अनौठो राष्ट्रबाद
अमेरिकी सम्राज्यबाद
र भारतीय बिस्तारबाद मैले कलिलो उमेरमा सुनेको सबैभन्दा खतरनाक नारा थियो | आश्रय
र भोजनका लागि गाउ-घरमा आउने तत्कालिन जनयुद्दका कार्यकर्ताहरुले सुनाउने
पहिले वाक्यनै येही थियो, हाम्रो युद्द अमेरिकी सम्राज्यबाद र भारतीय बिस्तारबाद
बिरुद्द हो | हाम्रा आमाहरु मन नलागी नलागी खाना बनाउन लागि पर्थे, बाउहरु
कार्यकर्तासंग बिशेष भलाकुरसिमा बेस्त हुन्थे र हामी भुसुनाहरु भुइमा घुडाटेकी
उनीहरुका महाबाणी सुनिरहेका हुन्थेउ | भात नखुवायो माओबादीको डर, खुवाओ त पुलिसको डर | तेती
बेला नेपाली पुलिसले घरबाट निसस्त्र घरबाट पक्रिएर लगिएका मानिस २-४ दिन पछी
दोहोरो भिडन्तमा मरेका समाचार आउथे | भारतले सिमा मिचेको, बाध बनाएको, सीमामा
नेपालीहरुलाइ दुख दिरहेका खबरहरु बजीरहन्थे, अर्को तिर अमेरिकाले इराक युध, अफगानस्तान
युधमा आफ्ना सेनाहरुको परिचालन गरिरहेको थियो | त्यसैले मेरो वाल्य मानसपटलमा
अमेरिकीहरु साम्राज्यबादी हुन र भारतीयहरु बिस्तारबादी हुन् भन्ने लागि रहो |
भाग्यले पछी मेरा जिन्दगीका ६ बसन्तहरु भारतमै बिते र अहिले चाही कहिले अमेरिका छिर्न
सकिएला जस्तो भाको छ |
लामो नाक, हेर्दाखेरि
आर्य बंसको देखिने र मेरो हिन्दी बोल्नमा नेपाली जति नै प्रस्ट भैसकेकाले पहिलो पटक भेट्ने बित्तिकै प्राय भारतीयहरुले मलाई
नेपली भनेर चिन्दैनथे पनि | साधारण भारतीयको लागि नेपाली भनेका थेप्चो नाक भएका, अलि
साना आँखा भएका (हेर्दा खेरि नेपाली गुरुङ-मगर जस्तो देखिने) मंगोल बंसका मानिसहरुलाइ
भनिदो रहेछ | ६ बर्से मेरो भारत बसाइमा मैले भारतमा मुख्य ४ प्रकारका भनाइहरु भेटे
नेपाल र नेपालीको बारेमा !
१.
नेपाल भनेको भारतको उत्तरतिर
रहेको सानो सुन्दर स्वतन्त्र देश,
२.
नेपाल भनेको एउटा सानो गरिब
देश जुन चाहि भारतको छत्रछायामा पालिरहेको छ,
३.
नेपाल छुटै देश भए पनि भारतको
राज्य जस्तै हो, जहाँ भारतले जे चाह्यो तेही हुनुपर्छ,
४.
