आठ-बर्षे लामो बिकराल राजनीति परिस्थिति पछी भर्खरै नेपालले नया संबिधान-२०७२
पाएको छ | म एक निम्न मध्यम बर्गीय खस-पहाडी बाहुनको छोरालाई यो संबिधानले के दियो
दिएन मैले हरेक पाना खोलेर पढेको त छैन | तर २५० सालदेखि खस राजा-महाराज, नेतागण
हुदै राज गर्ने मेरै खस जातिका मानिसहरु भए, त्यसैले मलाइ पनि सामन्ती नै भन्दा
हुन्छ | तरपनि हाम्रो घरको अन्न-पानी आमाले पालेका दुइटा भैसी, १-२ रोपनी खेत, र
३-४ रोपनी पाखोले चलेको छ, मैले खस भएर के पाए के पाइन मलाई खासै हेक्का छैन | मैले
बुझेको एति मात्रै हो कि, मेरो घर चल्यो त बाउका कर्मठ हातले र आमाको अटोट विश्वासले
| हामी ओछ्यानबाट नउठ्दै, घर-धन्दा गरि, २-३ लिटर दुध लिएर नेवारहरुका ढोका-ढोका चाहर्थिन
| दिउसोको मेलापात अनि थाकेर आएर खान बनाई पालेकी हुन्, हाम्लाई | मैले २-४ दिन
अघि मेरो बुढी भैसकेकी आमालाई, “आमा तिम्रो देशमा तिम्रै संबिधान आएछ नि” भन्दा
संबिधानले मलाई के नै गर्छ र, छोरा बिदेसीएकै छ, छोरीको कृषि व्यावसाय मरिकाटे फस्टाउन
सकेको होइन, खेति नगरे खाने पुग्ने होइन, घास नकाटी भैसीले दुध दिने होइन आदि
इत्यति गुनासो सुनाइन | हुनत म सामन्ती बाहुन नै हु किनकि गोरु बेचेको पनि साइनो
नपर्ने खस-बाहुन देश चलाएको २५० बर्ष भयो | यो कुरा कधापी झुट होइन | सामन्ती
बाहुन भए पनि निजि खर्चमा डाक्टर बन्न पैसाले पुगेन, त्यसैले आफ्नो भविस्यप्रति
आत्मा-समर्पण गर्दै भारत सरकारको दयामा इन्जिनीएर बन्ने मौका पाए | जुन घरमा हाम्री
आमाले दुध बेच्थीन, त्यो घरको केटो चाही जनजाती कोटाबाट नेपालमै डाक्टर पढिरहेको छ
| र पनि मैले कहिले आरक्षणको बिरोध गरिन किनकि देशनै समाबेसी भैसकेको बेलामा सबै
क्षेत्रहरु समाबेशी हुनु पर्छ नै |
तराईका १०-१२ जिल्लामा कर्फु लगाई, सेना परिचालन गरेर भए पनि सरकारले संबिधान
जारी गरिसकेको छ | गणितीय हिसाबमा अहिलेको संबिधान घोषणा जायज चाही हो | औला भाची गन्ने
हो भने पनि अथेस्त मात्रमा सबै समुदायको सहभागिता छ | तै पनि संबिधानले सबै नेपालीलाई
एकै ठाउमा बाध्न भने सकेन | अहिलेसम्म ४४-४५ जनाले आफ्नो ज्यानको आहुति दिईसके |
अझै कति सहादत हुने हुन् थाहा छैन, मर्ने प्राय पुलिसका जवानहरु र आन्दोलनकारीहरु
हुन् | यसो हेर्छु मर्ने प्राय सबै गरिब नै हुने रहेछन, पहाडी सामन्तका लागि लड्ने
पुलिस गरिब नै हुन्छन या मधेसीका लागि लड्ने सर्बहारा मधेसी दाजुभाईहरु, जसले धनि
हुने मौका नै पाएनन् | जो मरे पनि मर्ने चाही सर्बहारा वर्ग नै रैछ | नेता सन्तान
