Saturday, July 4, 2015

मुर्ख हामी र हाम्रो पत्रकारिता

मुर्ख हामी र हाम्रो पत्रकारिता
हाम्रो देशमा प्राय सबै ठूला मेडिया हाउसहरु अनलाइन भैसकेका छन् | इ-कान्तिपुर, नागरिकन्यूज, सेतोपटि, अनलाइन खबर, डिसी नेपाल, क्यानाडा नेपालहरुका लाखौ फलोअरहरु छन् | २-४ ओटा मेडिया हाउसहरु त पार्टीहरुकै मुख पत्र भए, तिनीहरुबाट निस्पक्षताको आस नै नगरौ | बिहान एक पत्रिकाको फेसबुक पेज हेर्दा, “ऐश्वर्य राम्री मम्मी”, “बहिनीले तोडिन किमको रेकर्ड”, “निशाले केश मुण्डन गर्नुका तिन कारण” आदि सेअर भएका देखिन्थे | यौनजन्य र यौनबर्दक हुबहु साभार गरिएका कुराहरुले हाम्रा अनलाइन मेडियाहरु भरिएका हुन्छन | हलीउड र बलिउडका औचित्यहीन खबरहरु पटक पटक शेअर भईरहेका हुन्छन | विदेश मेडियाबाट जस्ताको तस्तै कपी-पेस्ट गर्ने, सेलेब्रेटीका फेसबुक, ट्वीटरलाइ आधार मानेर समाचारनै बनाइदिने प्रचलन बढेको छ | पोर्न साइटबाट सिदै फोटोहरु कपी गरि यौनजन्य समाचार बनाइने त चलन नै बनेको छ | आजकल असली, निस्पक्ष र रहर लाग्दा समाचारहरु खोज्न हम्मे-हम्मे पर्न थालेका छ |  

राज्यको चौथो ठुलो अंग भनिन्छ, मेडियालाइ ! तर बनमाराझैँ अनियन्त्रित हुदै गएका छन् अनलाइन मेडियाहरु | एउटा ल्यापटप, एक सेट क्यामेरा अनि ठिक्कको इन्टरनेटले घर-घरमा पत्रकारहरु जन्मिदै छन् | ब्लग, वोर्डप्रेस जस्ता सुविधाले आफ्नै वेवसाइट खोल्नु पर्ने बाध्यता पनि कम गरिदिएको छ | घरमै बसी सनसनीपूर्ण खबर, बिबादास्पद बिषयमा अनाबस्यक टिप्पणी आदि दिएर सयौ लाइक र कमेन्टको भारमा दिन काट्नेको संख्या बढ्दै छ | अनावस्यक कुरा माथि नचाहिदो कमेन्ट गर्ने अर्ध-शिक्षित नेपालीहरु लामो तातीले हाम्रो देशको बेरोजगारीको अवस्थालाइ छर्लंग परेको छ | नाम चलेकै न्यूज पोर्टलहरुमा पनि एउटा सनसनीपूर्ण शिर्षक मुनि बकम्फुसे समाचार राखेर धेरैलाइ ब्याकुब बनाउन थालिएको छ |

समाचार र न्यूज च्यानल कस्तो हुनु पर्छ भनेर भन्न सक्ने सामर्थ्य त छैन, तै पनि अलिक बिकेशील हुनु पर्ने देखिन्छ हाम्रो मेडियाहरुलाइ | हुनत समाचार २-३ जना को लागि लेखिने कुरा पनि होइन, लाखौ मान्छेका आफ्ना आफ्ना रोजाईहरु होला, जुन सबैलाई मन-नपर्न सक्छ | तै पनि मेरो आफ्नो व्यक्तिगत विचारमा निशाको कपाल, किमको कपडाको लम्बाई, सुन्नी र राखिको टकराबको समाचारले खासै महत्व राख्दैन | यी सबै लाइक र कमेन्टका लागि राखिएका फोस्रा कुराहरु मात्रै हुन् |  ठुलै मेडिया हाउसहरु पनि येती तल गिरेर सस्तो लाइक र कमेन्टका लागि मारी-मेट्नु लाछीपन नै लाग्छ |

