फुर्सदको उथलपुथल
मैले पहिले अङग्रेजीमा लेख्ने धेरै कोशीस गर्थे र लेख्थे पनि। तर आजकल आफ्नो अङ्ग्रेजीको स्थरको पूर्ण ज्ञान भएपछी मलाई अङ्रेजीमा लेख्न लाजनै लाग्छ। आज
प्रयोगसालामा तेसै बसिरहदा केही लेखु-लेखु लाग्यो र केही लेख्ने कोशीस गरे। लेख्छन-केर्छन लेक्छन-केर्छन तेसैलाई भन्छन भु पि
शेरचन भनेझै मलाई पनि केही कुराहरु तेसै पोखै लाग्यो।
हुनत म विध्यवारीधीको विध्यार्थी हु, तर मेरो कम्पुटरमा प्राय नेपाली समाचारका वेभसाईटहरुनै खुलेका हुन्छन। एक
स्क्रीनमा समाचार हेर्दै अर्कोमा नेपाली समाचार सुन्नु को मोजा नै
अर्कै हुन्छ। १३ सितम्बर को दिन बिबिसी नेपाली सेवा सुन्दै गर्दा दुई अनौठा कुराले मन खिन्न बनायो। के पि
ओलीले एमालेका दुई मन्त्री परिवर्तन गरेछन। एक
जना त चिनजानकै बस्नेत पो रहेछन। सबैले डन भन्ने चरीलाई एमालेको झन्डा ओडाउने बस्नेत पो मन्त्री भएछन त। बस्नेतजीलाई मेरो शुभकामना छ, पत्रीकामा पढेको भन्दा उहाको असल र सुबिचरी शासन देख्न पाइयोस। एमालेमा नयाँ युवा नेता बनेर सबैको तरिफको केन्द्रबिन्दु बन्नुहोस्। अर्कोतिर खुम बहादुर खड्का नेपाललाई धर्मनिरपेक्ष बनाए संबिधान जलाउछु भन्दै थिए। रबिन्द्रजीको प्रश्नमा तपाईं त प्रमाडित भ्रस्टचारी भन्दा उन्को जवाफ सुनेर हास्न मन लाग्यो। दुई जना न्यायधिसले भ्रस्टचारी भन्दैमा म भ्रस्टचारी हुन्छु रे, कस्तो अचम्म!! हुनत उन्लाईनै ५० केजीको माला लगाएर जेल बाहिर स्वागत गरेकै हुन। एमाले, कांग्रेस, माओवादी जे
भने पनि अली अली बहिरी लेपन फरक होल तर भित्री रुप त उस्तै उस्तै छ जस्तो लाग्छ। बिबेक र नैतीकता भएको भए जुनै पार्टीको भए पनि मान्छे राम्रोनै हुन्छ। समस्या भनेको बिबेक र नैतीकता को
कमीनै हो।
नेपालीहरुको फेसबुक मोह पनि अधिक नै छ। जहाँ जसरी भए पनि समय र साधन फेसबुकका लागि भेटिहालिन्छ। र यसबाट म पनि अछुतो छैन। यही बुक मार्फत नै
धेरै साथीहरुको गतिविधी र बिचार प्रस्ट हुन्छन। अन्जु पन्तले हिन्दू गीत गाउदिन भन्दा ठुलै हङगामा भयो। अधिकाम्स साथीहरुले उनलाई आक्रमण गर्नबाट पछी परेनन। उनले हिन्दू गीत गाउदिन भन्नु उन्को व्याक्तिग बिचार हो, तर नेपालीको मायाले त्यो उचाइ मा पुगेकी अन्जुले एस्तो असहिस्णु कुरा गर्नु लाजमर्दो कुरानै हो, तर हामीले यती धेरै आक्रमण गर्नु पर्ने आवस्यकता थिएन। हामीले उन्का गीतहरु सुन्न छोडेको दिनमानै उन्लाई सडकमा आउनु पर्ने बाध्यता हुनेछ। तर हामी तेसो गर्नबाट चुक्यौ। हामीलाई बुद्ध भारतमा जन्मेको भन्दा कन्सिरीका रौहरु तत्छन तर हामीनै शान्तीप्रिय बाटोमा हिंड्न सकेका छैनौ।