हुनुमा कति फाइदा छ त्यो त रामचन्द्रपुत्र, माधवपुत्री, बाबुरामपुत्री, र प्रचण्डपुत्रहरुलाई
हेरे मात्रै नै पुग्छ |
मधेसी धेरैनै हेपिएको समुदाय हो, अलि पहिले सम्म नेपालीहुम भन्न पनि धौ-धौ
थियो, यसमा कसैको दुइमति छैन | अर्का थारुहरु एकदमै पेलिएका हुन्, यो पनि छरपस्ट
नै छ | यो ठुलो दुइ समुदायलाई हेपेर गणितिय हिसाबमा संबिधान जारी गर्नु चाही ठुलो
गल्ति भएको छ | नया संबिधानमा केहि पनि नभएको होइन, धेरै राम्रा कुराहरु हुदा हुदै
पनि कतिपय कुराहरु राखिएका छैनन् | यो नया संबिधानले सबैलाइ नेपाली हुम भन्ने आवास
गराओस, सबैलाई आफ्नो अधिकार सुरक्षित भएको अनुभुती होस् तर यस्तो भएन लगभग आधा
नेपालीले विभेदको महसुस गरे | तै पनि अहिलेसम्म संसार भासिसकेको छैन, बार्ता मार्फत
कुरा गरि समाधान गर्ने हो भने समस्याको हल २-४ दिनको भन्दा धेरै पर छैन | समस्याको
चुरो के हो भन्दा इगो र नेतागणको राजनीतिक भविस्य हो | तरल अवस्थामा रहेको देशको स्थितिले
आफ्नै भित्र झनै उकुसमुकुस थपिदिएको छ |
पहिलो संबिधानसभामा माओबादीले ठुलो जित हासिल गर्यो, मधेशबादीदलहरुले पनि
राम्रै गरे | अनेकौ कारणबस पहिलो संबिधानसभाले संबिधान जारी गर्न सकेन | दोस्रो
संबिधान सभामा माओबादी र मधेसबादीदलले नराम्रो पराजय बेहोर्न पुगे | संघियता, समबेशिताका
पक्षधरको पराजय भयो | मधेसबाट राम्रै संख्यामा सभासदहरु आए तर काँग्रेस र एमालेका
तर्फबाट | अर्को कुरा कांग्रेस, एमाले पनि सबिधान बनाउने कुरामा आफ्नो चुनाबी मुखपत्र
भन्दा पनि तल झरे | पहिलो संबिधानसभा असफल हुनुको दोष माओबादीलाई गयो, त्यो चुनाब
नतिजाले नै भन्यो | माओबादी पुन दोस्रो संबिधानसभाको असफलताको कारण हुन नचाहने भएर
नै जबर्जस्ति कांग्रेस र एमालेको साथ लाग्न बाध्य भयो | रक्तरंजित बिरोधका बाबजुत
संबिधान जारी भयो, त्यो १०० जना भन्दाबढि मधेसी-थारु सभासदहरुको समर्थन संगै |
संबिधानले सात प्रदेश दियो, तर दुई प्रदेशमा भने ठुलै असन्तुस्टी जन्मायो |
अहिले पनि प्रदेश २ र ५ मा अमनचैन छैन | ३०-४० दिन देखि बन्द-हड्तालसंगै रगत बगीरहेको
छ | तर दुईतिहाईले रगत रोक्ने चाहेन या सकेन माननीय नै छ | लडेर मात्रै जित्ने भए
१५००० लाइ सहिद बनाउने माओबादी मूल-धरमा किन आउथे होला र ? १५००० घरमा अहिले सम्म
हासो देखिएको छैन | ६२-६३ को जना-आन्दोलन, त्यसपछिको मधेस आन्दोलन अनि अहिलेको नया
आन्दोलनले गरेर थप १२० घरहरुका खुसि लुटिसकेको
छ | सहिद घोषणा, १०-२० लाख राहतले मरेको ज्यान फर्किदैन | हाम्रै गाउमा माओबादी
