घर
आएको पन्ध्र दिनमै,
समान
पोको पार्छन बुढा,
मनको
पिडा खोलि-नसक्दै,
तै
पनि झोला कस्दा खुसि नै देखिन्छन्,
माइक्रो
चडी काठमाडौँ जान,
अनि
प्लेनमा बसी विदेश जान !
म
पनि उनलाई छोड्न माइक्रो चढे,
मलाई
कुनामा राख्दै उनि छेउमा बसे,
नयाँ
बसपार्कको सानो कोठामा,
केहि
अन्तिम रातहरु
मलाई
लुट भनेर छाडिदिए !
दरबार
मार्ग कटेर,
असन
अनि न्यु-रोड पुग्छौ !
किनकि
उनको पसिनाको औकात एती नै छ !
मैले
रोजेको मायालु कपडाहरुले,
भर्खर
किनेको झोला भर्छन !
पशुपति
गयौं,
समागमले
मत्त बादर देख्यौं,
भित्र-भित्रै
रोमान्चित हुदै,
मैले
मेरो माग़ नरित्तिने बर
मागे,
उनले
उनको अंगालो खाली नहोस भनेर मागे होला !
अन्तिम
रातको उनको कसिलो अंगालो,
मैले
अझै कस भने !
सबै
रहर मेट भने !
पछी
तिम्रा हातहरुमा,
मेरो
बदन भन्दा कयौ गुणा,
कडा
फलामहरु संगै हुनेछन !
यता
मेरा ओठहरु पनि,
त्यसै
सुकेर जाने छन् !
अर्को
दिन, जब म उनलाई छोड्न एअरपोर्ट पुग्छु,
छेउबाट
आएका २-४ राता बाकसहरु देख्छु !
मन
चसक्क हुन्छ,
कतै
मलाई समाल्ने उनको ज्यान,
यस्तै
रातो बाकसमा त आउने होइन ?
कल्पना किरण
३-०२-२०१७