अचम्मको समाज छ हाम्रो। हामीनै धेरै अज्ञानी, अधर्मी छौ। समयको बहवसङै परिवर्तन त आएको छ तर जुन गतीमा परिवर्तन हुनु पर्ने हो, त्यो भन्दा धेरै नै
पछाडि छौ। राती राती बिन्दु पारीयरको पोर्न हेरेर, दिनभर बिन्दुले नेपाल र नेपालीको नाक कटिन भनेर उन्को फेसबूकमा गाली गलौच गर्छौ। मैले पोर्न खेल्नु नखेल्नु राम्रो या नराम्रो भन्न खोजेको होइन तर
यदी कसैलाई पोर्न नराम्रो लाग्छ भने आफुले नहेर्ने हो। अरुलाई तेसै गाली गर्नु मुनशिव कुरा पक्कै होइन, त्यो उन्को जिबिकोपर्जन गर्ने जरिया हो। हामीले आँफैलाई बिबेकसिल बनाउन एकदमै जरुरी छ।
प्रयोगसालामा बसेर पढेको बहान गर्दा अनयासै तिता मिठा कुराहरु खेलिरहन्छन। मैले अरुलाई नराम्रो र आफुलाई भन्न खोजेको कपदी होइन। न त म दुधले धोइएको छु
न त मलाई सुनको कसी नै लगाईएको छ। म पनि यही समाजको पात्र नै हुँ। मलाई हाम्रो बारेमा, देशको बारेमा केही लेखौ भन्ने लागेर मात्रै लेख्ने कोशीस गरेको हुँ।
म एक निम्न मध्यम बर्गिय परिवारमा जन्मेर आएको युवा हो। मेरी आमा अहिले पनि खेतमा नै काम गर्छिन। उनलाई अहिले पनि धान, मकै, भैंसी, बाख्रा को
नै चिन्ता हुन्छ। सानो छदा त मलाई आमाले हाम्लाई भन्दा जनावर, खेती को नै
धेरै माया गर्छिन जस्तो लग्थ्यो। बा प्राबिका मास्टर थिए। तीन सन्तानको माइलो र एक्लो छोरा हुनु को
फाईदा उठाउदै म यहाँ सम्म आए। मेरा बाले त्यो बेलामा मेट्रिक पास गरेर, आफुलाई जती कम्युनिष्ट भने पनि पढाईको मामलामा म प्रती नै
धेरै ध्यान पुर्याए, मेरा दिदी-बहिनी लाई भन्दा। खुशीनै लाग्छ, मेरा दिदि-बहिनी हरु अफ्नो भाईको प्रगतीमा धेरै नै खुशी छन अनी बा-आमा प्रती खसै गुनासो छैन उनिहरुको। सरकारी स्कुलको प्रबेसिका, प्राइभेटको +२ हुँदै डक्टर बन्ने इच्छालाई दबाएर भारतीय दुताबासको छत्राब्रितिले ईन्जिनियर बने। दुई सालको नोकरिले केही नहुने देखे पछी भारत छोडेर फेरी पढ्ने निर्णयमा पुगे। डर लागि-लागि PhD
का लागि आफ्नो ४ बर्ष लगाउने बिचार गरी सिङ्गापुर हानिए। मैले आफ्नो जिन्दगीमा धेरै कुरा गरे पनि देखे पनि मेर बा-आमाको जिन्दगीमा केही परिवर्तन आएको छैन। उन्ले लगाउने कपडा उस्तै छन, चप्पल उस्तै छन। बस्ने घर
उस्तै छ, मनसुनमा छाना मुनी डेक्ची राख्नै पर्छ अहिले पनि। जे
