मधेश र संघियता
आजकल पढ्ने बानी अलिक कम हुने गरेको महसुस हुँदैछ। सर्वसुलव
ईन्टरनेट, पढाईदेखी दिक्क,
बढ्दो उमेर अनी अबिवाहित
पुरुष हुनु यसका कारणहरु होलान। कुर्चिमा बसेर सेतोपती, रतोपती, निलोपती जे हेरे पनि नेपालका निरासाबादी समाचारनै आँखा
हुँदै मस्तिस्कसम्म पुग्ने गर्छन्। बिकासका, उन्नतिका आशालाग्दा समाचार नपढेको त महिनौ भईसक्यो।
समाचार पढ्दैजादा सि के राउत पक्राउ परे भन्ने समाचारमा मेरा आँखा टक्क रोकिए।
एकछिन त अचम्ममा परे सि के लाल किन पक्राउ परेछन भनेर। मेरो आँखालाई भ्रम भएको
रहेछ, पुलिसद्वरा समातिएका
राउतपो रहेछन, मैले त लाल पो सम्झेछु। सि के लाल त मलाई बच्चैदेखी मन पर्ने विस्लेशक हुन।
उनका बिस्लेशणले मलाई धेरै आनन्द दिने गर्थ्यो।
समाचार रहेछ सि के राउतको, फेरी गूगल गरे, को रहेछन राउत भनेर खोज्ने कोशीस गरे। उनी कम पढेको
मान्छे होइन रहेछन। क्यम्ब्रिजबाट PhD , अमेरिकाबाट विद्वान भएर आएका राउत एका-एक पक्राउ परे,
मनै छक्क परे। खोज्दै जादा
उन्का आत्माकथाको केही अंशहरु पढ्न पाए। मैले जती पढे, उनका कुरामा खासै बिमती छैन मेरो पनि। चितवन बस्दा
पहाडका भन्थे मलाई, काठमाडौं बस्दा गाउका भन्थे। नेवार घरबेटीले बिहान ५ बजे उठाएर पानी भराउथे।
कहिले भाडामा कच-कच, कहिले केमा त्यो सबै कोठामा बस्नेको समान समस्या थियो। तर मलाई नेपाली नै होइन
भनेर हेप्ने चाँही गरेनन कहिलै पनि। राउतले भोगेका समस्या भनेको उनले नेपाली हु
भन्ने अनुभव गर्न पाएनन, काठमाडौं आएपछी। अरु समस्या चाँही मेरै जस्ता हुन। अफ्नो परिचय राम्रो सँग नहुनु
भनेको ठुलै हेपाहा प्रवृति हो। तैपनी
नेपालमाथी उन्ले बोलेका शब्दहरु चाँही निकै तिता र कडा लाग्यो। तर उनको गिरफ्तार सही हो या गलत त्यो भन्ने सक्ने
ज्ञान ममा छैन।
पृथ्वी नारायणले एकिकरण गरेपछी नेपाललाई ४ जात र ३६ बर्णका
साझा फूलबारी भनेका थिए रे। अहिले कती जात कती बर्ण छन तेस्को तथ्याङ्क
सरोकारवालासङ्गै होला, तर यो साझा फूलबारी चाँही पक्कै होइन। समानाताका आधारमा, अधिकारका आधारमा सबै जाती र
धर्मका मान्छेहरुको बराबर सहभागीता छैन। हामी कतीसम्म पिछडीएका थियौ कि बाहुन /
मधेसी को मुटु हुन्न रे, तेसैले आर्मीमा भर्ती गराउन हुँदैन रे। नेवार, मगरहरुलाई प्रशासनमा काम गर्न सक्दैनन रे, आदी इत्यादी। जागिर देखी,
दैनिक काम गर्ने ठाउँमा जात,
धर्म, लिङका आधारमा बिवेद गरिन्थ्यो। अहिले यि
प्रब्रितिमा धेरैनै कमी आएको छ। तैपनी बिवेदको निमिट्यन्न भने भएको छैन। अहिले पनि ब्रिटिश आर्मी
हुने बाहुन भेटेको छैन मैले |
सहर बजारमा अहिले पनि दोकान चलाउने प्राय नेवार नै छन् |
आर्मीमा भर्ति हुने मा अहिले पनि मगर गुरुङकै बहुल्येता छ | पहाडनै भए पनि कपाल
काट्ने, मिठाई बनाउने प्राय मधेसीमुलका मनिशहरु नै छन् (मधेसी नेपाली र केहि
भारतीयहरु पनि )| स्कूलमा पढाउने, कार्यालयमा काम गर्नेमा बाहुन समुदायको बाहुल्यता
