(प्रस्तुत हास्य व्यंग्य
काल्पनिक हो, कसैको जीवनसँग मेल खान गएमा संयोग मात्रै हुनेछ)
कहिले-काहिँ त एक-बिहानै
देखि रिस उठ्छ भन्या | पूर्बी गोलार्धमा रात हुदा पश्चिमी गोलार्धमा दिन हुने भएर
हो कि के हो, आँखा खोल्न भन्दा अगाडी सुति-सुति फेसबुक खोलेपछि आफै रिस उठ्ने रैछ |
यसो एकछिन टाइमलाइन स्क्रोल गर्नु मात्रै पर्छ, उहिलेका झुम्रिहरु अहिले च्वाक-च्वाक
भएर, बुढासँग टासिएर फोटाहरु राख्छन | कहिलै केटिको पाँच मीटर नजिक जान आँट नगर्ने
मुला-का-सागहरु पनि सर्लक्क आफ्नी बुढीलाइ अंगालो मारेर फोटो हाल्छन बा | हेरु कि
नहेरु हुन्छ फोटो पनि, नहेरुं नि कसरी, पुरै भित्ता भर्या छ | आफ्नो भने पारानै अर्कै,
अगाडी-पछाडी जताबाट पनि बिना रोकतोक छुन पाउने भन्या यहि सिरानी रैछ | तै पनि तेती
धेरै दुखि चाही छैन म | माइकालालहरुले तेही बिदेशी भिसा/ग्रीनकार्ड देखाएर त पट्या
हुन् भनेर चित्त बुझाउछु | तेही पनि कि बाउले, कि सानिमाले, कि मामाले यसो
मिलाइदिएर लव पर्या त हो यिनीहरुको | काठमाडौंमा माइक्रो चड्दै शंकरदेव पढ्न हिड्या
भए यी नानीहरुका नंगले पनि भाउ दिन्थेंन होला | तर के गर्ने एसो फोटोमा camry
देखायो, पुगी गो नि | के थाहा नेपाली नानीहरुलाई यो camry भन्या अमेरिकन मारुती-८००
हो भनेर | जे-जे भए नि सबै दुक्लिदै गए, दिन-रात बेस्त हुन थाले | आफु चाही आजिबन एक्लो,
तेही माथि बोल्ने मान्छे कम भएर झनै बोर | साला जिन्दागी पनि तिन सिकुएंस नपुगेर
हातमा साढेको ल्याम्फे जस्तो भो, माल त हो तर काममा नआउने |
आजकल फेरी १०१ को प्यासन
फोटोग्राफी रे | twitter, instragram, flicker, फेसबुक जता पनि तेही फोटो | कता-कता
मात्रै लाइक गरम जस्तो | ६००-७०० डलरको बडी, २००-३०० को लेन्स, अनि क्यामेरा
अड्काउने डण्डा किन्यो, अनि क्यामेराम्यान बन्यो | पहिले-पहिले अदभुत दृश्यहरुले क्यामेराको
सेन्सर खोज्थे रे, आजकल चाही क्यामेराको सेन्सरलाइ दृश्य खोज्दै हिड्नु पर्ने
बाध्यता | कहिले कहिँ त तेही क्यामेराको अगाडी उभिने पार्ट-टाइम जब गरुम-गरुम
लाग्छ | त्यहि पनि फोटो चाही अचाक्ली हाल्छन | केटाहरुको फोटोले लाइक भन्दा धेरै त
पाउदैन, केटिहरुको फोटोमा चाही google गरि गरि भनेपनि प्रभावशाली कमेन्ट गर्न चाही पछी पर्दिन | धन्न कमेन्टलाइ लाइकसम्म चाही
दिन्छन है नानीहरु | एउटा DSLR किनम किनम जस्तो नि लाग्छ, तर के गर्नु यसको फुलफर्म
जान्नलाइ त google बाबा चाहिन्छ, कुन मुखले प्यासन फोटोग्राफी भन्नु | अब घाटीको कसरतलाइ
के १००० डलर सक्नु र !
दिन-भर काममा
गयो अर्कै टन-टन | सबैले आफ्नै प्रगति सुनाएर हैरान | राम्रो त अरुले भनेको पो
राम्रो, आफै मपाई गर्दा त नसुहाउने रच | आफ्नो उपलब्धी भन्या खाना पचाउने र सास
फेर्ने मात्रै भेटियो, लीस्ट बनाउदा | २-५ ओटा क्रोम-ट्याबमा फेसबुक, instagram, twitter
आदि खोल्दै बसेपछि प्रगति नि के होस् र ! जति चलाए भने पनि नेपाला भाकी प्रगतिलाइ समेत
पनि रोक्न चाही सकिएन | नेट धेरै चलाउ काम जहाँको तेही, नचलाउ ति पुराना-पुराना
क्रसलाइ पिछा कसले गर्दिने फेरी ? उमेर नि एती भएछ कि, पहिले कट्टु नलगाई हिड्ने
भुरा-भुरी पनि अहिले आएर अन्डर-वेअरको ब्रान्ड शो-ओफ गर्दै हिड्छन बा | थोपडाले नि
धोका नै द्या हो कि जस्तो लाग्छ कहिले कहिँ त | एती धेरैका पछी लागियोकि गन्ने भए
हातका त के गोडाका औला समेत सकिन्छन् होला, तै पनि एउटीले भाउ द्या होइनन् | एसो मोबाइलको
अगाडिको क्यामेरा प्रयोग गरेर अनुहार पनि हेर्छु, तेती कुरूप पनि होइन त | आमापनि बेल्का-बेल्का
कल गर्दा राम्रै छस भन्छिन, तै पनि मेरो जिन को निरंतरताका लागि कोहि अग्रसर हुन्नन् त | कमजोरी मेरो सोच मा पो हो