भए पनि उनिहरु गाउमा खुशीनै छन भन्नु पर्छ। म मेरो जिन्दगी बनाउने धुनमा अली अली लगिनै रहेको छु। प्राय पहाडीय नेपाली समाजमा हुर्केका युवाहरुको एउटा प्रतिनिधी पात्र हुँ म। आजकाल घर
जादा आमा भन्छिन, मेरो छोराको पढाई कहिले सकिने होला र कहिले घर बाट आउने जाने गरेर जागिर खाने होला। म वाल्ल पर्छु आमाको कुरा सुनेर।
न त मेरो घरमा ठुलो सपनानै छ न त मलाई धेरै धनी नै बन्नु छु। हुनत आजकाल राजधानिमा घडेरी किनेर घर
बनाउन पनि एउटा साधारण मान्छेले जिन्दगी भर
कमाएको पैसाले पनि नपुग्ला। किन किन अचेल धेरै आफ्नो र अली अली देशको चिन्ता लाग्छ। जती नै
जहाँ गएर ठुलै मान्छे भये पनि घर
नेपाल मै हो भन्नै पर्छ। अनी देशको माया आँफै आउने रहेछ। भारत हुँदा नेपालीहरु भनेका सिक्युरिटी गार्ड या भान्साको हेल्पर भनेको सुन्दा सुन्दा वाक्क हुनु पर्थ्यो। यहाँ चाँही नेपाली भनेको गुर्खा भनेर अली इज्जत गरेको देख्दा अली रमाईलै लाग्छ। तर
मलाई कसैले गुर्खा भन्यो भने चाँही मन
पर्दैन। नेपाली भनेको अरुका लागि पैसामा आफ्नो रगत बगाउने मात्र होइन, बुद्धिमान अनी सिपालु पनि छन भन्न मन लाग्छ। अबका केही बर्षमा मेरो पढाई पनि सकिन्छ होला, अनी सोच्छु नेपाल जाउकी कतै बहिर नै बसु। बिदेशमा केही अवसर नपाए नेपाल जानु त बाध्यतानै हो , तर यहाँ पाएको राम्रो अवसरलाई तिलान्जली दिएर नेपाल जाउ कि नजाउ भन्ने कुरा मुख्य हो। यि कुराहरुमा एती धेरै अन्तर्मनका द्न्द हुन्छ र म कहिलै निस्कर्शमा पुग्न सकिन।
समाचार पढ्यो उदासिन खबर मात्रै हुन्छन, कहिले पानीवालाको आन्दोलन, कहिले ग्यासवालाको आन्दोलन जता हेर्यो तेतै समस्या मात्रै , सबैलाई आफ्नो अधिकार को मात्रै चिन्ता। आजकाल लाग्छ धेरै नेपालीहरु आफ्नो कर्तब्यको पानालाई कुल्चेर अधिकार प्राप्तीमा मात्रै जुटिरहेकाछन। हुनत आफ्नो अधिकारको आफ्नो स्वार्थको चिन्ता हुनु स्वभविकनै हो
तर नैतीकताको पारीधिलाई नागेर नितान्त आफ्नो स्वार्थले समाजको भलो किमार्थ हुन सक्दैन। यो
पराइ मुलुक को सानो कोठामा बसेपनी आधारभुत आवस्यकता राम्ररी नै
पुरा भएका छन। वारीपरी जता हिंडे पनि सुरक्षाको खसै चिन्ता छैन। नेपालमा जस्तो पूर्ण प्रजातन्त्र त छ कि छैन यहाँ, त्यो त मलाई थाहा छैन तर बिधिको शासन, अनी राम्रो सुशासनको नमुना छ यहाँ।
२-३ बर्षमा सबै अस्त्रको प्रयोग गरेर भये पनि नामका अगाडि डा. त आउँलानै तर तेसपछी के? मन कटक्क हुन्छ। मुखले रस्ट्रियताको कुरा गर्नु कुन चाँही ठुलो कुरा हो
र?
