Thursday, April 30, 2015

यो कस्तो कम्पन ??


अरु विपत्तिमा भन्दा भूकम्प धेरै नै फरक बिपत्ति हो | न यसको कुनै लक्षण हुन्छ नत कुनै पूर्व-संकेत नै | केहि सेकेन्डको कम्पनले पहाडलाई तराई त तराईलाई पहाड बनाउन सक्छ | उच्च भूकम्पीय जोखिममा नेपाल पर्छ भनेर सानैमा पढेको हो | एकदिन जानुनै थियो र गयो पनि,  अनि सबै खुसि चुडेर लग्यो पनि | १९९०, २०४५ पछी २०७२ सालहरु नेपाली इतिहासको पानामा रहिरहने छन् | तेती धेरै बैज्ञानिक खोज नगरीकन भनेपनि यो क्षेत्रमा अब हरेक ३०-४० सालमा ठूलो भूकम्प जाने सम्भावना चाही रैछ | सन् २००१ र २००५ मा हाम्रा छिमेकीहरु पनि येही विपतिबाट गुज्रेका थिए | त्यहाँ भएको मानबीय र भौतिक क्षती भन्दा हाम्रोमा हुने क्षति धेरै नै कम हुने अनुमान छ | २००५ को कास्मिर भूकम्पमा असि हजार मानिसहरुको मृत्यु भएको थियो |

नजानु थियो तर गएर नै छोड्यो, यो हाम्रो ठुलो राष्ट्रिय बिपत्ति हो | मेरो घरमा त सानो चिरा मात्रै परेछ तर देशमा ठूलो चिरा परेर गयो, अब समस्या त छ तर केले सिउने केले टाल्ने हो | मर्नेहरु मरे, भत्किन मिल्नेहरु जति भत्के तर यसको असर कालान्तर सम्म रहिरहेने छ | तेही हो अहिले बचेकाहरुले बहत्तरसालको भूकम्पमा बाचेको भनेर फुर्ति गर्न मात्रै पाउने छन्, पछी भविस्यमा | बाबु-आमा गुमाएको बच्चा सधै भरि टुहुरो नै हुनेछ, २० सालको कठोर परिश्रमले बनाएको घर फेरी त्यो परिवारबिहिनलाई नया घर बनाउन अर्को १०-१५ साल लाग्ने नै छ | ति कालान्तरका कुरालाई थाति राखेर भन्ने हो भने अहिले को समस्या भनेको यो बिकराल परिस्थितिबाट कसरी मुक्ति पाउँने भन्ने मात्रै हो |
अहिलेसम्म कति मरे, कति घाइते भए, कतिका घर भत्के, यसको जानकारी नेपाल सरकारलाइ समेत थाहा छैन | अहिले राजधानी र अति प्रभावित ८-९ जिल्लाहरुमा जता हेरेपनि फुटेका-भत्केका मात्रै देखिन्छन् होला | अहिलेको मुख्य काम भनेको मरेकालाई राम्ररी व्यवस्थापन गर्नु र बचेकालाई आधारभूत आवस्यकताहरु पुर्याउने हो | मनसुन र गर्मी सुरु हुदैछ, जीवाणु र विषाणु सक्रिय हुने समय हो | जतिसक्दो चाडो घाइतेलाई उचित उद्दार र उपचार, घर-बाहारबिहिन भएकालाई कमसेकम ओत, सफा पानी, ठीकैको खानाको सक्त जरुरी छ | त्यसैका लागि भनेर धेरैले काठमाडौँ छोडेर हिडिसके तर सबैलाई आफ्नो ठाउँ छोड्न सम्भव पनि छैन |

