अस्ति भर्खर गएको
मेरो जन्मदिनले ठ्याक्कै २७-२८ बर्ष कति पुर्यायो गन्ने कष्ट पनि गरेकी छैन | यो
उमेरमा जन्मदिन आउनाले खुसि भन्दा धेरै दर्द दिने गर्छ | आमालाई सोध्ने हो भने त
पुरै २९-३० नै पुर्याईदिन्छिन | यो लगनले भरिएको बसन्त हृतुमा फेसबुक खोल्यो कि
२-४ जना संगिनीहरु डोली चढेको देख्न पाइन्छ | कसैले टम्म परेको पेट, कसैले पेट
टम्म हुनुभन्दा पहिलेका प्रेम-लापका तस्वीरहरुले फेसबुक रंगाएका हुन्छन | हर्स-बिस्मातहिन
मेरो मन केहि सोच्दैन तै पनि यी हातहरुले कमेन्ट र लाइक दिन पछी पर्दैन | भर्खर
बिहे भएका या भर्खर सन्तान प्राप्तिको खुसि मिलेकाहरुलाई के नै कमेन्ट गर्न सकिन्छ
र, कस्तो राम्रो जोडी, गड मेड भन्यो, कस्तो राम्रो बच्चा, सो किउट भन्यो आदि |
मास्टर्सको पढाई लगभग
सकिन लागिसक्यो | अन्तिम परिक्षा र थेसिस मात्रै बाकि हो | जाचलाइ जति पढे पनि
मिल्ने उतिनै हो जस्तो लाग्छ, थेसिस त झन् किन्नै पाइन्छ भन्छन्, चाहने हो भने !
हाम्रो चारजना संगीनिहरुको ग्रुपसंगै बस्दा खासै पढाईको कुरा पनि हुन्न | अन्जु हामी
मध्य सबै भन्दा राम्री छे, उसका आसिकहरुका कुरा गर्ने भए पुरा दिन नै सकिन्छ तर
त्यो लिस्टमा भएका केटाहरुको नाम सकिदैन | सरिता अलि मोटी छे, जो एउटा एकदमै माया
गर्ने मोटेको खोजीमा छे | हाम्ले दुब्लो केटो भए हुन्नर भन्दा फेरी सुहागरातमा
करंग भाचिएलानि भनेर मज्जाक गर्छे | सुस्मा पातली भएपनि कुरा चाही ठूलोनै हुन्छ, टि.यूको
घासे मैदानमा बसेर देशनै चलाउला झैँ गर्छे | तेस्को गफ जति सुने पनि अर्को कानबाट
उडेर जान टाइमनै लाग्दैन ! मेरो जीवन चाही सुन्य छ, भन्ने कुरा नै हुदैन | हामी
चारैजनाको उमेर लगभाव २६-२७ माथि नै होला, तर सबैभन्दा रस-बिहिन जवानी मेरै होला |
सबैले आफ्नो आफ्नो
कहानीहरु हसाइ हसाइ सुनाई रहेका हुन्छन | अन्जुले गाउको सरकारी स्कूल पढ्दा, स्कूल
छोडी भागेर खोलाको तिरमा डेटिङ गएको कहानी सुनाइ | केटो नजिकिदै चुम्मिन खोज्दा भो
एस्तो कुरा त बिहे पछी भन्दै भागी रे | स्कूल पछी अन्जु कता त्यो केटो कता सानो कथा
तेही सकियो | बीचमा घारकाले थाहा पाएर उसकी आमाले लामो नैतिक शिक्षा नै दिईछन् |
सरिताको बिस-हजारी तालको कहानी त झनै रमाइलो थियो, केटो पछी मणिपालमा डाक्टर पढ्न
थालेसी अर्कैसंग बेस्त हुन थाल्यो रे | सुस्माको कुरा सुन्यो भने त मेरो आङनै
सिरिङ्ग हुन्छ | जे होस् केटिहरुले आफ्नो यौबनको सानो-तिनो तितो-मिठो अनुभव बटुलेकै
छन् | मलाई सुना भन्छन, भन्ने शब्दनै छैन |
मलाइ याद छ, पहिले
पटक मेरो यौनअंग रक्तरंजित हुदा | भर्खर १२-१३ को थिए होला, आमा भन्दै कराए, उनि