नेपाल एउटा पहाडी इलाका
जहाँबाट घरेलु सहयोगी र सुरक्षा गार्डहरु आउछन
मेरो लामो भारत बसाइमा
धेरै राज्यका, धेरै वर्गका विभिन्न ओंहोदामा बसेका मानिसहरुसंग अन्तरंग कुराकानीहरु
भए | तर धेरै कमले मात्रै माथि उल्लेखित मध्य १ नम्बरको उत्तर दिए | एउटा मासुम
भारतीयको आँखामा नेपाली भनेका घरेलु सहयोगी र सुरक्षा गार्डहरु हुन् जसलाई मोमो पकाउन
आउछ | सहायक प्रबंधक भएर राम्रै
भारतीय कम्पनीमा काम गर्ने धेरै कम नेपाली मध्य म एक थिए | तर दिल्ली देखि कोची सम्मका
होटेलहरुमा काम गर्ने धेरै नेपालीहरु भेटिरहेका हुन्थेसेक्षिस्त | मेरा आँखाहरुले कहिले कहिँ नेपालीलाइ होटेल को
साहुको रुपमा कहिँ देख्न चाहन्थ्यो तर मेरा रहरहरु खासै पुरा भएनन् | २०-२५ लाख
नेपालीहरु त्यसरी काम गरेसी काम अनुसारको मान हुन कुनै नौलो होइन | नेपालको धर्म
निरिपेक्षता, जन-आन्दोलन, नेपाल-चाइन सम्बध र नेपाली केटीहरुको बारेमा थुपारिएका प्रश्नहरुको
उत्तर दिदादिदै थाक्थे म | तर अहिलेको नया युवा जमातमा भने १ नम्बर कै धारणा हुने
गर्थ्यो, २-४ जना सेक्सिस्ट र रेसिस्टहरुलाई छोडेर |
जातिवाद त हामीहरुको रगतमै छ | नेपालमै अलि काला देख्नेलाइ धोति भनेर हेप्ने
नै गरिन्छ, नेपालीनै भए पनि नेपालीलाई गर्नुपर्ने जस्तो व्यावहार गरिदैन | मित्रराष्ट्रमा
पनि अलिक आँखा सानो र नाक थेप्चो हुनेलाई चिंकी भनेर बोलाइंछ, भलै त्यो नेपाली
होस् या इन्डियन !! मेरो हुलियाले मलाई धेरै ठाउँमा नेपाली भनेर चिनिनबाट जोगाए
पनि राम्रै कम्पनीमा राम्रै ओहोदामा बसेकाले पनि कन्ना पछाडी बहादुर र सपजी भनेर खिसी
गर्दा चाही अलिक मन खिन्न चाही हुन्थ्यो | तर यो सबै मानिसको जीवनको पाटो नै हो |
कहिलेकहिँ त म आफ्नै कमजोर मानसिकताको सिकार भएको हो कि जस्तो पनि लाग्थ्यो |
कसैलेले केहि भन्दैमा रिसाउनु पर्ने या त्रसित हुने पर्ने आवस्यकता चाही थिएन |
जात, धर्म, लिङ्ग आदिका आधारमा अलि-अलि भेदभाब त जता ततै छ र यस्ता कुराहरु एक कानले
सुनेर अर्को कानले उडाउनु नै जति हुन्छ | किताब पढेर मात्रै मान्छेले सबै कुरा बुजेको
हुदैन, पूर्ण शिक्षित हुनलाई दिमागको पूर्ण बिकाश हुन जरुरी छ | मैले देखेको र
बुझेको भारतमा नेपाललाई माया र सम्मान भन्दा पनि दयाको दृस्टीकोणले हेरिन्छ |
नेपालको राजाको बारेमा होस् या हिन्दु राष्ट्रको बारेमा होस् या चाइना-नेपाल सम्बधको
बारेमा होस् धेरैमा किन यस्तो भएन किन उस्तो भएन भन्ने प्रश्नहरु प्रसस्था आउथे |
कहिले कहिँ त मैले नेपाल एक स्वतन्त्र राष्ट्र हो र नेपाल कस्तो हुनेछ भनेर
निर्धारण गर्ने नेपाली जनता हुन् भन्नै पर्थ्यो | जति जे नै भए पनि भारतमा नेपालीहरुलाई
बस्न कामगर्न खासै गार्हो चाही छैन | त्यसलाई चाही सकरात्मक रुपमा नै लिएको छु
मैले | मेरा ६ सालको भारत बसाईमा मैले धेरै सिक्न र जान्न पाए, मेरा भारतीय
समकक्षीहरुबाट |
नेपालमा लाजिम्पाट भनेको के को पर्यायबाची शब्द हो सबैलाइ थाहा नै छ | तेही
अवस्थित भारतीय दुताबासलाई नत कुनै कुटनीतिक नियम लाग्छ नत कुनै परिबन्द नै | बिना
कुनै अधिकारी निमन्त्रणा बिना राजदुत जता पनि जना सक्छन र जसलाई पनि भेट्न सक्छन, हाम्रो
पररास्ट्र मन्त्रालयलाई न कुनै खबर हुन्छ न कुनै अभिस्वीकृति नै | एकदिन
अन्तरबार्ता दिदै गरेका पररास्ट्र मन्त्रीको आशुले नै प्रस्ट परेको छ हाम्रो
गन्जागोलको पररास्ट्र नीति | हामी दिल्ली जाउ, नेपाली दुताबास खोज्न गुगल म्यापलाइ
समेत हम्मे हम्मे पर्ला | लाजिम्पटले नेपालमा राजनीतिक परिवर्तन गराउन सक्छन रे
उता नेपाली दुताबासको सहयोगले ट्रेन टिकट काट्न गार्हो छ | अनि फरक येही बाट थाहा
हुन्छ | सबै भन्दा ठूलो गल्ति हाम्रो नै हो | हाम्ले नत कुनै पद्धती बनाउन सकेउ नत
बनेको पद्धतीको पालना नै गर्न सिकेउ | हाम्रा नेताहरु आफ्ना स्वार्थका लागि
राजदुतहरुलाइ कसैलाई जानकारी नदिकन खोठा-खोठामा भेट्न जाने परम्परा नै बन्यो |
येती सम्मकि देशलाइ हाक्ने भन्ने ठुला ठुला नेताहरुलाइ आफ्नो सन्तानलाइ डाक्टर-इन्जिनिएर
बनाउन देशको इज्जतलाइ नै तिलान्जली दिए | बिस्तारबादी विरुद्ध लड्न आए प्रचण्डका
पुरै जमात पनि लाजिम्पाट सामुन्य सम्पसार पर्यो | आफ्नो फाइदाका लागि बिदेशीले जे बोले
भने पनि हस्तक्षेप भएन नत्र चाही ठुलो हस्तक्षेप भयो |
जब गाउमा ठुला साहु हुन्छन र आऊरे-बाउरे हुन्छन, आऊरे-बाउरेको काम भनेको
साहुलाई खुसि पर्ने अनि साहुको दान-दक्षिणामा खुसि हुने हो | जब साहुले आफ्नो खेतमा
धेरै पानी लान्छन, या आठोको ढुंगा एता-उति गर्न खोज्छन, आउरे-बाउरेको घरभित्र धेरैनै
हलचल भए पनि घरमुलीले साहुसामू औला उठाउन सक्दैनन् | हाम्रा नेतागड भनेका तेस्तै
आउरे-बाउरेहरु जस्तै हुन् | न केहि बोल्न सक्छन न केहि कुरा ठाउमा उठाउन नै सक्छन |
धेरै असमान सन्धिहरु होलान, तर हाम्रो नेत्रित्वले कहिले माथिल्लो स्थरमा ति
कुराहरुलाइ जोड-तोडले उठाउने सके नत हात जोडेर केहि माग्न नै सके | पुरानो भारत र
मोदिमय भारतमा फरक चाही देखिदै छ, यस्ता सिमा विवाद होस् या असमान सन्धिहरु, सबै
कुरामा छलफल गरेर समाधान निकाल्न सकिन्छ | मोदी सबै कुरा मा छलफल गरि दुवै देशलाई
फाइदा हुने काम गर्न तयार देखिन्छन | पहिले हामीले हाम्रो ठाउँबाट गर्न मिल्ने सबै
काम गरौ अनि उनीहरुबाट पनि तेस्तै अपेक्षा राखौ | नया कार्यक्रमका लागि सहिछाप हुन
