अरु विपत्तिमा भन्दा भूकम्प धेरै
नै फरक बिपत्ति हो | न यसको कुनै लक्षण हुन्छ नत कुनै पूर्व-संकेत नै | केहि
सेकेन्डको कम्पनले पहाडलाई तराई त तराईलाई पहाड बनाउन सक्छ | उच्च भूकम्पीय जोखिममा
नेपाल पर्छ भनेर सानैमा पढेको हो | एकदिन जानुनै थियो र गयो पनि, अनि
सबै खुसि चुडेर लग्यो पनि | १९९०, २०४५ पछी २०७२ सालहरु नेपाली इतिहासको पानामा
रहिरहने छन् | तेती धेरै बैज्ञानिक खोज नगरीकन भनेपनि यो क्षेत्रमा अब हरेक ३०-४०
सालमा ठूलो भूकम्प जाने सम्भावना चाही रैछ | सन् २००१ र २००५ मा हाम्रा छिमेकीहरु
पनि येही विपतिबाट गुज्रेका थिए | त्यहाँ भएको मानबीय र भौतिक क्षती भन्दा हाम्रोमा
हुने क्षति धेरै नै कम हुने अनुमान छ | २००५ को कास्मिर भूकम्पमा असि हजार मानिसहरुको
मृत्यु भएको थियो |
नजानु थियो तर गएर नै छोड्यो, यो
हाम्रो ठुलो राष्ट्रिय बिपत्ति हो | मेरो घरमा त सानो चिरा मात्रै परेछ तर देशमा ठूलो
चिरा परेर गयो, अब समस्या त छ तर केले सिउने केले टाल्ने हो | मर्नेहरु मरे, भत्किन
मिल्नेहरु जति भत्के तर यसको असर कालान्तर सम्म रहिरहेने छ | तेही हो अहिले बचेकाहरुले
बहत्तरसालको भूकम्पमा बाचेको भनेर फुर्ति गर्न मात्रै पाउने छन्, पछी भविस्यमा | बाबु-आमा
गुमाएको बच्चा सधै भरि टुहुरो नै हुनेछ, २० सालको कठोर परिश्रमले बनाएको घर फेरी
त्यो परिवारबिहिनलाई नया घर बनाउन अर्को १०-१५ साल लाग्ने नै छ | ति कालान्तरका
कुरालाई थाति राखेर भन्ने हो भने अहिले को समस्या भनेको यो बिकराल परिस्थितिबाट कसरी
मुक्ति पाउँने भन्ने मात्रै हो |
अहिलेसम्म कति मरे, कति घाइते भए,
कतिका घर भत्के, यसको जानकारी नेपाल सरकारलाइ समेत थाहा छैन | अहिले राजधानी र अति
प्रभावित ८-९ जिल्लाहरुमा जता हेरेपनि फुटेका-भत्केका मात्रै देखिन्छन् होला | अहिलेको
मुख्य काम भनेको मरेकालाई राम्ररी व्यवस्थापन गर्नु र बचेकालाई आधारभूत आवस्यकताहरु
पुर्याउने हो | मनसुन र गर्मी सुरु हुदैछ, जीवाणु र विषाणु
सक्रिय हुने समय हो | जतिसक्दो चाडो घाइतेलाई उचित उद्दार र उपचार, घर-बाहारबिहिन
भएकालाई कमसेकम ओत, सफा पानी, ठीकैको खानाको सक्त जरुरी छ | त्यसैका लागि भनेर
धेरैले काठमाडौँ छोडेर हिडिसके तर सबैलाई आफ्नो ठाउँ छोड्न सम्भव पनि छैन |
भूकम्प गएको ४-५ दिन
बितिसक्दा पनि म आफैले २-४ डलरको आर्थिक सहयोग, २-४ जनालाइ सहयोगको लागि अनुरोध र
८-१० कुरा फेसबुकमा सेअर बाहेक केहि गरेको छैन | यो महाविपत्तिमा कसले कति र कस्तो
सहयोग गर्ने भन्ने कुरा आफैले मनन गर्ने कुरा हो | सबैले आफुले गर्न मिल्नेसम्मको
सहयोग गर्ने हो, बिदेशीयका नेपालीले बाहिरबाट भरपुर मात्रमा आर्थिक र सर-समानको
जोगो गर्ने अनि नेपालमा रहेका साथीहरुले तेस्को राम्रो उपयोग गर्ने हो | आफ्नो
ज्यानको बाजी मारेर सहयोग गर्ने हातलाई आर्थिक सहयोग गर्नेसंग राखेर तुलना त गर्न