भूकम्प गएको ४-५ दिन बितिसक्दा पनि म आफैले २-४ डलरको आर्थिक सहयोग, २-४ जनालाइ सहयोगको लागि अनुरोध र ८-१० कुरा फेसबुकमा सेअर बाहेक केहि गरेको छैन | यो महाविपत्तिमा कसले कति र कस्तो सहयोग गर्ने भन्ने कुरा आफैले मनन गर्ने कुरा हो | सबैले आफुले गर्न मिल्नेसम्मको सहयोग गर्ने हो, बिदेशीयका नेपालीले बाहिरबाट भरपुर मात्रमा आर्थिक र सर-समानको जोगो गर्ने अनि नेपालमा रहेका साथीहरुले तेस्को राम्रो उपयोग गर्ने हो | आफ्नो ज्यानको बाजी मारेर सहयोग गर्ने हातलाई आर्थिक सहयोग गर्नेसंग राखेर तुलना त गर्न नमिल्ला तै पनि बाहिरबाट गर्ने सकिने सहयोगहरु भने सिमित हुन्छन |

बोल्न, गालि गर्न, लेख्न त हामी धेरै नै अगाडी छौ | हामी हाम्रो फेसबुकको भित्ता रंग्याउन पनि सार्है माहिर छौ | कहाँबाट आयो, कसरी आयो भन्ने कुरा बुझ्दै नबुझी सबैलाई देखाउन हतार गर्छौ | मानौ गोर्खामा महामारी आयो भनेर एउटा काम नपाएकोले लेख्यो अनि हामी सबैले सेअर गर्यौ | एस्तो दुखको घडीमा खाडीमा परिश्रम गर्ने गोर्खाली दाजुलाई यो झुटो समाचारले कति असर गर्नेछ, त्यो सोचौ न एकछिन | फेसबुक चलाउन धेरै पैसा त लाग्दैन तर चलाउन समय चाही पक्कै लाग्छ | देशनै पिडामा डुबेको बेला देशले हाम्रा हातहरुबाट भत्केको इटा उठेको हेर्न चाहन्छ, सहयोग पाइरहेका आत्माहरु देख्न चाहन्छ, सुखद, र राम्रो समाचार बजेको सुन्न चाहन्छ | सबैले ढुंगा-मुडा नै उठाउनु पर्छ भन्ने पनि छैन, सबैले आफुले सकेको गर्ने न हो | पैसा संकलन गर्ने, समानहरु किन्ने, सामानहरु पोको पार्ने आदि पनि काम नै हो नि , यो गरौन पहिला | बन्द कोठाको भित्रबाट बल्ल-बल्ल चार्ज भएको inverterले उपहारमा आएको आइफोनबाट भए-नभएका फोटोसपी तस्विर तथा भिडियो देखाएर नेतालाई मात्रै दोष दिन खासै गार्हो छैन |

एउटा कुरा नेताले गरेर भूकम्प आको पनि होइन | भूकम्पले खासै मान्छे मर्ने पनि होइन, मान्छे मर्ने भत्केका भवनहरुले हो | अहिलेको भूकम्पमा सरकारी भवनले चेपेर मर्ने भन्दा आफ्नै घरले चेपेर मर्ने धेरै छन् | जुन पुरातत्तिक भवनहरु भत्केको छ त्यो सबै हाम्रा पुर्बजहरुको देन हो | न सुशील ले न केपी ले न प्रचण्ड ले केहि गरे, ति पुरातत्तिक भवनहरु बनाउन | भत्किएका जति सबै नेपाली जनताकै घरहरु हुन् | हाम्रा घर कुनै नेताले ढालेका पनि होइनन | हाम्रो घर हाम्ले नै बनाएको हो | अलिक आर्थिक रुपमा कमजोर हुनेहरुले बनाएका कच्ची घरहरुले त्यो ठुलो कम्पन सहने कुरै भएन | गरिबीका लागि नेताहरुलाइ दोष दिन अलि-अलि त पाइएलानै तर  १२ फिट जमिन किनेर कमजोर जगमा ४-५ तला थप्दै जान पक्कै प्रचन्डले भनेका थिएनन् होला | हामीलाई जस्तो मन लाग्यो तेस्तो घर बनाउन सरकारले भनेको पनि होइन | सबैलाई थाहा थियो नै, एक न एक दिन भूकम्प जान्छ नै | अहिले पनि काठमाडौँमा दमकल छिर्ने बाटो चेपेर भनेपनि घर त बनेकै छन् | पछी आगो लाग्ला दमकललाई जान नमिल्ला अनि दोष फेरी सरकारलाई नै | सरकारको कमजोरी छैन भनेको होइन, निर्माणमा सरकारले उचित मापदण्ड बनाएर लागु गर्नु पर्थ्यो, पहिले देखि नै | यहाँ ठुलो कमजोरी भएकै हो तर मापदण्ड मिचेर घर बनाउने हामी पढेलेखेकाहरु पनि उतिनै जिम्मेबार छौ |