दर्गुर्दै आइन | एसो हेरेर उनको पुरानो पेटिकोटको टुक्रा दिंदै भित्र अँधेरो कोठामा
लगेर राखिन, ५ दिन सम्म बाबा र दाइलाइ समेत हेर्न पाइन मैले | तेसपछि म भित्रका
शारीरिक परिवर्तनहरु बिस्तारै देख्नथाले | सानो-तिनो कुरामा रिस उठ्ने, चाडै खुसि
हुने, प्रेममा अलप हुन मनलाग्ने आदि |
मेरी आमा कडा हुन् र
छिन पनि | चाहेको खण्डमा दाइ र बाबालाई नारेर गोरुझैँ जोत्न पनि सक्छिन | बिचारा
बाबा केहि बोल्न सक्नु हुन्न आमाको अगाडी, दाइ पनि आमाको घमण्डको अगाडी घुडा
टेक्नुहुन्छ | बैनी र मेरो राम्रो स्थान हुनेत सम्भावना नै रहेन | केटासंग बोल्नु,
हिड्नु भनेको पाप नै हुन्थ्यो, आमाको आखामा |
आठ कक्षामा एउटा
केटोले मलाई हेरेको हेरै गर्थ्यो | उसका १०० नजरहरुसंग कहिलेकहिँ मेरो १ नजर जुद्थ्यो
पनि | पछी तेस्ले मलाई औधी मन पराउछ रे भनेर अर्कीले सुनाई | मलाई पनि ठीकै
लाग्थ्यो, हेर्दामा लुरे भए पनि, पढ्न र कुरा गर्न राम्रै थियो | कहिले कहिँ थापानीको
दोकानमा समोसा-तरकारी खान जाम भन्थ्यो तर म कहिले गईन | तर तेती बेला आमाको डर
चाही थिएन म भित्र | उसले बोलाउदा चाही राम्रैसंग बोल्थे म | २०५७-५८ सालको नया
वर्ष थियो, त्यो केटाले हृतिक रोशन र अमीषा पटेलवाला पोस्ट-कार्डमा हेप्पी न्यु
इअर भनेर दियो | One glass whiskey, one glass beer, on my dear happy new
year” लेखेको थियो | मैले कार्ड अस्विकार गरिन | किताबको
बीचमा हालेर ल्याएको कार्ड बैनी र मैले हेर्दै थियौ, यतिकैमा आमाले देखिन | अरु
सबै अंग्रेजीमा लेखे पनि नाम चाही नेपालीमै थियो जुन मेरी साक्षर आमाले सजिलै पढ्न
सक्थिन | आमाले हातबाट थुतेको त्यो पोस्ट-कार्ड एकैछिनमा धुजा-धुजा भयो | येही
जाबो पोस्ट-कार्डको निउमा आमा म माथि जाइलाग्न पुगिन, अनेक तिता-नमीठा गालिसंगै
मेरो कपालको अलिकति मालिस पनि भयो | मैले त्यो केटासंग न राम्ररी बोले न कहिले
हिडे, न मसंग कुनै स्पष्टीकरण सोधियो | भयो त सिधै भौतिक कारबाही जस्तो, त्यो
बेलामा माओबादी छापामारले गर्ने जस्तो | त्यो दिन आमाको मुखबाट आएको गाली चाही
त्यो केटासंग सुते बराबरको थियो | उनले आफ्नो उत्कण्ठा पुरा गरेपछी, आफ्नो धन्दामा
लागिन | मेरा आँखाबाट ४-५ दिन सम्म ओभानो हुन सकेन तर त्यसको हेक्का कसैलाई पनि
भएन |
त्यो घटना पछी नै मेरो मन मरिसकेको थियो | प्राय केटिहरुकै बीचमा नै बसिरहेको
हुन्थे | केटीहरुको बीचमा त्यो केटा आउन सकेन | एस.एल.सी. पास भएसी ११-१२ साइन्समा
सुरु भयो | +२ को बिज्ञान पढ्न मा जस्तो मध्यम बिद्यार्थीलाइ सजिलो चाही थिएन |
नयाँ नयाँ साथीहरु भेट हुन थालेका थिए | म भन्दा स्मार्ट, रंगिन, र रसिला पनि |
लोभलाग्दो गरि ड्रेसअप गर्न उनीहरुले नै सिकाए | लगाउने कुरामा चाही मलाई खासै