कि ? फेरी सोच्छु, कहाँ मेरो हुनु, के छ र कमजोरी, म त Mr Perfect नै जस्तो नि लाग्छ
|
भएभरको फ्रस्टेसन
निकाल्न बेल्का-बेल्का फुटबल खेल्न नि जान्छु | केटाहरुले ठेलेर नै हैरान | जिममा
गएर फुलाएको ज्यानको फुर्ति मलाई देखाउछन् | कहिले कहिँ फेरी बल छुन नदिएर तनाब |
के विदी कुद्न सक्या होलान | आफुलाइ चुरोट र जाडले आत सुकाएको होकी जस्तो नि लाग्छ,
तेही माथि मोटो ज्यान | आफुलाई फेरी स्ट्राइकर हुनु पर्ने, डिफेन्स बाट खेलाउन
खोज्छन | टोरेसले भन्दा धेरै मिस गरे पनि पछाडी चाही खेलिन्न | फूटबलमा के नै
प्रगति हुनु र, तेही भएर एसो ठुला-बढाको सानवाला गेम, टेनिस खेल्न सुरु गरे |
कहिले टि.भीमा धेरै टेनिस नहेरे पनि, एसो youtube मा हेरेर खेल्न चाही गइयो | एता
टेनिसमा पनि केटाहरुले ace र winner हानेर हैरान | रिसको झोकमा म पनि जोडले
दिन्छु, तर के गर्नु टेनिसमा छक्का नहुने रैछ | साला भगवानले सबैलाई केहि-न-केही
होनर देका हुन्छ रे ! मलाई चाही के देका रैछन आधा उमेर सकिदासम्म पत्ता लगाउन
सकिएन त | कि मलाई बनायेसी ट्यालेन्ट हाल्नइ बिर्सेछन् कि त ?
दिन-भरको
कामले लखतरान भएर कोठामा आउछु | तेही फोहोर कोठा, लोग्ने मान्छे बाख्राको बोका
जस्तो गनाउने भए, हाम्रो फ्ल्याट पनि तेस्तै गनाउथ्यो होला, तर मान्छे प्रजातिका
भालेले चाही डियो र पर्फुमले नुहाउने नै रचन, तेही भएर तेती धेरै चाही नगनाउने | न
कोठा मिल्या छ, न कहिले खाना बन्या छ | बाहिर साइलीकोमा खाएर आयो, चलेकै छ |
बिचारी साइली पनि चालिस कटेसी समाउने भन्दै बसेकी छे | आफ्नो पारा नि तेही होला
जस्तो छ, साइलीको बरु साइला छ मेरो चाही पो को होला हो ४० पछी ? बेडमा पल्टेर म्यासेन्जर
चलायो, रिप्लाई नभएका hi हरु मात्रै धेरै देखिन्छन, कोइ-कोइ लाज नभाका त, सिन गरेर
तेसै छोडीदिन्छन | रिप्लाई नगर्ने सबलाइ डिलिट गर्न मन लाग्छ के गर्नु नेत्र सन्तोषका
लागि भए पनि आफ्नो रिस कन्ट्रोल गर्छु |
हल्का आनन्द बेल्का
आमासँग भीडियो च्याट गर्न हो | जे भए पनि आमाले चाही आफ्नो छोराको होनर चिनेकि छिन
| उनलाई नै मेरो असल भाउ थाहा छ | अनि बिहेको कुरा निकाल्छिन, तेस पछी भने हल्का राहत
महसुस हुन्छ, येही जिन्दगीमा कोइ-न-कोइ त पाइनेनै भयो भनेर, भलै आमाले खोजेको नै
किन नहोस | आजकल हाम्रा साथीहरुले भेटेको १५ मिनट मै लप पर्यो भन्छन, मेरो किन
नपर्ला र ! अब कुनै मुलालाई दह्रो झड्का दिनुपर्छ जस्तो लाग्छ , तेस्को गर्ल-फ्रेन
उडाएर | एसो फेरी सोच्छु, कस्तो केटि बिहे गर्ने, पढेकी गरम धेरै पेलेर टेन्सन देली
भन्ना डर, कम पढेकीसँग कुरा नमिल्ला भन्ना डर | अलि राम्राले कम पढेका, ठीकैकाले धेरै
पढेका, के गर्ने ? पढेका राम्राले फेरी भाउ नदिएको अवस्था | ठ्याक्कै मिल्या केटि सिंगल
पाउन र गण्डकीको बालुवामा सुन पाउन उतिनै गार्हो रैछ | फेरी सोच्छु संगैका मुलाहरु
येही टिन्डर चलाएर फेरी-फेरी dating गईराका हुन्छन | मलाई तिनीहरुको चर्तिकलाले
मुखमा पानी नआएको हो र ? अनि मलाई चाही अर्कैको ब्रेकअप गराएर बिहे गर्ने बाध्यता ?
बिहे गर्ने मूड नै परिबर्तन भो | आमालाई अहिले नै बिहे गर्दिन भनेर कल राखे | उनि ठुस्किदै
फोन राखिन | भाग्यमानीका गर्ल-फ्रेन ठुस्किन्छन अभागीका आमा ठुस्किन्छन रे ! कोठामा एकछिन टोलाए, यो जीवनमा आफ्नो
आलिंगनमा रमाउने भन्या येही सिरानी जस्तो लग्यो | फ्रिजबाट दुइ ठुलो क्यान बियर
लिएर आए, तन-तन पारी २ घुड्कोमा सके, पैसा बचाउन AC बन्द गरि, तेही गनाउने सिरानीलाइ
अंगालो मारी बेडमा लम्पसार परें |
By Kalpana Kiran
Singapore (8/06/2017)