Sunday, September 14, 2008

गजल

मेरा लागि नगाइएनी तिम्रै बोली सुन्छु कल्पना

समर्पणको निबन्धलाई गीत बनाई गुन्छु कल्पना

सबै हिमाल चढिसकेँ एउटै मात्र बाँकी

बाँकी एउटा तिम्रै शिर त्यसलाई नि छुन्छु कल्पना

कसलाई छानु मैले अविस्वासी संसारमा

लाखौं भिडलाई झुक््याएर, तिमीलाई चुन्छु कल्पना

दुई हातले उचालेर अङ्गालोमा राख््नेछु

तिमी सुत््ने ओछ्यानको अङ्गालीने सिरानी हुन्छु कल्पना

हजारौ पुष्पहरु बिच ,निस्चलता खोजेथेँ

आज्ञा तिमीले नदिएनी तिम्रै माला बुन्छु कल्पना

आँखाभरि आँशु लिई बेबारीसे बन्दैछु

अपरिबर्तित तिम्रो मुटु, सम्झी सम्झी रुन्छु कल्पना

मिति:२००८-अगस्त-०७

No comments: