडेको चाका जस्तै
सबै चीजले भरिपूर्ण छ,मह छैन
वास्नादार फूल छ,रस छैन
गजब छ यो रीति
फूल्यौ फूल नफूल्ने वागमा
फूल्यौ कसरी भनौ ,प्यास मेटिन्न
फूलिनौ कसरी भनौ, नशालु छ्यौ
दोधारमा बितिरहेका पल मेरा
ओइलाइरहेका तिम्रा तन्तुहरु
महत्त्वहिन असेचित अन्डसगैँ तिमी।।।।।।।।
Subscribe to:
Posts (Atom)