आन्दोलनमा मरेका २-४ जनाको स्थिति हेरेर नै सहिद-परिवारको अवस्था थाहा हुन्छ | त्यसैले
अब धेरै रक्तपात नगरौ, सरकारले पनि यसरी मौन भएर मान्छे मर्न दिईरहनु नलाएकीपन हो |
नेपालीकै छोरा मर्छ मधेसी मरे पनि, पहाडीलाई पिडा हुनुपर्छ थारु मरे पनि |
राजनीतिमा धेरैनै परिबर्तन भयो तर आर्थिक र सामाजिक परिबर्तनमा हामी अघि हुन सकेनौ
| अविकसित समाज नै विभेदको कारण हो | यसलाई कम गर्ने कानुन बनाउनु पर्ने देखिन्छ |
नजिकै भारतमा पनि ”चिंकी” भन्नेलाई कारबाहीको घोषणा गरियो | हाम्रोमा पनि दलित, मधेसी,
थारु भनेर तथानाम गर्नेलाइ कठघरमा उभ्याउन सकिने कानुन बनाउनु पर्छ | सामाजिक
मुद्दालाई भावनात्मक बनाई मान्छेलाई बहकाउन सजिलो हुन्छ नै | अहिलेको समाधान भनेको
बार्ता हो र सबै पक्ष यसका लागि तयार हुनु बाहेक अरु विकल्प छैन | मान्छे भड्काएर,
रगत तताईदिएर समस्याको समाधान छैन |
संबिधान भनेको कागजको खोस्टो न हो, २-४ ओटा कुरा बाहेक संबिधानका सबै कुरा संसोधनिय
छन् | समस्याको एउटा चुरो नागरिकता रहेछ, आमाको नाममा बंसजको नागरिकता पाउन अलि
कठिन हुने बनाइएको रहेछ | बिदेसी बिहे गर्ने नेपाली महिलाका बच्चाले नेपाली अंगिकृत
नागरिक पाउने रहेछन, यसलाई संसोधन गरि नेपाली आमाको नामबाट सहजै नेपाली बंसजको
नागरिकता बनाउने गरि संसोधन गर्न सकिन्छ | संसोधन गर्दा कोइ व्याक्तिले दुई देशको
नागरिकता लिन नसकुन भनेर कुनै प्रावधान राख्न सकिन्छ | अर्को कुरा अंगिकृत नागरिकका हाकमा उनीहरुलाइ
नेपालको विशिष्ट ठाउँमा राख्ने पाउनुपर्छ भन्ने माग चाहि आत्मघाती हो | जो व्याक्तिको
यो देशमा जन्मेकै होइन र उसलाई यो देशको बागडोर समाल्न दिनु भनेको आफ्नो घरका पाहुनालाइ
घर-समाल्न दिनु जस्तो हो | भारत* र अमेरिकामा समेत यो नियम छैन | मधेशको
यूवाले अन्य देशको नारीसंग बिहे गरे पनि, जन्मेको बच्चाले नेपाल को प्रधानमन्त्री बन्न
पाउने नियम छ अहिले पनि | तर अन्य देशबाट आएका अंगिकृतलाई देश चलाउने हक माग्नु
जायज हुदैन |
समानुपातिक सहभागिताका लागि समाबेसीको सट्टा समानुपातिक सहभागिता बनाउन खासै
गार्हो देखिदैन| ६ सालको भारत बसाइमा आरक्षणको दुरुपयोग राम्ररी देखियो |
आरक्षितहरु पहिले देखिनै आरक्षणलाई जन्मसिद्द अधिकारको रुपमा लिने गरेको पाइयो | हाम्ले
चाहने भनेको समानुपातिक सहभागितामा किन-बेच नहोस, नाताबाद नहोस | दोस्रो संबिधानसभामा
पार्टीहरुले टिकट किन-बेच गरेको, महिलाको नाममा आफ्नै छोरी-बुहारीलाइ टिकट बाडेको स्पस्ट