छ | प्राय हामी सबैलाई नेपाली भनेर होइन भन्ने कोइ छैनन् तर मधेसीमुलका नेपालीलाइ
नेपाली हु भन्नलाइ पनि हम्मे-हम्मे परेकोछ | पहाडमा बस्ने अधिकाम्सले मधेसीलाई
मदिसे, देसी, धोति आदि सब्दहरुले प्रहर गरिन्छ |
मपनि पहाडको जातिभेदी, रंगभेदी, लिंगभेदी समाजमा हुर्केको
मान्छे | म जस्तो भएर जन्मे पनि यहि समाजमा हुर्केर बढ्दै गर्दा मैले पनि यस्ता
हेपाहा प्रवृति देखाए होला | तर मेरो योबनको मानसपटलमा मैले गरेको गल्ति हो भनेर
भन्दिने मान्छे को एकदमै कमि थियो समाजमा र अहिले पनि कमि नै छ | १३-१४ को उमेरमा
घरमा आमाले पाकेको भात खाएर, थालैमा चुठी, दिदि-बहिनीले धोएर सफा बनाएको कपडालगाइ
नजिकै को चटपट दोकानमा “ओइ धोति अलि मिठो चटपट बनात भन्न पुग्थे” | तेती बेला मलाई
तैले एस्तो भन्न हुन्न भनेर सम्झाउने बुझुर्कको फेला पर्ननै समय लग्यो | पछि एक
जना काकाले कान निमठेर आफु भन्दा ठुलैलाइ सम्मान गर्न सिकाउनु भयो र भित्रै देखि
सम्झाउनु भयो अनि मलाई ग्लानि भयो | मैले आफ्नै नेपाली दाजुको बेइज्जत गरेको थिए |
हाम्रो समाजमा यस्ता काकाहरुको अभाव हुनु नै अहिले को प्रमुख समस्या हो |
अहिले लाग्छ मैल त्यो सानो उमेरमा ति चटपट बेच्ने दाजु को
सम्मान कहिले गरिन| मलाई थाहा पनि छैन कि मैले यो हेपाहा काम कताबाट सिके भनेर| मैले
पनि अरुले गरेको देखेरैनै त गरेहोला | त्यो उमेर मा मैले तराई/मधेश बुझ्न सकेको थिइन
| अलि ठुलो भएर मधेश आएपछि मैले पहिलो पल्ट समथर भुमि देखे अनि तेस्को महत्तो बुझे
| सानोमा मलाई अलि काले भएकाले धोति पनि भन्ने गर्थे र म रिसाउथे पनि | पहाडमा
अहिले पनि काले लै धोति भनेर गालि दिने चलन छादैछ |
पहाडी मानसिकतामा सानो र ठुलो कामको धेरै नै भिन्नता थियो| दार्ही
काट्ने, चटपट बनाउने, घर-घरमा गएर समान बेच्ने आदि कामहरु साना कामका रुपमा लिनिथ्यो|
र ति सानो काम गरेर धेरै आर्जन गर्ने मधेसीदाइहरुलाइ चाही तेही काम को आधार मा नै
हेपिथ्यो | अहिले मैले लेखेका प्रवृतिहरु मा आमुल परिबर्तन आइसकेको छ | मानिसहरु
धेरैनै शिक्षित भैसकेका छन् |
आजकल मधेसी साथीहरुको फेसबूकमा स्वायत्त मधेस प्रदेश र कोहिका
छुटै मधेश देशको मागले आइरहेका छन् | धेरैले पहाडिया शासक मुर्दाबाद भनेर नारा लागएको
देख्छु| एकछिन सोच मग्न हुन्छु मैले या मेरा परिवारले मधेशको सासन गरे होला र ? खेति
किसानी गर्ने आमा, स्कूल पढाउने बा अनि विदेशिएको म | अनि पुरा पहाडियाको नाममा
साथिहरुलेनै गालि लेख्छन बा!!! ( बरु मलाई मेरै मधेसी साथिले थर्काएर रक्छ)
समस्याको सुरुवात, जब नेपाल राष्ट्र बन्यो तेही बाट सुरु
भयो| नेपाली पोशाक दौरा सुरुवाल टोपी भयो, हेर्दा पहाडिया देखिनेहरु नेपाली भए,
राष्ट्रिय जनावर गाइ भयो| कुनै मान्छेलाइ अमेरिकन ड्रेस कस्तो हुन्छ भनेर सोध्यो
भने वल्ल नै हुन्छ होला| जे लगायो तेही ड्रेस हो| हाम्रोमा चाही अस्ति सम्ममा