नमिल्ला तै पनि बाहिरबाट गर्ने सकिने सहयोगहरु भने सिमित हुन्छन |
बोल्न, गालि गर्न, लेख्न
त हामी धेरै नै अगाडी छौ | हामी हाम्रो फेसबुकको भित्ता रंग्याउन पनि सार्है माहिर
छौ | कहाँबाट आयो, कसरी आयो भन्ने कुरा बुझ्दै नबुझी सबैलाई देखाउन हतार गर्छौ |
मानौ गोर्खामा महामारी आयो भनेर एउटा काम नपाएकोले लेख्यो अनि हामी सबैले सेअर
गर्यौ | एस्तो दुखको घडीमा खाडीमा परिश्रम गर्ने गोर्खाली दाजुलाई यो झुटो
समाचारले कति असर गर्नेछ, त्यो सोचौ न एकछिन | फेसबुक चलाउन धेरै पैसा त लाग्दैन
तर चलाउन समय चाही पक्कै लाग्छ | देशनै पिडामा डुबेको बेला देशले हाम्रा हातहरुबाट
भत्केको इटा उठेको हेर्न चाहन्छ, सहयोग पाइरहेका आत्माहरु देख्न चाहन्छ, सुखद, र
राम्रो समाचार बजेको सुन्न चाहन्छ | सबैले ढुंगा-मुडा नै उठाउनु पर्छ भन्ने पनि
छैन, सबैले आफुले सकेको गर्ने न हो | पैसा संकलन गर्ने, समानहरु किन्ने, सामानहरु
पोको पार्ने आदि पनि काम नै हो नि , यो गरौन पहिला | बन्द कोठाको भित्रबाट बल्ल-बल्ल
चार्ज भएको inverterले उपहारमा आएको आइफोनबाट भए-नभएका फोटोसपी तस्विर तथा भिडियो देखाएर
नेतालाई मात्रै दोष दिन खासै गार्हो छैन |
एउटा कुरा नेताले गरेर
भूकम्प आको पनि होइन | भूकम्पले खासै मान्छे मर्ने पनि होइन, मान्छे मर्ने भत्केका
भवनहरुले हो | अहिलेको भूकम्पमा सरकारी भवनले चेपेर मर्ने भन्दा आफ्नै घरले चेपेर
मर्ने धेरै छन् | जुन पुरातत्तिक भवनहरु भत्केको छ त्यो सबै हाम्रा पुर्बजहरुको
देन हो | न सुशील ले न केपी ले न प्रचण्ड ले केहि गरे, ति पुरातत्तिक भवनहरु बनाउन
| भत्किएका जति सबै नेपाली जनताकै घरहरु हुन् | हाम्रा घर कुनै नेताले ढालेका पनि
होइनन | हाम्रो घर हाम्ले नै बनाएको हो | अलिक आर्थिक रुपमा कमजोर हुनेहरुले बनाएका
कच्ची घरहरुले त्यो ठुलो कम्पन सहने कुरै भएन | गरिबीका लागि नेताहरुलाइ दोष दिन
अलि-अलि त पाइएलानै तर १२ फिट जमिन किनेर
कमजोर जगमा ४-५ तला थप्दै जान पक्कै प्रचन्डले भनेका थिएनन् होला | हामीलाई जस्तो
मन लाग्यो तेस्तो घर बनाउन सरकारले भनेको पनि होइन | सबैलाई थाहा थियो नै, एक न एक
दिन भूकम्प जान्छ नै | अहिले पनि काठमाडौँमा दमकल छिर्ने बाटो चेपेर भनेपनि घर त
बनेकै छन् | पछी आगो लाग्ला दमकललाई जान नमिल्ला अनि दोष फेरी सरकारलाई नै |
सरकारको कमजोरी छैन भनेको होइन, निर्माणमा सरकारले उचित मापदण्ड बनाएर लागु गर्नु पर्थ्यो,
पहिले देखि नै | यहाँ ठुलो कमजोरी भएकै हो तर मापदण्ड मिचेर घर बनाउने हामी
पढेलेखेकाहरु पनि उतिनै जिम्मेबार छौ |
सरकारको कमजोरी छैन
भनेको होइन, भूकम्प पश्चात उचित व्यवस्थापन गर्न नसक्नु ठुलो कमजोरी हो | सहयोग
गर्ने हातहरु आएकै छन्, सबैको उचित उपयोग भएको छैन | गाउ-गाउमा अहिलेसम्म खासै
सहयोग पुग्न सकेको छैन | यसमा खबरदारी गर्दै आफुले पनि सहयोग गर्ने सबै नेपालीको
