नपुशंक बगैचा
फूल नफूल्ने बगैचा नेर
रस चुस्ने भमराहरु
एकदिन फूल्ने आसामा
कठ्ठै ,लाइन बसी पालो कुर्छन्
अस्तिनै मालीले नयाँ बिउ रोपेथ्यो रे
उमृयौ असारे झरिमा
दुई पात जमिनमाथि पसारेर
हलक्क बढे काण्डहरु लटरम्म पातसगैँ
गाडा हरियो बनेको पत्रदल तिम्रो
परसम्म पुग्ने खुस्बु पुष्पदलको
तातिएका भमराका नाक र जीउ पनि
कति राम्रा ती स्तृकेसर
परागका लागि तड्पिरहेछन्
रागमा डुब्न तन्किरहेका पुङ्केशर
बर्षौ पछि फूलेको फूल ,,नपुशंक चौतारीमा
तिमी जस्तै पूर्ण छ अनि सम्पूर्ण
मौरीले छाडेको चाका जस्तै
सबै चीजले भरिपूर्ण छ,मह छैन
वास्नादार फूल छ,रस छैन
गजब छ यो रीति
फूल्यौ फूल नफूल्ने वागमा
फूल्यौ कसरी भनौ ,प्यास मेटिन्न
फूलिनौ कसरी भनौ, नशालु छ्यौ
दोधारमा बितिरहेका पल मेरा
ओइलाइरहेका तिम्रा तन्तुहरु
महत्त्वहिन असेचित अन्डसगैँ तिमी।।।।।।।।
No comments:
Post a Comment