नागरिकतामा ढाका टोपी हुने पर्ने बाध्यता थियो | के ढाका टोपी नालागाइकन नेपाली
हुन पाइदैन र? नेपालभरि बोलिने भाषा नेपाली भयो| नेपालीकै पढाई हुन थाल्यो| सबै
प्रसासनिक काम नेपालीमै अनि परिक्षाहरु नेपालीमै| बिस्तारै नेपाली भाषा नबोल्ने
हरु पछाडी पर्ने थाले | प्रसासकिया पदमा नेपालीभासी पहाडीहरुको बाहुल्य हुन थाल्यो
| मधेसी नेताहरु नभएका पनि होइनन तर जनसंख्याको हिसाबले संबिधानसभाको चुनाब अगाडी
सम्म मदेशी को अनुपात धेरै नै काम थियो | भएका जति मधेसी नेताहरु पनि आफ्नो निजि
स्वार्थ भन्दा अगाडी कहिले बढ्न सकेनन | सबैको समस्याको समाधानको केन्द्रबिन्दु
रहेको संबिधानसभाको समानुपतिमा पहाडी मधेसी सबै नेताले आफ्ना नाता-गोता नै प्यारा
देखे | मधेसी नेताहरुले चाहिएको भए अहिलेको मधेश धेरै बिकाश भैसकेको हुन्थ्यो | दोष
पहाडीमुलका नेताका धेरै होलान तर मधेसी नेताहरुको स्वार्थ पनि मधेश बिकासको ठुलो
बाधक रही आयो | शिक्षाको सिंचाई बढ्दैगए पछी अहिले पहाडीहरुको मानसिकता पनि
परिबर्तन हुँदैछ अनि मधेसीहरुलाई पनि आफु दबियो स्पस्ट ज्ञान हुदै गएको छ | प्रमुख
जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, प्रहरी प्रमुख, मेजर आदि प्राय सबै
पहाडिया मुलका नै धेरै होलान | तेही भएर धेरै मधेसीलाई लाग्दो हो कि हामीलाई
पहाडीले सासन गर्दै छन् | जनसंख्या र ज्ञानका हिसाबले जति मधेसीहरुको सहभागिता हुनुपर्ने
हो तेती भएको चाही छैन | अहिले आरक्षण आए पछी भने मधेसी हरु को राम्रै सहभागिता
हुन थालेको छ |
रंगभेदका कुरा भनेको यात अशिक्षितले यात पढेर पनि अनपढ नै
रहेकाले गर्ने हो | कसले कति हेप्ने भन्ने कुरा दुवै हेपिने र हेप्ने को सामाजिक र
आर्थिक स्थरमा भार पर्ने कुरा रहेछन | पैसावाला मारवाडीलाइ पहाडको कुना कुना पनि
तेती धेरै हेप्ने गरिन्न | किनकि तिनीहरु आर्थिक रुपमा सवाल छन् | श्रमलाई अनास्था
नगरिकन काम गर्ने अनि राम्रो आम्दानी गरेर घर चलाउने मधेसी जुन पहाडमा अहिले पनि
छन् तिनिहरु नै धेरै हेपिनेमा पर्छन | जबसम्म गाडीका खलासी देखि घरबेटी सम्मलाइ
उचित बिबेक र शिक्षा दिइदैन तबसम्म ठुलो या सानो रुपमा यो समस्या अलि अलि रही रहेनछ
|
एकजना नेपालीलाई मधेसीहरुले छुटै देश मागे भन्दा कन्सिरीको
रौनै तात्छ होला | नया देश माग्ने भनेको सानो कुरा पक्कै होइन, त्यो पनि अबिकसित र
अनपढ मानिसले भरिएको समाजमा, जहाँ पैसामा सबै कुराहरु बिक्छन | स्कोटल्याणमा झैँ
जनमत संग्रह गरेर निर्णय लिने भने फेरी २२-२४ सय राज्य हरु बन्न बेर छैन | आर्थिकरुपमा
सवल हुन सक्ने र पिछाडीयका जातिको राम्रो सहभागिता हुन सक्ने राज्यहरुको निर्माण
अहिलेको अवास्येकता हुन आएको छ | संघिय राज्यको बिकाशले अहिलेको उथलपुथल सम्मे
हुने देखिन्छ | राज्यहरु कति हुनेछन, कसरी चल्ने छन् यी सबको लेखाजोखा गर्ने सामर्थ्य
मेरो अक्कल भन्दा बाहिरको कुरा हो |
