Saturday, February 21, 2015

बहादुर गोर्खाली

बहादुर गोर्खाली
इंगलिस कप्तान रोनीले उनका समकक्षी अन्गेल डी मारियालाई घरमा डकैतको सन्त्रास बढेपछी नेपाली गुर्खालाई आफ्नो घरको सुरक्षागार्ड बनाउन सल्लाह दिएछन | येही सानो खबर पनि हाम्रा समाचारपत्रहरु रुमलिन थाले | तेसपछी सामाजिक संजालहरुमा यसको पक्ष-विपक्षमा धेरै नै टिका-टिप्पणीहरु हुने थाले | एस्तो कुरालाई ठुलो नमान्न कुर्लदै थिए कोइ , अर्का थरि चाही गौरवको बिषय हो भन्दै मक्ख पर्दै थिए |

नेपाली सेनामा भर्ति हुन र गराउनका लागि नत कुनै कोचिंग सेन्टर छन् नत कुनै सस्था नै | सेकेन्ड लप्टन हुनेलाइ चाहि आजकल छ के रे ! तर ब्रिटिश आर्मीमा भर्ति गराउन भनेर खुलेका सेन्टरहरुले दस-बार्षिकी मनाइसके होलान | मोटो रकम तिरेर देशका होनहार युवाहरु ब्रिटिश आर्मी हुन बिहानीको चिसोमा कुदिरहेका हुन्छन | भारतीय सेनामा भर्ति हुनु पनि गौरवकै बिषय छ अहिले पनि | हजारौ यूवाहरुलाई पछी पार्दै गाउको भाई भारतीय सेना (सिपाही) हुन सफल भयो, तर उसका बाबुचाही सबै परिक्षा पास गरे पछी दिनु परेको ८ लाख घुस सम्झेर गन-गन गर्दै थिए | नेपाली सेनामा भर्ति हुन पनि लाम नलाग्ने त होइन तर सम्बृद र शिक्षित युवाहरुको गिन्ती चाही कमै होला |

हामीमा येती धेरै सिपाही या जवान हुनमा क्रेज किन होला ? के हामी साच्चै बीर हौ र ? देशको आन्तरिक कलह, अवसरको अवाभ, अदुरदर्शी र स्वार्थी राजनीति, उदेकलाग्दो परिस्थिती अनि यूवाहरुमा सृजनासिलताको कमिले गर्दा संसारका धेरै देशमा नेपालीहरु ब्लु कलर काम गर्न बाध्य छन् | २-४ पल्ट को मलेसिया घुमाइले बिदेसिएका नेपालीको दर्द बुझ्न पाएको छु | तेहको परिस्थिति भन्दा ब्रिटिश आर्मीका ब्रिटिश गुर्खा र भारतीय सेनाका गुर्खा राइफल्सका नेपाली दाजु-भाईको परिस्थतिमा आकास पातालको नै अन्तर छ | मै भारत मा मनेजर भएर काम गर्दा मुस्किलले १५-२० हजार रुपिया बच्थ्यो तर मेरै गाउका गुर्खा राइफल्सका दाजुले पठाएको पैसाले भाउजुले राम्रो ठाउँमा घर घडेरी किनेर घर बनिसकेकी थिइन् | ब्रिटिश गुर्खाहरु को तलब त १.५-२ लाख सम्मै पुग्छ होला | हाम्रा दाजु-भाईहरुलाई बीर बनाउने प्रमुक कारण नै येही हो |