समस्या थिएन मेरी आमालाइ, जे लगाए पनि खासै फरक पर्दैनथ्यो | केटीहरु केटाहरुसंग
बोल्न र ह्यान्डल गर्न राम्ररी जानेका थिए | मैले अरु केहि नगरे पनि राम्री देखिन
चाही सिके | उमेर संगै शरीरको पुस्टता बढ्दै थियो, अंगहरुमा रस भरिएर टम्म हुदै
गएको महसुस हुन्थ्यो |
चितवनमा साइकलको फेसन त औधी थियो तेती बेला | घरबाट कलेज यात्रा साइकलमै
हुन्थ्यो | अलि परबाट मेरो घर हुदै जाने एकजना केटा थियो | बोल्दिन भन्दा भन्दै
पनि बिस्तारै बोलचाल हुन थाल्यो | सधै कुरेर संगै जाने त गरेको थिएन तै पनि संगै
हुदा साइकलको स्पीड कम गरेर गफ गर्दै जन्थेउ हामी | फिजिस्कमा धेरै कुरा आउथ्यो
उसलाई, तै पनि बायोलोजीको कुरा गर्न खोज्ने गर्थ्यो | उसंग संगै कलेज जान चाही रमाइलै
लाग्थ्यो | कोइ मिल्ने केटा नजिकको साथी हुदा पनि रमाइलै लाग्ने रहेछ | मैले
आमालाई बिर्सिसकेको रहेछु, एकदिन आमालाई हास्दै कुरा गर्दै आएको देखिन | अनि फेरी
सुरु भयो उनको दमन र गालिका शृंखलाहरु | बाहिर केटासंग मस्त कुरा गर्दै हिड्दा के
भन्लान अरुले भन्ने तनाब थियो आमालाई | मैले त कुरा मात्रै पो गरेको थिए | खै मलाई
चाही आमाले बेस्याकै रुपमा हेर्छिन कि जस्तो लाग्थ्यो कहिले कहिँ त | दाइ र बाबा
बोलेर पनि केहि गर्न सक्ने होइनन | कसै संगै बोल्दैमा जवानी सुम्पिदैनन होला नि |
खै मेरो प्रेम थियो थिएन त्यो थाहा छैन तर मेरो कलेज जाने बाटो परिवर्तन भयो,
आनी बानि परिवर्तन भयो | खै आमाले आफ्नो जवानीमा के गरिन कस्तो दुख पाइन् केटाहरुबाट,
त्यास्तो कस्ट हाम्ले नपाउम भनेर केअर गरेकी पनि होलिन तर उनको बानिले गर्दा आफू
भित्रको जवानी तेसै सेलाउदै गएको भान हुन्थ्यो | अहिलेको जस्तो फोन फेसबुक इमेल
थिएन तेती बेला बिस्तारै बोलचाल बन्द भयो, उ अर्कै संगै गफिन थाल्यो र म आफु भित्रका
ज्वारभाटाहरुलाई सम्हालेर राखीबसे | स्कूलले केटो १० क्लास पछी गायब भयो, यी साथी
१२ पछी विदेश पलायन भए रे | १२ पछी एक-डेड साल एता-उता हेर्दा हेर्दै अन्तिममा
त्रिचन्द्र क्याम्पसमै जानु पर्ने भयो | जहाँ मैले मेरा अरु ३ जना सहेलीहरुलाइ
भेटे | कुरा गर्दै जादा केटीहरुका किशोरअवस्थाका कहानीहरु मेरा भन्दा धेरै कामुक, शृंगारिक, र मनोरम छन् | उनीहरुको घरमा केहि नभन्ने भन्ने त होइन तै पनि पहिले
स्पष्टीकरण सोधेर अनि सम्झाउने गरिन्थ्यो |
स्नातकको बीचतिर पुग्दा नितम्ब, वक्ष आदि पूर्ण रुपमा परिपक्क भैसकेको महसुस
गर्थे | अब यो भन्दा राम्रो हुने खासै ठाउँ थिएन जस्तो लाग्थ्यो | तर मेरो
सुन्दरता त्यासै ओइलाएर जान लागेको भान हुन्थ्यो | मेरा हातहरु कसैलाई बाध्न आतुर