देखिन्त्यो | यस्तो खाने समानुपातिक सहभागिताले मरेका सहिदको आकांक्षालाई ठेस
पुर्याउनेछ |
अर्को ठुलो समस्या भनेको राज्यको आकारको रह्यो | मुख्य विवादित जिल्लाहरु लिउ
अनि जनमत संग्रह गरौ तेही जिल्लाहरुमा अनि कुन जिल्लालाई कुन प्रदेशमा जान मन छ, जिल्लाबसीले
नै निर्णय गर्नेछन् | बिसम परिस्थितिमा जिल्ला बाडेर कुरा मिल्ने भए त्यो पनि गर्न
सकिन्छ | तेही हो जति सक्दो थोरै राज्यहरु देशका लागि हितकर होला | गाउ-गाउ, घर-घरमा
नेता, संसद, सभासदको खाचो छैन | जनप्रतिनिधि हिमाल र पहाडलाइ भूगोल र तराईलाइ
जनसंख्याको आधारमा राखे सबैलाई चित्त बुझ्ला | सबै जनसंख्याकै आधारमा मात्रै चाहिन्छ
भनेर महिलाहरु आन्दोलनमा उत्रे भने ५१% कोटा महिलाका लागि मात्रै छुट्टयाउन सम्भव
नहोला नै | तेसैले मेरो गोरुको बार्है टक्का भनेर झगडा गर्नु नेपाल र नेपाली का
लागि हितकर हुने छैन | नेता भन्दा देश ठुलो हो, कसैको स्वार्थका लागि नेपाललाई अनिर्णयको
बन्दि बनाउन र निरन्तरको अशान्तिमा धकेल्न पाइदैन |
अन्य मागहरु पनि होलान तर हल नहुने प्राय कुनै छैनन् | नेपालको स्वाधिनता र
अखण्डता भन्दा ठुलो केहि हुन सक्दैन | यसै बीच लाजिम्पाटबाट चुहिएको सात बुदे
समाचार बाहिर आयो | जति नै खण्डन गरेता पनि अनौपचारिक रुपमा यी मागहरु आएकोमा
दुइमति छैन | हाम्रो देशको समस्या हाम्ले नबुझे पछी बिदेशीले औला उठाउने मौका
पाएका छन् | हुनत पहिले देखिनै लाजिम्पाटले काठमाडौँ नियन्त्रण गर्न खोजेकै हो |
धेरै हदसम्म उसको इसारा चलेकै हुन पहिले पनि, अहिले उनका कुरा नसुन्दा अघोषित
नाकाबन्दीका कुराहरु देखिन थालेका छन् | मधेशका कुरा पहिले नै सुनिनु पर्थ्यो र
अझै समय छ पनि नत्र धेरै अनिस्ट आउन नसक्ला भनेर भन्ने अवस्था छैन | “backoffindia” भनेर मेडियाहरुमा ट्रेन्ड नै भयो, नेताहरुले
ठूला-ठूला भाषण गरे पनि | तर अहिलेदेखि नै पेट्रोलको लाइन सयौ मीटर हुन लागिसक्यो
| प्रचण्डले भन्या झैँ गरेर साइकल चाड्ने कुरा खाली भन्ने फोस्रा कुरा न हो | हामी
धेरै भारत परस्थ छौ, यसमा कुनै संकानै छैन | नेहरुको पालादेखिनै हाम्लाई हेर्ने मित्रराष्ट्रको
नजर भित्रि रुपमा सुकिलो पक्कै छैन | जीवन क्षेत्रीजी ले लेख्या झैँ मोदीजीले बुद्ध
नेपालमा जन्मे भनेर मोदीको पुजा गरेको पनि थिइन र अहिले इंडियालाइ गालि गरेको पनि
छैन | सबै छिमेकि अवसरबादी हुन्छन, उत्तर होस् या दक्षिण, हाम्ले औला उठाउने अवसर
नदिनु नै सबै भन्दा बेस हो | समस्याको जड येही हामि मै छ, घिउ जसले थपे पनि | ठूला-ठूला