छुटै देश या छुटै राज्य बनेर यो हेपिने र हेपाहा प्रवृतिको
निकास होइन | यसले हेप्ने र हेपाई खानेलाइ अलि टाढा टाढा राख्ने मात्रै हो | मधेस
छुटै देश या राज्य भनेर पहाड मा गरिने भेदभाव कम एकै दिनमा कदापी हुने छैन | यो
समयले बिस्तारै लाउने परिवर्तन हो | बर्षौसम्म मैथिली बोलेर जनकपुरमा बसेको केटो उच्च
शिक्षाको लागि काठमाडौँ आउथ्यो, अनौठो लवजमा नेपाली बोल्थ्यो, र अनेक किसिमका
विभेद सहन बाध्य हुन्थ्यो | राज्यहरु बनेपछि मधेसमानै सबै समस्याका समाधान होलान र
पटक-पटक काठमाडौँ आउने बाध्यताबाट मुक्ति पाउनेछन | मधेश राज्य बनेसी तेही हुने पहाडीमुलका
मानिसको हैसियत के हुने हो त्यो पछी समयले देखाउने छ | अनि मधेश राज्यको विकासले
देखाउने छ आखिर मधेश बिकाश नहुनु को कारण के रहेछ भनेर |
देशमा प्रजातन्त्र आएको धेरै नै भैसक्यो तर पार्टीमा अनि गाउमा
प्रजातन्त्र आएको छैन | नत कुनै पार्टीमा प्रजातान्त्रिक पद्धती को प्रयोग हुन्छ नत
त्यो संस्कार विकास हुने संकेत नै छ | संघियेता आउला राज्यहरु बन्लान तर ति राज्यहरु
समाबेशी हुन्छन कि हुदैनन् तेस्को विचार धेरै नै गर्नु पर्ने देखिन्छ | मधेश अहिले
पहाडीहरुले सासन गरे भनेर उम्लिदै छ, तर पछी मधेसी बाहुनहरुले मात्रै सासन गर्ने
भएमा संघियता को कुनै तुक हुने छैन | अहिले पहाडी सासकको गालि खाएकाहरु पछी मैथिली
भासीको गालि सुन्न बाध्य हुनेछन | अब बन्ने संबिधानमा र नया राज्यहरुमा सबै जति
सबै भाषा सबै लिङ्ग को समान सहभागिता र प्रतिनिदित्यो हुनै पर्छ | मधेसी का नाममा
सम्पन्न मिश्र, झा र यादवहरुलाइ जनजाती को नाममा धनि नेवार अनि मगर हरुलाई दलित को
नाममा केहि सम्पन्न दलितहरुलाई राज्य सुम्पदैमा केहि लछार पाटो लाग्ने छैन | यसले
नया-नया सी के राउतहरुको जन्म लीईरहनेछ|
भाइचारा बढाउने सामाजिक समन्वयले हो | हामीलाइ पहाडी केटा
भन्ने काकीले आफ्नी दुइ छोरीको बिहे पहाड गरेपछि तराई र पहाडलाइ उस्तै देखिन | यसरीनै
२-४ ओटी नानी-बाबुहरु पहाडी र मदेशी विच साटासाट हुदै गएमा हेपिने र हेपाहा
प्रवृतिको बिस्तारै आफै अन्त्य हुनेछ | ८-१० ओटा मधेसिको घर पहाडी गाउ गाउ मा बने
भने आफैमा प्रेम बढ्दै जाने छ | यसका लागि घर घरमा प्रजातन्त्र र संघियता आउने
पर्ने देखिन्छ |
मधेशको मुस्लिम होस् या पश्चिमको दलित, पूर्वको लिम्बु होस्
या पहाड को गरिब बाहुन, सबैको साझा फुलबारी बनोस, आरक्षण आवस्यक मानिसको हातमा
मात्रै पुगोस | आर्थिक रुपमा सक्षयम राज्यहरु बनुन | राज्य –राज्य बीच राम्रो
समन्वय रही रहोस , नेताहरु आफ्ना स्वार्थ भन्दा बाहिर आएर देश र जनताको सेवा गर्न सकुन
| सबै जति धर्म लिङ्गका मानिसका बराबर उन्नति होस् | रंग, काम अनि जन्मेको ठाउँ ले
केहि फरक नपरोस | सधै राम्रा अनि प्रगतिका खबरले यी दुइ कान ले सुन्न पाइराखुन|
जय नेपाल
कल्पना किरण
Singapore
६ नोव २०१४
No comments:
Post a Comment