थिएनन्, मुख कसैसंग बोल्न खोज्दैनथ्यो, ओठहरु कसैको ओठसंग लिप्त हुने त धेरै परको
कुरा थियो | केटिहरुका साना-ठुला किस्साहरु सुन्दा पनि कहिले उत्तेजना भएन ममा |
उनीहरुले खाएको चुम्मन मलाई चुइगम खाएको सरह लाग्थ्यो, उनीहरुको प्रेम परिवर्तन भैरह्यो
तर म चाही भावबिहिन भएर जीइरहे |
चारै जनाको नाम टि.यू. केन्द्रीय क्याम्पसमा निस्केपछि सबै त्यही पढ्ने भयौ |
दोस्रो सालको जांच पछी केटीहरु घरतिर लागे, मपनि घर मै बसेर थेसिस लेख्ने सोचे |
घरमा अलि अलि पढेको जस्तो गर्यो, नत्र घरको भान्साको काम, आमालाई दईसंग स्काईपमा
बोल्न लगिदियो आदि गर्दै समय बिती रह्यो | अइना हेर्दा छालामा साना-साना चाउरी
देखिन थालिसकेका थिए | २३-२४ को छाला र २७-२८ को छालामा धेरै नै फरक हुने रैछ | कोमल
छाला चिल्लो हुदै चाउरीदा पनि मेरा यी गालाहरु कसैको स्पर्सका लागि लालाहित थिएनन्
| संगैका साथीहरुको बिहे हुदा पनि बिहे गर्न रहर एकरति पनि थिएन मभित्र | संगीनिहरुले
आफ्नो यौनरसलीला सुनाउदै गर्दा अलिकति कौतुहलताको महसुस पनि हुन्नथ्यो | आमा भने
केटा खोज्नमा लागिपरेकी छिन | राम्री, पोटिली, पढेकी छोरीमा सबै कुरा छ जस्तो
लाग्छ उनलाई | तै पनि उनले मेरो रहर र चाहना कहिले बुझिनन् |
एकजना अस्ट्रेलियामा पी.आर भैसकेका केटाको कुरा आएछ, आमाले उसको फेसबुक हेर्न भ्याईसकिछन
| केटो राम्रो-खाइलाग्दो नै देखिन्थ्यो | मैले पनि हेरे, अरु बैनीहरुले पनि हेरे |
कसैले राम्रो त कसैले के यो नराम्रो त्यो नराम्रो भन्न थाले तै पनि मलाई न केहि
राम्रो लग्यो न केहि नराम्रो, आमाले भनिन मैले हेरे | पछी फेसबुकमा एड पनि भइयो, उताबाट
पटक-पटक हाइ-हेल्लो म्यासेज आइरहन्थ्यो | मन लागे अलि-अलि कुरा गर्थे नत्र त्यसै सीन
गराएर छोडीदिन्थे | पहिले पहिले धेरै नै म्यासेज गरे, पछि कम गर्न थाले अनि कुरा
कता आल्जियो कता | आमा कराईन तर यस्तो कुरामा जबर्जस्ति नै गर्ने आँट चाही थिएन उनमा
| २७-२८ को उमेरमा पनि लिंगबिहिन भएको झैँ लाग्थ्यो, कहिले कहिँ समलिंगी त होइन
भनेको जस्तो पनि लग्यो | तर यो पनि सत्य थिएन | ममा केटाप्रति आउनु पर्ने भावना
पूर्णरुपमा मरेको थियो, कुरा तेती मात्रै हो | राम्रो केटा छोड्नु परेकोमा आमाको
मन चुकचुकी रहेको थियो | तर छोरीलाइ राम्रो केटा नपाउनेमा उनलाई केहि संका थिएन | अरु
जे भए पनि हाम्री आमाले छोरा-छोरीलाइ राम्रो पढाएर स्वभालम्वी बनाउन चाही कुनै कसर
बाकी राखेकी थिइनन |
पछी सिंगापुरमा पी.एच.डी गर्दै गरेका केटाको कुरा आयो | फुपूले केटाको घर राम्रो,
परिवार राम्रो छ भनेर आमालाई फोटो नै देखाइन | आमाले मलाई देखाइन, अहिलेको केटो
पहिले को भन्दा राम्रो त होइन तै पनि देखाएसी हेर्ने पर्यो, मैले फेसबुकमा खोजेर