मेडियाहरुले राम्रा काम नगरेका होइनन, तै पनि राज्यको चौथो ठुलो अंगले अलि बडी जिम्मेबारी देखाउनु पर्ने आवस्यकता छ | हाम्रो प्राय सबै नेपाली दाजु-भाईहरु इन्टरनेट चलाउनका लागि साक्षर छन् | सबैलाई गालि लेख्न र गर्न आउछ | तर कस्तो ठाउँमा कति र कस्तो गालि लेख्ने तेस्को हेक्का धेरैलाई छैन | महिला बिरोधी, मधेश बिरोधी, नेता-बिरोधी गाली-गलौचले समाचारलाइ नै घिन-लाग्दो बनाइदिन्छ | तेसैले मेडिया को एउटा असल समाज बनाउनका लागि छुट्टै दाहित्व र कर्तब्य हुन्छ | समाचार कसलाई निस्पक्ष र स्वच्छ भन्ने त्यो पनि गार्हो कुरा नै हो | समाचार र बिस्लेसणले सबै पाठकवर्गलाइ खुसि बनाउन चाही सकिदैन तै पनि धेरै पठाकलाई उत्तम लाग्ने समाचार बनाउनु उचित होला | कुनै कुनै समाचारहरु शिर्षकबाट नै पक्षपाती छ भनेर थाह हुने खाले हुन्छन | पार्टीहरुले आफ्नो-आफ्नो नाममा खोलेका मुख-पत्र मेडियाहरु पनि एउटा समस्याको स्रोत बनेको छ |
२ दिन अघि असार १५ को समारोहमा कृषि मन्त्रिले महिला माथि दुर्व्यवहार गरेको फोटो र भिडियोले जता ततै ठाउँ लियो |  ति फोटो र भिडियोहरुमा मन्त्रिले महिलाहरुलाइ जबरजस्ती तानेर अंगालो मरेको चाही देखिन्छ, तर तेस्कै साइडमा बसेर अन्य दिदि-बैनीहरुले चाही तालि बजाएको देखिन्छ | मन्त्रिको मनमा कु-दृस्टी थियो थिएन त्यो मन्त्रि नै जानुन, तै पनि मन्त्रि जस्तो मान्छेले तेती तल गिरेर त्यो हर्कत गर्नु पर्ने चाही थिएन | हुनत असर १५ होस् या होलि होस् धेरै पुरुषका लागि महिलासंग टासिने र खेल्ने चाड नै हो , भलै महिलाको सहमति होस् या बिमति | धेरै महिलाहरु तेही अवसरमा दुर्व्यवहारको सिकार हुने गरेछन | त्यो दिन मन्त्रिले आफु मन्त्रि हुन् भन्ने बिर्सेछन् | अरुको इच्छा बिपरित एस्तो हर्कत गर्नु चाही कानुन सम्मत चाही होइन | पछी तिनै महिला दिदि-बैनीहरु मन्त्रिले जबर्जस्ति गर्न खोज्नुभाको होइन भन्दै आउनु भयो | ६२ बर्षीय बुढा मन्त्रिको पद त्यो हर्कत गरेको २४ घण्टामानै चैट भयो | तर ति हर्कत सहितका फोटो र भिडियोहरु पुरै अनलाइन भए, टेलिविजनमा गोलो गोलो परि पटक-पटक देखियो | ति बुडी-आमा दिदि-बहिनिहरुको चरित्र हत्या गर्ने काम गरे हाम्रा मेडियाले | देखाउनै थियो भने ति निर्दोसहरुको अनुहार पहिचान गर्न नसक्ने गरि गर्नुपर्थ्यो | तर तेसो भएन, अहिले बाटोमा हिड्दा खेरि समेत ति दिदिहरुलाइ मन्त्रिले समातेका येही दिदि होइनन भनेर भन्न थालेका छन् | एउटा क्यामेरा र माइक लिएर हिड्दैमा पत्रकार भइदैन |

पत्रकारीताको आफ्नै मूल्य र मान्यता हुन्छन | घर-घरमा एफ-फम छन्, टोल-टोलमा टिभि च्यानल छन् | अनि १०-१५ हजारमा सबै रिपोर्टरले काम गरिराखेका छन् | नत ति रिपोर्टरहरुलाई उचित ट्रेनिंग छ नत धेरै पत्रकारीताको ज्ञान नै | क्यामेरा र माइक बोकी सनसनी खबरको खोजीमा भौतारिरहेका हुन्छन | देश सानो छ, समाज सानो छ, सधै नया खबर नहुन सक्छ | अनि अनगिन्ति च्यानलका लागि समाचार कहाँबाट हुन्छ सधै ? यस्तै मौका आउछ जहाँ मन्त्रिले या कुनै ठुलो मान्छेले गल्ति गर्छन, तेस्तोको येती धेरै कु-प्रचार हुन्छ कि अन्तिममा निर्दोषनै तेस्को शिकार हुन्छन | अस्ति भूकम्पमा आएका हाम्रा छिमेकेका पत्रकारहरुलाइ त हाम्ले गालि गरियो, तर हाम्रो पत्रकारितालाइ चाही कहिले सुधार्ने ? समाचार लेख्न अगाडी पुस्टि गरौ, कुनै व्यक्ति बिसेसलाइ व्यक्तिगत तबरले अफ्ठेरो हुने गरि सम्प्रेसन नगरौ | कुनै झुटा कुराले कसैको इमेज धमिलो भयो भने तेस्लाई फेरी पहिलेको ठाउँमा ल्याउन असंभब नै हुन्छ |

अन्तिममा, न्युज पोर्टलहरु सारै धेरै नै भए, अनि विस्वसिला पोर्टलहरु चाही कम हुदै गए | तै पनि चाहेको लेख्न पाइने अधिकार हाम्रो देशमा सबैलाइ दिएकै छ, अधिकार छ भन्दैमा कर्तब्यलाइ पनि आत्मा साथ गर्दै अघि बढौ | पढ्नेहरु पनि पढ़िसके पनि मनन गरौ, कुन सहि हो कुन गलत हो भनेर छुट्याउ | जातिवादी, रंगबदी, लिंगबदी नभई आफ्ना विचारहरु राखौ | आफु भला तो जगत भला | जय नेपाल !!

कल्पना किरण
४/०७/२०१५