सबै मान्छेले भनेको-चाहेको गर्न पाहिन्छ नै, तै पनि ज्यादै राम्रा-जेहेन्दार साथीहरु जो भविष्यमा बैज्ञानिक, डाक्टर, इन्जिनीयर बन्न सक्षम छन्, तिनीहरु पनि ब्रिटिश आर्मी भने पछी मारी हत्ते गर्छन | भएको सबै अस्त्र; साम, दाम र दण्ड-भेड प्रगोग गरेर ब्रिटिश आर्मी भएर छोड्छन | यसरी पुरै यूवा जमात बिदेसीका लागि रगत बगाउन तत्पर भएको देख्दा चाही उदेक नै लाग्छ, हुनत सामान्य काम गर्न विदेशिने पनि रातो बाकसमा पोको परि आइरहेकै हुन्छन त्यो पनि दिन मै २-३ ओटा!
नेपाली यूवाहरुमा फूटबल प्रेम प्रगाड नै छ, हेर्ने सबैले EPL हेर्ने नै गर्छन, हेर्नेले रोनी नचिन्ने कुरै भएन | त्यो रोनीको सल्लाहले हर्ष-उन्मात भएर आफ्ना फेसबुकका भित्ताहरु धेरै नेपालीले भरे | त्यो कुराको नकारात्मक टिप्पणी गर्नेलाइ खाउलाझैँ पनि गरे | हामी जति नि जान्ने सुन्ने भए पनि बिपक्षलाइ इज्जत र सम्मान दिन चाही धेरै नै पछाडी छौ | नेपाली को इज्जत भनेको गौतम बुद्ध, सगरमाथा, र बीर गुर्खा रे | अगाडी को दुइटामा हामी नेपालीले तेती धेरै गौरव गर्ने कुरा नै छैन, तेस्मा आधुनिक नेपालको कुनै योगदान नै छैन | ५६३ बि.सी मा जन्मिएका बुद्ले जति अत्भुत काम गरे पनि, तेस्मा अहिले हाम्रो आधुनिक नेपालको एक रति केहि छैन | संयोगले उनी नेपालको कपिलवस्तुमा जन्मे अनि भारतको गयामा ज्ञान प्राप्त गरे | आधा नेपालीको जीवन चाही गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेर अरुलाई सम्झाउदैमा जान्छ | विडम्बनाको बिषय चाही बुद्धको जन्मस्थल नेपाल हो भनेर छाती चौडा गर्नेहरुले नै बुद्धको नाक काटिने गरेर असभ्य, अभद्र, र अशिस्ट भाषाले गालि गर्न पछी पर्दैनौ | बुद्ध जन्मेका नेपालमै हुन् भनेर उग्ररुपमा उफ्रिनु भन्दा उनले देखाएको शान्ति र सिस्टताको बाटोमा हिडेर पुरै नेपाललाई विश्वमा चिनाए सारा संसारले आफै थाहा पाउनेछन् | कसैले केहि भन्दैमा नेपालमा जन्मेका बुद्ध अरु देशका हुने छैनन् | अर्को रह्यो सगरमाथा; मैले एकदिन चाइनिज साथीलाइ अनायासै सोधे, सगरमाथा कहाँ पर्छ भनेर, उनले सोच्दै नसोची चाइना भने | एकछिन त मलाईनै रिस उठ्यो, तर शिनो-नेपाल सिमानामा पर्ने सगरमाथा हाम्रो मात्रै भन्नु पनि ठीक नहोला | अन्तिममा हामी सगरमाथालाइ भाग-बंडा गरि आधा चाइनामा आधा नेपालमा भन्ने निस्कर्समा पुगेउ | (सगरमाथा को चुचुरो चाही नेपाल मै पर्छ)

कुनै सन्तानको लागि धेरै पैत्रिक सम्पति हुनु एकदमै राम्रो कुरा हो, तर बाउ-आमाले कमाएको कुरामा गर्ब र आडम्बर महसुस गर्नु चाही असल सन्तानको परिभाषा भित्र पर्दैन | सगरमाथा र बुद्ध नेपालमा हुनु एकदमै राम्रो र गरिमामय कुरा हो तर यसमा हाम्रो कुनै योगदाननै छैन | तेसै ले यी दुइ कुरा भनेका हाम्रा पत्रिक सम्पति मात्रै हुन् | बिकसित देशहरुमा त बाउ-आमाको सम्पति पाउने चलन गई सकेको छ | आफ्नो नाम र इज्जत आफैले कमाउने कुरा हुन् | तेसैले खाली बुद् र सगरमाथामा गर्ब गर्नु भनेको बाउले दुख गरेर कमाएको पैसा छोराले फुर्ति गरेको जस्तै हो !

अब आयो हाम्रो अर्को गर्बको कुरा “बीर गोर्खाली”, हाम्रा कबि भूपी दाईलेलेखेका थिए, हामी मुर्ख छौ र बीर छौ | साचै हो जस्तो नै लाग्छ मलाई पनि | अर्को गाउमा फुटबल खेल्न जादा सानो निउमा अर्काको टाउको फुटाएर आउने, बाटोमा कसैले झुक्किएर टेक्यो भने थर्काउने ? के बीर भनेको येही हो? सबभन्दा पहिले बलको नै कुरा गर्ने अरु कुरा सोच्दै नसोची?