सर्च पनि गरिन | हल्का-काला बर्णका चस्मा लगाउने, डल्ले-डल्ले सगर नामको केटाबाट
फेसबुकमा मित्र अनुरोध आयो | फेसबुकमा एड भएसी अलि अलि कुरा भयो, मैले उनका प्रश्नहरुका
जवाफ दिए तर मैले केहि सोधिन | कुरा गरेको केहि हप्तामा नै उनि नेपाल आए, कता-कता
कुरा हुदै भेट्ने कुरा भएछ | आमाले मलाई भेट्न जा पो भनिन | अहिलेसम्म केटाको १ मिटर
नजिक जादा पड्किने आमा अहिले केटा
भेट्न जा भन्दा अचाम्मै लाग्यो | मलाई मननै थिएन तर सबैले जा भन्दा म सानो नानुलाइ
लिएर भेट्न गए, सिविल मलभित्र | उनि तेही कुर्दै रहेछन | बसेर कफी खाइयो, एकछिन
कुरा भयो, उनले पढाइको बारेमा सोधे, अनि एसो अरु साना-तिनी कुराहरु | मैले केहि
सोधिन र खासै बोलिन पनि, फोन नम्बर मागे मैले छैन भनेर आलटाल गरे | घर फर्किएसी
उनले एकदमै मन पराएको जानकारी आयो, मेरो मन चाही सुन्य नै थियो | सबैले कर गरेसी
मैले बिहे गर्दिन भन्न सकिन, सबैलाई खुसि पर्न बिहे हुने भयो | बिहेका लागि म भन्दा
मेरा परिवार उत्साहित देखिन्थे, अनि सागर पनि अति उत्साहित थिए | यस्तो लाग्थ्यो
कि म नभए सागरले अर्को केटि नै नपाउने हुन् जस्तो | ५०-६० जनाको जन्ती जति लिएर आए
इन्जेज्मेंटको लागि, १० दिन पछी बिहे निश्चित भयो | बिहेका लागि सबै किनमेल मै
बेस्त थिए, मैले नापो दिने बाहेक केहि गरिन | कहिले कहिँ सगर फोन गर्थे र फोनमा
बोल्दिनु मेरो कर्तब्य थियो | २००-३०० जनाको जत्था लिएर आइ मेरो बिहे भयो, दाइले
विदेशबाट पठाएको १ सालको कमाई १ दिन मै स्वाहा भयो |
बिहेको कर्म-काण्ड ४-५ घण्टामा नै सकियो, अन्माउने बेलामा आमाचाही रोइन, अरु
पनि रोए, मेरो आँखाहरु टिलपिल-टिलपिल भए तर भक्कको छोडेर चाही रुन आएन | ८-१० दिनको
फोनमा उनको मिस यू, लुव यू पनि आउथ्यो तर तेस्ले सागरका कुनै भावना ल्याउन सकेको
थिएन | सबैले मुखमा बत्ति लगि-लगि मलाई हेरे, आमाले पठाएको सबै सुन एक-एक गर्दै बाढ़े
| बेलुकाको १२ बजे तिर सबै काम सकियो | मलाई सुहागरातको उत्साह र डर केहि थिएन, म
कुनै केटासंग सुत्न जादै छु भन्ने भान पनि थिएन, थाकेको शरीर, त्यो सजाएर राखेको
बिस्तारामा कुना लगेर आफै लम्पसार भयो | उनि अर्कोपट्टि सिरानी चेपेर सुतिरहेका
थिए | बुहारी बिहानै उठ्नु पर्छ भन्ने आमाको महबाडीलाइ मध्य नजर गर्दै उठे, परेका
सबै कामहरु गरे, जे भए पनि काम सबैले बाडेर नै गर्ने चलन रहेछ, खासै गार्हो भएन |
घरमा नयाँ-नयाँ समानहरु टल्किरहेका थिए | सबैमा मेरो माइतीको बासना महसुस गरे |
त्यो आगनमा टल्केको निलो नयाँ पल्सरको तेल समेत मेरै माइतीको हो जस्तो लग्यो |
आमाले मलाई स्कूटी किन्न कहिले मानिनन्, अहिले नचिनेकालाई बाइकनै पो तेर्साइन |