त्यो त मोहन वैद्य, के पि ओली, प्रचन्ड, शेर बहादुर सबै ले भन्ने कुरानै हुन। बिकासित देशमा हाम फाल्ने अनी आफ्नै बिकास गर्ने , बचेँको पैसाको रेमिटेन्स ले योगदान गर्ने कि आँफै देश गएर आफ्नै हातले देशको बिकासमा लागि पर्ने? अलमल पर्छु, के गरम कसो गरम भनेर। न त म सँग ठुलो व्यापार सुरु गर्ने सक्ने आर्थिक क्षमता नै छ न त नेपालमा सुहाउदो सानो तिनो कम्पनी खोल्ने आट नै।
भन्न धेरै सजिलो छ र गर्न धेरै नै गर्हो छ। मैले नेपाल सरकारबाट तेती धेरै अपेक्षा राखेको पनि छैन। देशमा बिधिको शासन होस्, सामान्य मनीसका आधारभुत आवश्यकता पूरा हुन। जनता जती नै धनी भए
पनि आफ्ना लागि अलग सडक अलग पानीका पिइपलाइन अलग पावरप्लान्ट खोल्न सक्दैनन। यि
कुराहरुमा राज्यको नै योगदान हुनु पर्छ। अर्कोतर्फ देशमा सुशासन होस्। सबै कुरामा कसैको मनोमानी नचलोस। मलाई कसैले लाती हन्छ भने उस्लाई कनुन अनुसार कारबाही होस्। मलाई कसैले धम्क्यउछ भने तेसको राम्रो सुनुवही होस्। म कुनै डर त्रास बिना आफ्नो काम गर्न सकु। मैले केही नराम्रो गरेमा मलाई नि कानुन बमोजिम कारबाही होस्। मैले मात्रै होइन प्राय नेपालीले चाहेको नै
तेतिनै हो। जागिरका लागि धेरै ठाउँ भएन भनेर मलाई गुनासो छैन, पढ्ने धेरै ठाउँ भएन भनेर मलाई तेती पिर छैन तर भएका ठाउँमा कुनै दबाद बिना राम्रो तरिकाले परिक्षा लिएर पदपुर्ती होस्। सबै राम्रा् ठाउँमा पढ्न अनी नोकरी गर्न कुनै नेता र पार्टीको साहारा लिन नपरोस। मलाई काम मिलैदिनु पर्यो भनेर नेताजी को
घर घरमा धाउन नपरोस। एती हो मैले चाहेको। राजनीति कसैको पेसा नबनोस। जब
राजनीति पेसा बन्छ अनी तेहीबाट समस्या को
सुरुवात हुन्छ। सुरक्षा दिने अर्मी पुलिशमा राजनीति नियुक्ती नहोस्, न्याय दिने न्यायलयमा स्वर्थिय पदपुर्ती नहोस्। एती नै
हो मैले चाहेको।
अन्तिममा, हामी जनता पनि सिधै बुज्दै नबुजी पार्टीको झन्डा बोकेर कुनै पार्टीमा नलगौ। पहिले हामी सफल बनाउ अनी मात्रै पार्टीमा लगेर देशको बिकासमा लगौ। जीवनमा केही गर्न सकिएन भनेर आफ्नो जिन्दगी चलाऊनका लागि राजनीतिलाई प्रयोग नगरौ। सकेसम्म आफुलेले गर्न सक्ने कुरामा सरकारको मुख तकेर नबसौ। हाम्रो घरको फोहोर पहिले हामीलेनै सके सम्म बेवस्थापना गर्ने हो न कि नगरपालिका आउँला भनेर कुहिन दिने हो?
स्वार्थी हुनुहोस् तर आफ्नो नैतीकता कहिलै नछोड्नु होस् र अरु को कुभलो कहिले नसोच्नु होस्। व्यक्ती व्यक्ती बिकासलेनै गाउको बिकास हुन्छ। गाउ-गाउबाट जिल्ला हुँदै देशको बिकास हुन्छ। परिवर्तनको सुरुवात आँफैबाट गरौ, अनी मात्रै बिस्तारै परिवर्तनका पलुवाहरु पलाउन थल्छन्। अनी मात्रै सयौ आमाहरुको हातबाट पकेको भात खाँदै काम गर्न जान लगेका युवाहरु को जमातको भिड लग्नेछ देशमा।
जय नेपाल
कल्पना किरण
No comments:
Post a Comment