कर्तब्य हो | थर्किदै गरेको घर छोडी भाग्दा घरका सबै समान चोरी भएका छन् | पोलिस
दाईहरु घर कुर्ने कि उद्दार मा जाने ? हामीहरु आफै पनि धरहराको इटा लानसम्म पछी
परेनौ | आपतको बेला सहयोगी हुनको साटो १५ रुपिया को चाउ-चाउलाइ ५०-१०० बेच्ने हामि
नै हौ | टेन्टमा बल्ल-तल्ल सास लिदै गरेका
माहिलाहरुलाई दुर्व्यहार गर्ने पनि हामी नै हौ| आफ्नो घरमा खासै क्षति भएन, तै पनि
पिडितको लाइनमा बस्न पछी परेनौ, नेतालाई फोन गरेर लुसुक्क सहयोग लिन लागि पर्यौ |
एउटा जाबो त्रिपाल अर्को भूकम्पलाई काम लाग्ला भनेर असली पिडितलाइ पानीमा रुझाउदै
त्रिपाल लिई घर भित्र कुद्यौ | अहिले सरकारले भूकम्प पिडितका छोरा-छोरीलाई डाक्टर-इन्जिनिएर
बनाउन छात्राबृति दिने भनेपनि पछी नक्कली पिडितले नै धेरै उपयोग गर्ने परम्परा छ |
२०६२ को क्रान्तिमा घरभित्र बसेर टि.भि हेर्नेहरु पनि जन-आन्दोलनको घाइते बनि
डाक्टर बनेको हाम्ले देखेको नै हो, असली घाइतेहरु त कता गए कता |
मैले १२ सक्दा गडतन्त्र
आएको देशमा मैले २० कक्षा पुग्दा समेत संबिधान बन्न सकेन | सरकार कति निकम्मा छ
भनेर भन्ने पर्दैन, डाक्टर केसी भोको बस्दा म के गरम तनी भन्ने प्रधानमन्त्रि हाम्रै
हुन् | तेसैले हामी पनि धेरै जागरुक र क्रियासिल हुन जरुरी छ जति हामी गफ गर्छौ |
सहयोग गरेको १-१ पैसा कता जाला भनेर हिसाब गर्ने समय होइन यो | दानको पैसाले कोहि
पनि खुसि-करोडपति हुदैन | त्यसैले अहिले धक नमानी सहयोग गर्ने समय हो , आर्थिक
गर्न मिल्नेले आर्थिक, भौतिक रुपमा सहयोग गर्ने मिल्ने ले तेस्तै सहयोग गर्ने हो |
कसले के गर्यो कस्तो गर्यो भनेर मुल्यांकन गर्ने समय भविस्यमा आउने छ |
नेपाली सेना, नेपाल
प्रहरी, ससस्त्र प्रहरी, अरु संघ-सस्थाहरु जतिले सहयोग गर्नु भएको छ, तेस्को लागि
जुन शब्दले बयान गरे पनि काफी छैन | बिदेशी सहयोगी हातहरुलाइ प्रणाम | पिडित
जनताहरुलाई नआत्तिन अनुरोध, बिस्तारै सबै समस्याहरु समाधान हुनेछन् | मृत-आत्माहरुलाई
चिर-शान्तिको कामना, हामी सबैलाई धर्यधरण गर्ने शक्ति प्रधान गरुन |
अन्तिममा नेतालाई
सुधार गर्ने गालि गरेर नै हो, तर पहिले हामी आफ्नो काम र कर्तब्य निभाउ | अहिले
आएको सहयोगलाई उचित तरिकाले उपयोग गरौ | सबै पिडितहरुले औसधी, सफा पनि, खाने खान,
झुल, कम्मल र एउटा सानो छात पाउन र हामीहरु पुर्याउन सहयोगी हौ | यहि अबृतिमा
भूकम्प आउने थाले अर्को ३० वर्ष अर्को महा-भूकम्प नआउला भन्न सकिन्न | अहिलेको
भूकम्पबाट पाठ सिकी नया भौतिक पुर्बधारहरु धेरै कम्पन सहन सक्ने बनुन, भत्किहालेको
खण्डमा २-४ घण्टामा उद्दार गर्न सक्ने देश बनोस | यसका लागि हामी अहिलेको कम्पनबाट
धेरै कुरा सिकेर एउटा असल मानिस/नागरिक बन्नु धेरै जरुरी छ | अहिलेको समस्या भनेको
हामीमा मानबियताको कमि हुनु सबै भन्दा ठुलो समस्या हो | आफु भला तो जगत भला |||
जय नेपाल
कल्पना किरण
३०/०५/२०१५
1 comment:
touchy..
Post a Comment