मेरा बुढा एकदमै मिजासिला थिए | बोलि पनि मिठो थियो र साधारण पनि | बिहेको
भोलि पल्टै मलाई घुमाउन सौराहा लगे, नगएको ठाउँ त होइन त्यो तै पनि फेरी गइयो | बुढा
मलाई खुसि बनाउन तल्लिन भएर लागेको मैले स्पस्ट बुझ्थे | २ दिन पछि बेलुका सुत्ने
क्रममा उनि आलिंगनमा बधिना खोजेको महसुस गरे | उनका औलाहरु मेरा नजिक आउन
खोजिरहेका थिए, अचानक मैले रोके | किन रोके मलाई थाहा छैन | एकछिन कुरे मेरो मन
परिवर्तन हुन्छ कि भनेर होला, तर भएन अनि अर्कोतर्फ पल्टेर सुते | म एकछिन निदाउन
सकिन तै पनि दिन-भरिको थकानले निदाए | यो बिषयमा केहि सोधेनन उनले | अर्को दिन
देखि हात उठाउने कोसिस समेत गरेरन |
उनको बिदा सकियो र उनि फर्किन लागे | छोड्न एअरपोर्टसम्म सबै गयौ, उनि हिडे तर
मलाई कुनै खालीपनको अनुभव भएन | यो भन्दा नरमाइलो त मलाई दाईलाई छोड्न जादा
लाग्थ्यो | मलाई घर बस्न मन लगेर अनि माइत आएर बसे | सागर सधै स्काईपमा अनलाइन
हुन्थे, मसंग कुरा गर्न कुरिरहन्थे | कहिले केहि धेरै कुरा बोलेनन्, केहि भूतको
बारेमा सोधेनन पनि तर मलाई भित्र देखि बोलु बोलु अझै लागेको थिएन बिहे भएको ३-४
महिनासम्म पनि | बिस्तारै उनको चित्त राख्न भने पनि बोलिरहे | पछी अलि लामो लामो
कुरा-कानी हुनथाल्यो, कुराहरुमा शररतीपन पनि बढ्दै गयो | म भित्रको पुरुष-विकर्षण
घटिरहेको थियो | २७-२८ कि विवाहित कुमारी थिए म | मन भित्र अलि नयाँ तरङ्गहरु पैदा
हुदै थिए | उता उनि मलाई सिंगापुर लाने कागजपत्र ठीक पर्दै थिए |
आजकल उनि मलाई आफ्नो लाग्न थालेको छ, साच्चै मन परेको हो या बुढा भएर मन पराउनु
परेको हो मलाई हेक्का छैन | तैपनि उनि राम्रा छन्, मैले भनेको सबै मान्छन पनि |
आजकल स्काईपमा समेत अलि अलि तरंगित हुन थालेकी थिए |
बिहेको ७ महिना पछी टिकट आयो | घरको माया लागे पनि मेरो मन चाही सागर भित्र
बग्न चाहेको भान हुन्थ्यो | सिल्क ऐरवजमा बसेर पहिलोपल्ट प्लेन छाडी पहिलोपल्ट
विदेश पुगे | सिंगापुरको एअरपोर्ट देखेर दङ्ग परे, कहाँको राजाराम कहाँको गन्दे
भंडारी भन्या जस्तो रैछ काठमाडौँ र सिंगापुरको एअरपोर्टको फरक | बोर्डिंग गरि लगेज
लिई यसो हेर्दा, बाहिर सागर कुरिरहेको देखे, नया चस्मामा अलि ह्यान्डसम देखिएका
थिए | कुदेर म भए तर्फ आए तर छुन डराए, मैले तानेर अँगालोमा बाधे, आँखा चिम्म गरेर
हातले उनलाई अंगालोमा कसे | सबैको सामु मेरा ओठ उनको ओठमाथि सलबलाईरहेका थिए |
मलाई कसैको लाज थिएन | ट्याक्सीमा उनका हात मेरा नितम्बमा ठोकिदै गर्दा मलाई
सुहागरातको रहर चढिरहेको थियो, समागनको त्रिस्नाले तड्पाईरह्यो, मन-मनै अलिअलि डर पनि
बढिरह्यो |||
A story by कल्पना
किरण