त्यो
चुडेको चप्पलको तुना,
पोलेर
गासेको अस्ति मात्रै हो जस्तो लाग्छ,
तर
अहिले यी काला पाऊहरुमा “नाइकी” आइसक्यो,
तर
मेरो देश अहिले पनि, चुडेकै चप्पलमा लम्किरहेको छ !!
काखीमा
उध्रेको लुगामै कट्यो हाम्रो बाल्यकाल
आजकल
यहि बदन ब्रान्डेड कपडामा बेरिने भैसक्यो
तर
देशले आफ्नो च्यातिएको महिलो कपडा अहिलेसम्म फेर्न सक्या होइन !!
कहिले गोरा आए त कहिले काला कहिले राता
त्यही
फाटेको चप्पल, उध्रेको लुगा देशलाई ओडाए
काँडाले
देशलाई कोपेको कहिले महसुस गरेनन्,
नत
कपडा गनायो भनेर नै धुने कोसिस गरे !!
सबैमा
रहर छ, मैले नै यी चप्पल फटाऊ भन्ने
सबैको
मृग-त्रिसना, मैले नै धेरै यो कपडा फोहर पर्नु पर्यो भन्ने
२-४
पलमै फेरी अर्कोले खोस्यो,
यी
पुराना चप्पल कहिले एता त कहिले उता,
तर
नयाँ हुन कहिले पाएनन् !!
चप्पल
राम्रो बनाउ भन्ने, कपडा सफा राखौ भन्ने
खाली
नारा मात्र भो, सबैले आफ्नो मात्रै राम्रो राखे
तर
देशलाइ सधै दुखिरह्यो, सधै गनाइरह्यो,
हामी
केवल मुखदर्सक भएर बस्यौ !!
दान
दिने धेरै आए, सहयोग गर्ने धेरै आए
नत
सहयोग लिन सकेउ, नत आफै गर्न नै
दोष
खाली अरुकै मात्रै, आफु चाही सधै चोखो रह्यौ
र देशलाइ
सदियौ देखि दुख मात्रै दिई राखेयौ !!
नयाँ
कपडामा बेर्न मन छ देशलाई,
नयाँ
चप्पल किन्दिने पैसा पनि छ,
तर
डर खालि दिएका कुरा कसले लान्छ भन्ने मात्रै हो
कानुनले
चल्ने देश बनाउं, चप्पल-कपडा मात्रै होइन
पुरै
देशको मुहार नै फेर्नु पर्ने छ,
ख्याउटे,
निर्बल देश फेरी एकदिन बलियो बनाउनु पर्नेछ !!
आफ्ना
लुगा जस्तो भए पनि,
विदेशमा
देशकै लुगाको कदर हुने रहेछ
आफु
जति नै महँगो अत्तरले मग-मग भएनी
अरुले
खाली देशकै गन्ध सुघ्ने रहेछन !!
म
पनि सुकिलो हुन चाहन्छु,
म
पनि बास्नादार हुन चाहन्छु
तर
यो सम्भव देश सुकेलो भएर नै हुने रहेछ
तर
यो अनुभव देश फूलेसी मात्रै सम्भव रहेछ !!
Kalpana Kiran
16/1/2016
https://twitter.com/jeevanadhikari
No comments:
Post a Comment