सरकारको कमजोरी छैन भनेको होइन, भूकम्प पश्चात उचित व्यवस्थापन गर्न नसक्नु ठुलो कमजोरी हो | सहयोग गर्ने हातहरु आएकै छन्, सबैको उचित उपयोग भएको छैन | गाउ-गाउमा अहिलेसम्म खासै सहयोग पुग्न सकेको छैन | यसमा खबरदारी गर्दै आफुले पनि सहयोग गर्ने सबै नेपालीको कर्तब्य हो | थर्किदै गरेको घर छोडी भाग्दा घरका सबै समान चोरी भएका छन् | पोलिस दाईहरु घर कुर्ने कि उद्दार मा जाने ? हामीहरु आफै पनि धरहराको इटा लानसम्म पछी परेनौ | आपतको बेला सहयोगी हुनको साटो १५ रुपिया को चाउ-चाउलाइ ५०-१०० बेच्ने हामि नै हौ |  टेन्टमा बल्ल-तल्ल सास लिदै गरेका माहिलाहरुलाई दुर्व्यहार गर्ने पनि हामी नै हौ| आफ्नो घरमा खासै क्षति भएन, तै पनि पिडितको लाइनमा बस्न पछी परेनौ, नेतालाई फोन गरेर लुसुक्क सहयोग लिन लागि पर्यौ | एउटा जाबो त्रिपाल अर्को भूकम्पलाई काम लाग्ला भनेर असली पिडितलाइ पानीमा रुझाउदै त्रिपाल लिई घर भित्र कुद्यौ | अहिले सरकारले भूकम्प पिडितका छोरा-छोरीलाई डाक्टर-इन्जिनिएर बनाउन छात्राबृति दिने भनेपनि पछी नक्कली पिडितले नै धेरै उपयोग गर्ने परम्परा छ | २०६२ को क्रान्तिमा घरभित्र बसेर टि.भि हेर्नेहरु पनि जन-आन्दोलनको घाइते बनि डाक्टर बनेको हाम्ले देखेको नै हो, असली घाइतेहरु त कता गए कता |

मैले १२ सक्दा गडतन्त्र आएको देशमा मैले २० कक्षा पुग्दा समेत संबिधान बन्न सकेन | सरकार कति निकम्मा छ भनेर भन्ने पर्दैन, डाक्टर केसी भोको बस्दा म के गरम तनी भन्ने प्रधानमन्त्रि हाम्रै हुन् | तेसैले हामी पनि धेरै जागरुक र क्रियासिल हुन जरुरी छ जति हामी गफ गर्छौ | सहयोग गरेको १-१ पैसा कता जाला भनेर हिसाब गर्ने समय होइन यो | दानको पैसाले कोहि पनि खुसि-करोडपति हुदैन | त्यसैले अहिले धक नमानी सहयोग गर्ने समय हो , आर्थिक गर्न मिल्नेले आर्थिक, भौतिक रुपमा सहयोग गर्ने मिल्ने ले तेस्तै सहयोग गर्ने हो | कसले के गर्यो कस्तो गर्यो भनेर मुल्यांकन गर्ने समय भविस्यमा आउने छ | 

नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, अरु संघ-सस्थाहरु जतिले सहयोग गर्नु भएको छ, तेस्को लागि जुन शब्दले बयान गरे पनि काफी छैन | बिदेशी सहयोगी हातहरुलाइ प्रणाम | पिडित जनताहरुलाई नआत्तिन अनुरोध, बिस्तारै सबै समस्याहरु समाधान हुनेछन् | मृत-आत्माहरुलाई चिर-शान्तिको कामना, हामी सबैलाई धर्यधरण गर्ने शक्ति प्रधान गरुन |
अन्तिममा नेतालाई सुधार गर्ने गालि गरेर नै हो, तर पहिले हामी आफ्नो काम र कर्तब्य निभाउ | अहिले आएको सहयोगलाई उचित तरिकाले उपयोग गरौ | सबै पिडितहरुले औसधी, सफा पनि, खाने खान, झुल, कम्मल र एउटा सानो छात पाउन र हामीहरु पुर्याउन सहयोगी हौ | यहि अबृतिमा भूकम्प आउने थाले अर्को ३० वर्ष अर्को महा-भूकम्प नआउला भन्न सकिन्न | अहिलेको भूकम्पबाट पाठ सिकी नया भौतिक पुर्बधारहरु धेरै कम्पन सहन सक्ने बनुन, भत्किहालेको खण्डमा २-४ घण्टामा उद्दार गर्न सक्ने देश बनोस | यसका लागि हामी अहिलेको कम्पनबाट धेरै कुरा सिकेर एउटा असल मानिस/नागरिक बन्नु धेरै जरुरी छ | अहिलेको समस्या भनेको हामीमा मानबियताको कमि हुनु सबै भन्दा ठुलो समस्या हो | आफु भला तो जगत भला |||

जय नेपाल
कल्पना किरण
३०/०५/२०१५ 
 


Tuesday, March 3, 2015

समस्या कि विवसता


जसले जसलाई दोष दिए पनि हरेक दिन १५००-१८०० नेपालीहरु मैलो पैन्ट लगाएर पछाडी खासाली झोला भिरी पहिलोपल्ट प्लेन चडी बिदेस भागिरहेका हुन्छन | एअर होस्टेसलाई गाउमा जीप चड्दा साइडमा बसेकी केटिलाइ जिस्केझैँ जिस्काएको पारा देख्दा पहिलोपल्ट प्लेन चढेका हुन् भनेर आकलन गर्न गार्हो हुन्न | त्यो त्रिभुवन अंतर्राष्ट्रीय बिमानस्तलको आप्रवास काउंटरमा लाइन लागेका सयौको भिडमा २-४ बिस पुरुषहरु सुकिला कपडामा स्यम्सोमाइटको राम्रै अटैची बोकेर बाहिरिने भएता पनि तिनीहरुको संख्या अगन्य नै छ | सालिन घरका महिलाहरु लेबर कामका लागि बैदेशिक रोजगारीमा जाने अहिले पनि फाट-फुट मात्रै होलान | कोइ आफ्नो बुडाको निम्तोमा बुडासंगै बस्ने भनेर मस्किदै जाने त कोइ नेपालमा बस्ने गार्हो भएर बाहिरिने पिडित महिलाहरु छन् | सभ्रान्त घरका छोरी-बुहारीहरु उच्च-शिक्षाका लागि जाने पनि हुन्छन, कता-कति | हिसाब-किताब जति गरे पनि हरेकपल्ट विदेश जादा आप्रवास काउंटरको फ़ोर्म भर्ना नजान्ने २-४ जनाको फोर्म आफैले भर्नु परेकै छ | त्यो काउन्टरको लाइनमा बस्ने ८०% सर्बहारा नेपाली पुरुषहरु नै हुन्छन |