शब्दमा सामाजिक संजालमा लडेर मात्रै केहि हुनेवाला छैन | मित्ररास्ट्र राजनीति बाहेक
हरेक घरको टिवीमा, लगाउने कपडामा, चड्ने गाडीमा, सुन्ने संगीतमा अनि हेर्ने
चलचित्रमा सबैतिर हाबी छ | उता जोगबनीमा समान रोकिएपनि हाम्रो घर भित्र भारत-लम्पटतामा
नाकाबन्दीले केहि असर गरेको छैन | हुनत पैसा तिरेर किनेको/गरेको भनौला तर पैसाले
इज्जत र सम्मान नपाइने रहेछ | #backoffindia ले यस्तो अवस्थामा एकछिनको रोस पोख्ने भन्दा अरु केहि गर्दैन | तेही हो
सामाजिक संजालमा शव्य भाषामा बिरोध गर्न सिकौ |
अन्तिममा, मधेशमा सहिद भएकाहरुलाई भावपूर्ण श्रदान्जली, उनका परिवारले येतेस्ट
सम्मान र सहयोग पाउन | सरकारले सेना र कर्फु छिटै हटाओस, आन्दोलकारी र पुलिसहरु
हिस्रक नहुन, आन्दोलन ध्वसात्मक नहोस र चाडै बार्ता गरि सबै कुराको समाधान होस्,
मिलेसम्म तराई गएर बार्ता गर्ने आँट गरुन | तेतीका सिट जितेर आएको ठाउमा जानलाई
किन डराउनु पर्यो र ! के छ संबिधानमा भनेर आफ्नै मुखले भन्नुहोस, कुन कुरा दिन
सकिएन स्पष्ट पर्नुहोस् | त पहाडी या त मधेसी भनेर जातिवादी, लिंगभेदी मेडिया
युद्ध देख्न नपरोस | चाडै शान्त नेपालको परिकल्पना सफल होस् | आशा छ अबको संसोधन
पछीको संबिधान सबैका लागि मान्य हुनेछ, म पहाडी अर्ध-गरिब-खस बाहुनलाइ केहि
चाहिदैन | म पिडित र दमितहरुको दोकानमा समान दिने हेल्पर हुदैमा मक्ख छु | मेरा काठमाडौँ/जनकपुरका
घरानिया जनजाती/मधेसी साथीले माथि-माथि पुगेको देख्न पाउ | नेपालमा घर धन्न गार्हो
परे मलासिया, गुल्फ़ छदै छ | इच्छा भनेको यति मात्रै हो कि आरक्षण/समानुपातिकको
फाइदा धारामा पानी थप्न नपाउने परियारहरु-बिस्वकर्माहरु, सिदा आँखा गरेर हेर्न
डराउने लोहारहरु, मुसहरहरु, पासवानहरुको कुटी सम्म पुगोस | नत्र देउबा, ओली, नेपाल,
दाहालका रुपमा झा, यादव, त्रिपाठीहरु आएर केहि लछारपाटो लाग्ने छैन | नजिकको सलुनामा
छोराको कपाल कटाउन जादा नाइभाईले “दाई मेरो छोरा पनि डाक्टरी पढ़िरहेछ” भनेको सुन्ने
पाईवोस | मलाई केहि चाहिन्न म त सामन्ती बाहुन पो हु | आफु भला तो जगत भला जय
नेपाल |
कल्पना किरण
(Jeevan Adhikari, PhD student, Singapore)
(Jeevan Adhikari, PhD student, Singapore)
Mera purano lekh haru ... madesh, nepal and indo-nepal related
अनौठो राष्ट्रबाद
http://jeevankiran.blogspot.sg/2014/12/blog-post_23.html
मधेश र संघियता
http://jeevankiran.blogspot.sg/2014/12/blog-post.html