जति आउछ, त्यति मात्रै बोल प्रिय,
नत्र हरेक शब्दहरुका अर्थ म केलाउने छु,
प्रत्येक गलत शब्दमा तिम्रो अबमुल्यन हुनेछ
तर बास्तबिकता, तिम्रो बेबकुफिमा नै मेरो प्रेम अड्केको छ !
मुहारमा लेपन धेरै नलगाउ प्रिय
मेरो नजर केवल फुस्रो तिम्रो मुहारमा नै अल्झिनेछ
श्रृंगार त केवल दुर नजरका लागि मात्रै हो
यी हातहरु श्रृंगारबिहिन तिम्रो चेहेरामा मात्रै सल्बलाउने
छ !
अग्ला चप्पलहरुमा धेरै नकुद प्रिय
एक-एक चालहरुका आवाज म ध्यानले सुन्नेछु
सहि हिड्यौ या गलत, तिमीलाई नै ज्ञान होला
तर चार दिवार भित्र तिमी चप्पल बिना नै हुनेछौ !
किम्ती र बाक्ला पहिरनले कामुक नबन प्रिय
तिम्रो कमुकतामा म आफु उत्तेजित हुन खोज्नेछु
फेरी म मा उत्तेजना नआउन पनि सक्ला
किनकि मैले हेर्ने तिमी नांगी हुनेछौ !
तिमी भित्रको मासुम मुर्खतामा रम्न मन छ
ति ओईलाएका फुस्रा अंगहरुमा खेल्न मन छ
तिमी भित्रको असली “तिमी” हेर्न मन छ
त्यो “असली तिमी”लाई नै औधी माया गर्न मन छ
By kalpana kiran
Feb 18 2016
No comments:
Post a Comment