घर जादा गाउ वरिपरी हेर्छु, न काकाहरु छन्, न दाईहरु छन्, न मामाहरु छन् | गाउ-घर आजकल बयस्क पुरुषबिहिन हुन पुगेको छ | प्राय सबै बिदेशीसके बाकि पनि बिदेसिने क्रममा छन् | बिदेशिनु त हाम्रो धेरै पुरानो चलन नै हो | पहिले पनि मान्छेहरु लाहुर जान्थे रे | जवानी पहाड़ो में नही रेहेती भनेर त मित्रराष्ट्रका मोदीले नै सम्झाएर गए | आफ्नो जवानीमा बिदेसिएको पुरुष र घरमा एक्ली महिला हुने प्रवृतिले हाम्रो साहित्य, संगीत सबैलाई छोएको छ | प्राय सबै हाम्रा गीत-संगीतहरुमा बिछोडको पिडा, मायालुको पर्खाई, कुर्दा-कुर्दै मनमा आएको बिचलन, पछी फेरी अर्कैको मायामा पर्ने अनि एउटा माया छोडेर अर्को मायामा जानुपर्ने आदि कुराहरु छरपस्ट पोखिएका हुन्छन | हाम्रा आमाहरु, दिदीहरु, भाउजुहरु सबै आफ्नो जीवनसाथीसंग टाडीएर जिन्दगी गुजारा गरिरहेका |

हिजोआज अखबारमा श्रीमती, श्रीमानले कमाएको पैसा लिएर अर्कै संग गईन, श्रीमान बिदेशमै गायब भए, फेसबुकमा बनाएको केटा वा केटि-साथीले धोका दिए ब्लाकमेल गरे आदिले सनसनी मच्चाईरहेका हुन्छन | यस्ता समाचार भन्दा त्यो तल आउने कमेन्टहरु पढ्दा चाही खल्लो लाग्छ | सबै बयस्क मानिसहरुका आफ्ना रहर र चाहनाहरु हुन्छन नै, यो उमेरमा महिलाले पुरुष चाहनु र पुरुषले महिला चाहनु अस्वाभाविक पनि होइन | बिभिद कारणले अहिले देशमा लैगिक असन्तुलन देखिएको छ, तेसैको उपज हो अहिलेको सामाजिक समस्या |

जीवन जिउने आफ्नो लागि हो | भूतका बाबु-आमा या भविस्यका बच्चा-बच्चीका लागि आफ्नो सबै खुसि कुर्बान गर्नुपर्छ भन्ने छैन | आफ्नो कर्तब्य र दाहित्वहरु होलान तर तेस्कै लागि पुरै जिन्दगी र खुसि सुम्पनु पर्छ भन्ने छैन | २२-२३ बर्षे लक्का जवान नेपालमा अवसर नपाएर बिदेशिनु बाध्यता होला तर भविस्यका लागि, बाउ-आमाका लागि बुहारी चाहियो भनेर बिहे गरि, श्रीमतीलाइ घरमै छोडी बिदेशिनु चाही मुर्खता हो | एक त त्यो सानो उमेरमा नै किन बिहे गर्नु पर्यो, एकल जीवन हुदै विदेश जानुस, २-४ साल मज्जाले कमाउनुहोस् अनि नेपाल आएर कुनै धन्दा गर्नुस अनि बिहे गरि संगै बस्नुहोस | बिबाहित महिलाको जीवन श्रीमान बिनाको घरमा कस्टकर हुन्छ | पितृसत्तामक नेपाली समाजमा बुहारीलाई छोरी सरहको व्यावहार हुने घरमा समते छोरीलाइ जतिको सुख-सुबिधा हुदैन | मुखले जति जे भने पनि घरमा सबैलाई रजाएर, खुसि बनाएर आफ्नो रहर र चाहनालाई दबाउनु पर्छ नेपाली मध्यम बर्गीय समाजका बुहारीहरुले | श्रीमान बिनाको घर र चार्ज बिनाको मोबाइल उस्तै हुन् | छैन भनौ छ, छ भनौ भनेको बेलामा काममा आउदैन | दिन-भर घरमा एता-उता काम गरेर थाकेकी श्रीमतीले रात मा नत पति को न्यानो काख नत मायाको नै महसुस गर्न पाउछिन | रिस, ख्रोद, पिडा साट्नु भनेको त झन् दुरको कुरा अनि तेही माथिको अतृप्त यौन चाहना | ति एक्ली महिलालाइ कसैले केहि माया गरेर बोलाए केहि स्नेह देखाए बिस्तारै पग्लिन थाल्छन | झुटो नाटक गरेर पगाल्नेहरु धेरै छन् हाम्रो समाजमा | एकदिन दुइदिन गर्दा गर्दै विदेशिएको पतिले लगाईदिएको मंगलसुत्र हुदा-हुदै परपुरुषको अंगालोमा जान बाध्य हुन्छन | पति हुदैमा पत्नीको माया तेसै पाइन्छ भन्ने छैन, माया प्रेमलाइ बरकरार राख्न धेरै त्याग र कष्ट चाही गर्ने पर्छ | गल्ति छोडेर जाने श्रीमानको मात्रै होइन, मन डुलाउदै हिड्ने श्रीमतीको पनि होला तर कसको गल्ति को सहि भन्ने उत्तर दिन सजिलो छैन |