भन्दा अगाडी राम्ररी पढौ फाइदा बेफाइदा हेरौ-बुझौ अनि मात्रै निर्णय लिओं | भारतले
गर्ने भन्दैमा आफ्नो राजनीतिक फाइदाका लागि मात्रै बिरोध र समर्थन नगरौ |
सम्बध दुइ प्रकारका हुन्छन एक त परजीबी अर्को चाही सहजीबी, हामी चाही परजीबी
हौ, सुन देखि नुन सम्मका लागि हामी मित्र-राष्ट्रसंग परजीबी छौ | हाम्रा २०-२५ लाख
दाजुभाईहरु लेबरका रुपमा तेही काम गरिरहेका छन् | अनि हामी चाहन्छु हामीलाई सहजीबीको
हैसियत दिइयोस | सहजीबी बन्नलाई आफ्नो हैसियतको बिकाश गर्नैपर्ने आवस्यकता छ | आयातका
लागि एउटा देश भन्दा धेरै देशसंग निर्भर रहउ, अर्को मित्र-राष्ट्र चिनसंग पनि
उतिनै नजिकको सम्बन्ध बनाउ र मुख्य हाम्रो निर्यातलाइ बढाएर अर्थतन्त्रलाई मजबुद
बनाउ | मित्र-राष्ट्रबाट इज्जतको आशा गर्नु भन्दा हामी आफै इज्जत कमाउने कर्ममा
लागौ |
अब एकै छिन नेपाली समाजमा भारतको स्थानको बारेमा चर्चा गरौ |
मधेसको भारत सम्बन्ध हिमाल र पहाडको भन्दा धेरै नै सौहार्दपुर्ण छ | सिमा वरिपारि
हाम्रो धेरै नै कला-संकृति मिल्छन | हुनत पहाडसंग पनि तेती धेरै फरक भने छैन, तै
पनि पहाडी मानसिकतामा भारत प्रति धेरै नै वित्रिस्ना भएको देख्छु मैले | तेही
बित्रिस्नाको फल स्वरूप मधेसी नेपाली, नेपालमा काम गर्ने भारतीय र कहिले कहिँ आउने
भारतीय पर्यटकहरु माथि पोखिदै आएको छ | जतिनै भारतीय जस्ता देखिनेलाइ हेप्ने गरेता
पनि हामी नेपालीहरुलाई हिन्दी भाषा सामान्य भारतीय तमिल-केरलाइटहरुलाइ भन्दा धेरै
आउछ | मेरा तमिल साथीहरुलाइ हेर्छु, प्राय तमिल फिल्म हेर्छन, तमिल गीत सुन्छन,
तमिलमै कि त अंग्रेजी मा कुरा गर्छन | हाम्रो चाही बाहिर हिन्दीलाई गाली दिने,
धोति भन्दै हिड्ने तर मोबाइलमा पुरै हिन्दी गीत राख्ने, हिन्दी चलचित्रको पहिलो सो
हेर्न नछुटउने | म नेपाली भाषा या हिन्दी भाषाको समर्थक या बिरोधी होइन, मेरा लागि
भाषा भनेको एउटा माध्यम हो, बोल्नका लागि लेख्नका लागि र पढ्नका लागि | जसलाई जुन
भाषामा सजिलो हुन्छ तेही प्रयोग गर्छन | तर हिन्दी भाषाले नेपालमा परेको प्रभावमा
चिन्तित छु भन्ने अनि घर बसेर बिग बोस हेर्ने !!! भान्सा कोठामा बोलेर मात्रै भाषा
र संकृति सुरक्षित हुदैन | त्यो सम्बधित साहित्य, संगीत, चलचित्र आदिको संरक्षण
हुने सके मात्रै पुरै भाषाको रक्षा हुनेछ |
आजकल विभिन्न वेब-साइटहरुमा कमेन्टका नाममा इन्डो-नेपाल यूद्द नै हुन्छ |
प्राय कमेन्टका स्थरले हाम्रो inferiority complex लाइ स्पस्ट परिदिन्छ |
झिना-मसिना कुरामा आफ्नो अमुल्य समयको बर्दाद गर्नुपर्छ जस्तो चाही लाग्दैन मलाई |
कमेन्ट युद्धले केहि परावर्तन हुनेवाला पनि छैन | जब हाम्रा २० लाख दाजु-भाई तेही
चौकीदारी गर्छन भने कोइ न कोइ ले पुरै नेपालीलाइ चौकीदार त नै देख्छ, पहाडमा सबै
भारतीयलाई पानीपुरीवाला देखेझै | राम्रो कुराको, मिठो बचनको सुरुवात आफैबाट गरौ | २०
लाख को साटो जब जम्मा २० हजार नेपाली मात्रै भारतमा भाको भए यो वाक युध नै
हुदैनथ्यो | तेसैले त्यो २० लाखलाई घटाउने तर्फ नै अग्रसर हौ हामी सबै |
कुरा हुदै जादा एकजना भारतीय साथीलाइ मैले भारतमा
नेपालीहरु पनि भारतीय सेनामा छन् भने | फेरी ति साथीले प्रतिप्रश्न गरे, अर्काको
देशका लागि मर्न सक्ने तेस्तो देशभक्ति चाही कता बाट आउछ? म उत्तरबिहिन थिए त्यो
बेला | मान्छेको सबभन्दा ठुलो आवस्यकता गास, बास, र कपास नै हो , यी भन्दा ठुलो
राष्ट्र-प्रेम हुन सक्दैन रहेछ | भारतीय सिपाही हुनु भनेको नेपाललाइ माया नगर्नु
पनि त होइन !! पत्रिकाहरुमा सोमपाल कामी (नेपाली क्रिकेटर) र जितु राई (नेपाली
भारतीय सैनिक जसले भारतका लागि स्वर्ण पदक जितेका थिए – asiad -2014 मा )का बारेमा नि लेखिएका थिए | केहि खोक्रा राष्ट्र-बादीहरुले जितु राईलाइ
गालि गर्न पछी परेनन् | अर्काको जडौरी कपडा लागएर खिया लागेको राइफल चलाएका नेपाली
खलाडीहरु पदक बिहिन हुनु पर्यो , तर जितुले भारतले दिएको पृष्ट-भुमिलाइ सदुपयोग
गर्दै स्वर्ण पदक नै जिते | उनले भारतको मात्रै होइन नेपालको नाक पनि ठुलो परे |
अस्तवस्त खेलकुद राजनीतिको अड्डा नै छ नेपालमा, खेलाडीको भन्दा तेहका अधिकारीहरुको
नै सान धेरै छ !! अनि हामि चाही जितुलाई तेसै गालि गर्ने है !!!!! जितुहरु जस्ता
धेरैलाई नेपाल लाउने सक्ने वातवरण बनाउनु नै पहिलो काम हो , तर हामी गालि मात्रै त
गर्न सक्छौ !!!
अन्तिममा, देश-प्रेम भनेको भारत बिरोध या चिन समर्थन अथवा
चिन बिरोध या भारत समर्थन होइन | जुनै देशसंग जस्तो सुकै सन्धि सम्झौता होस् देश
को हीतमै होस् | अहिले देशमा धेरै बिकाश गर्नुपर्ने आवस्यकता देखिन्छ, सानातिना
उग्र-राष्ट्रबादले देशको बिकाश नरोकौ | इन्टरनेटमा गाली गलौच गर्दैमा केहि फरक
पर्दैन, आफ्नो दिमागको फोहोर सफा गर्दै जाऊ | कागले कान लग्यो भनेर कागको पछि नभगौ
पहिले आफ्नै कान छामौ | राजनीतिलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न दुताबास धाउने
संस्कारको अन्त गरौ | राजनीतिक तवरले समाधान हुन सक्ने कुराहरु आँट गरेर उठाऊ अनि
सहमतिका लागि बार्ता गरौ | भारत जादा हाम्रो इज्जत चाहन्छौ भने यहाँ आउने भारतीयलाइ
पनि सम्मान गर्न सिकौ | आफु भलो तो जगत भलो !!!!!!
जय नेपाल
कल्पना किरण
सिंगापुर, dec 23, 2014