पहिले मानिसको सामर्थ्य बलमा जाचिन्थ्यो, उहिले कोइ दौडेर राजा भए कोइले लडेर राजाकी छोरीसंग बिहे गर्न पाए | तर अहिले समय परिवर्तन भैसकेको छ, मानिसको क्षमता ज्ञान, सिपका आधारमा आकलन गरिन्छ | बीर हुनु एकदमै राम्रो हो तर बीर मात्रै हुनु चाही कदापी राम्रो होइन | युद्धमा पनि गोली-बारुद सकिएसी मात्रै हाते बल प्रयोग हुन्छ होला, बीर हुदैमा मान्छे बुल्लेट प्रुफ त पक्कै हुदैन | मरी-मरी अर्काको भूमिको सेवा गर्ने हाम्रा नेपाली दाजु-भाईलाई त्यो देशका सेना सरह तलब, सुबिधा, पदोन्नती दिईदैन | अहिले पनि तेती धेरै बिकशित देशमा काम गर्ने ब्रिटिश सेनाका दाजु-भाईलाई समान व्यवहार छैन | भारतीय सेनामा काम गर्ने नेपाली दाजुहरु धेरै माथिको पोस्टमा पुगेको अहिलेसम्म सुनेको छैन | हामी मर्न चाही फकल्याण्ड देखि कारगिल सम्म पुग्ने, त्यो पनि अर्कैका लागि अनि लाउन, खान र अन्य कुरा मा चाही हामीलाई नै हेला ? येही हो हाम्रो बिरताको अर्थ ?

आफुले चाहेको सबैले गर्ने पाहिन्छ तर हाम्रो जवानी र रगत भनेको मुडेबल र मर्नका लागि मात्रै तत्पर नहोस | नेपालीलाई बीर मात्रै होइन इमान्दार पनि भानिन्छ रे | इमान्दार सबै मानिस हुनै पर्छ, तर अहिलेको नेपालमा आफुले आफैले इमान्दार देख्ने अरुलाई नराम्रो देख्नेको ताती नै छ | नत्र ग्यासमा , पानीमा, सुनमा येती धेरै काला बजारी किने हुन्थे होला र ! एउटा गाडी चद्न जादा ४ जना दलाल किने आउथे होला र ! आफ्नै देशका दलालद्वारा बेचिएर विदेशमा दुख पाउने नेपाली किन धेरै हुन्थे होला र ! देश संकट उन्मुख हुनु नेता इमान्दार नभएरै होला ! एउटा सानो जागिर खान नेता खोज्दै हिड्नु पर्ने, पैसा बाढ्दै जानु पर्ने ! हामी सबै इमान्दारीताको भाषण गर्ने मात्रै न हो, सवारी चालक अनुमति पत्र बनाउदा ट्रयाल फेल हुदा घुस खुवाउन अधि बढ्ने हामी नै हो | छातीमा हात राखेर भन्नुस त घुस नदिकन कति जनाले सवारी चालक अनुमति पत्र लिनु भो? जे भए पनि हामी नेपालीले इमान्दारिताको बिशेषण पाउनु राम्रै कुरा हो |

अन्तिममा, हामी सबै इमान्दार हुनै पर्छ, सिप र ज्ञानमा अघि बढ्नै पर्छ | हाम्रो बीरता भनेको हाम्रो बोनस मात्रै होस् | सबै अस्त्र सकिएसी मात्रै हाम्रो बीरता धेरै मुल्यवान हुनेछ | डी मारियाको घरमा नेपाली गार्ड हुनु कुनै हतासपूर्ण खबर होइन तर तिहार मनाउनु पर्ने गरि आएको उल्लासपूर्ण खबर पनि होइन | कुनै दिन नेपाली ओबामाको घरमा पहरेदार होलान, कोइ स्टेफेन हकिंगको घरमा हेल्पर होलान, यस्ता खबरले हामीलाई कहिले ज्यादा खुसि बनाउनु हुदैन | मैले चाहेको एति मात्रै हो कि ओल्ड ट्राफोर्डमा डी मारिया को पासमा गोल गर्ने कोइ अनिल गुरुङहरु हुन्, ओबामाको पररास्ट्र नीति बनाउन सहयोगी कोइ माइल्दाई नेपाली हुन्, हकिंगको लाबमा अनुसन्धान गर्ने सहयोगी हाम्रै टोलको पुन्टेहरु हुन् | तब मात्रै नेपालीको बीरताको वास्तविक अर्थ विश्वले बुझ्ने छ | नत्र २-४ पैसाका लागि अर्काको देशमा ज्यान बाजी मारेर अर्काको भुमिलाइ सुरक्षित बनाउने बीर बन्नु छैन मलाई !


जय नेपाल
कल्पना किरण




















2 comments:

Unknown said...

सटिक विश्लेषण/ आफुले नसके पनि मेरा बाजेले घियु खायेथे भनेर आफ्नो हात सुघ्न लगाउने हाम्रो बानी नै हो /

के गर्ने जति सुकै आदर्श र देश भक्तिका ओठे कुरा गरे नि यो भौतिक संसारमा पैसा नै ठुली हुदो रहेछ /

गहिराई मा हेर्दै जादा हाम्रो समाजमा कसरी कमायो भन्दा पनि कति छिटो कमायो भन्ने चलन ले बिगेरको छ के/

Anonymous said...

ramro chah