प्राय ३०-३५ का विवाहित पुरुषहरु पनि नेपाल बाहिरै छन् | सबैका श्रीमती बच्च- बच्ची सहितको परिवार नेपालमै छ | बिदेशी श्रीमान बिदेशमा बेपत्ता भएर बिचलित श्रीमतीहरु र नेपालमा बच्चा छोडेर अर्कै संग भागेर पिडित श्रीमानका संख्या बराबर जस्तै होला | बस्यक मान्छेको भौतिक चाहना धेरै नै हुन्छ | पुरुषहरु बिदेसिएता पनि उनीहरुले उनका चाहनाहरुलाई विभिन्न तवरले पुरा गरेकै हुन्छन | भलै त्यो तरिका बैध होस् या अबैध होस् |  पुरुष एक्लै पनि आफ्ना रहर परिपूर्ति गर्न सक्षम हुन्छ | हुनत महिलाहरुमा पनि आफै आफ्नो चाहना परिपूर्ति गर्ने तरिका अनि प्रबिधिहरु होलान तर तेस्मा नेपाली महिलाहरुको पउच कति छ तेस्को ज्ञान चाही छैन मसंग |
अहिले नेपालमा श्रीमान बिदेशिनु र नेपालमा श्रीमतीले केटा-साथी बनाउनु धेरै नै सुनिदै आएको छ | श्रीमानको रस-लिला पनि विदेशमा होला तर तेस्को खासै लेखा-जोखा चाही खासै खोज्दैन नेपाली समाजले | हुनत विदेश धेरै टाढा भएर थाहा नभएको पनि होला | आफ्नो जीवनसाथी हुदा हुदै बाहिर तन-मन डुलाउनु बेवफ़ाई हो | कसैलाई थाहा नहुन्जेल सम्बन्ध चलेकै हुन्छ, थाहा भए पछी बिस्पोट हुन्छ | तेही बिस्पोटमा बच्चा-बच्ची अनि पुरै घर घायल हुन्छ | सधै एउटैलाई माया गर्नु पर्छ या एउटैसंग जबर्जस्ति बस्नु पर्छ भन्ने होइन तर कसैको बाबु-आमा भएपछी सजिलै एउटालाई छोडेर अर्को संग जानु सजिलो हुदैन | होइन जानु नै छ भने राम्ररी कुरा गरेर भनेर जानुहोस अनि आफ्नो-आफ्नो सुर गर्नु होस् |

संगै बसेर श्रीमान-श्रीमती एक अर्कालाइ छोड्ने स्थितिमा कसरी पुग्छन तेसलाई केलाउनु जरुरी छ | जीवनमा सबै पैसा मात्रै पनि होइन | विदेश गएर पैसा कमाएर सबै पैसा श्रीमतीलाइ पठाउदैमा श्रीमती खुसि हुन्छिन भन्ने पनि छैन | गाउमा बसेकी श्रीमतीलाई पैसा पठाएर बजारमा बोलाउनु हुन्छ | अनि त्यो पैसामा सधै मोज-मस्ती मात्रै गर्ने श्रीमती छिन भने उनका लागि मरी-मरी कमाएको पैसा पठाउनुको मूल्य नै छैन | श्रीमानको कमाइमा श्रीमतीको नै मुख्य हिस्सा होला तर विदेशबाट पठाएको पैसा कहाँ कसरी खर्च भइराखेको छ सोध्नुहोस, बुझ्नुहोस | येती धेरै मेडियाहरु छन् हरपल सके सम्म सम्पर्कमा रहनुस, कुरा गर्नुस आफु खुसि हुनुहोस अनि घरमा सबैलाइ खुसि बनाउनु होस् | फेसबुक, भाइबर, स्काईप आदिको प्रगोय गर्नुस, तेस्ले दुरीलाई धेरैनै कम गर्ने गर्छ | सकेसम्म ५-६ महिना मा १-२ हप्ताका लागि घर आउनुस्, संगै समय बिताउनुहोस अनि पो माया प्रगाड हुन्छ | बाहिर हुदा झगडा कम गर्नुहोस्, अनि आफु दुइ बीचमा कुनै दुरी नै नदिनोस अनि त बीच मा को नै पो आउन सक्छ र ! सात समुद्रपारी बसेर सानो तिनो कुरामा मन-मुटाब गरेर फाइदा छैन | यो कुरा दुवै श्रीमान र श्रीमतीका लागि लागु हुन्छ | शंकाले लंका जलाउछ भन्छन, तेसैले अरुका कुराको भरमा या यसै सुनेको भरमा ठुला-ठुला निर्णय नलिनुस | अर्को कुरा नेपाल जस्तो देशमा जन्मिसके पछी जीवनमा कहिँ न कहिँ सम्झौता गर्नैपर्छ | गास, बास, कपास र यौन मान्छेका आधारभूत आवस्यकता हुन् तर टाढा हुदैमा अबैध तबरले आफ्नो चाहना पुरा गर्नैपर्छ भन्नाले समाज तहस-नहस हुने छ | सबै श्रीमानहरु विदेशमै हराउने अनि श्रीमतीहरु देशमै मोज-मस्ती गर्ने नै हो भने त हामी चेतनसिल मानब हुनुको के अर्थ रह्यो र !

शिक्षाका लागि बिदेसिएका युवाहरुको सख्या पनि आकासिदो छ | १८-२२ वर्षका युवाहरु प्राय एकल नै हुने गर्छन, कोइ कोइका केटि-साथीहरु नेपालमै होलान | अनि यी युवाहरुको माया साट्ने राम्रै थलो हो सोचिअल मेडियाहरु | नचिनेका केटीहरुलाइ एड कुराकानी गर्दा गर्दै अनि माया | कहिले कहिले येही फेसबुक फकेबूकमा परिबर्तन हुदा समस्यामा पर्ने गरेका छन् | लामो-दुरीको प्रेम नहुने भन्ने नै होइन तर न बाबु तिरका न आमा तिरकालाइ न कहिले देखेको न कहिले भेटेको, कुनै आधार नभैकन प्रेममा फस्दा पछी अनेक किसिमका कठिनाईहरु आएका देखिन्छन | बिदेसी केटाबाट गिफ्टहरु माग्ने, पैसा माग्ने अनि तेस्को बदलामा आफ्नो गोप्य तस्वीरहरु साटासाट गर्ने कुराहरु खबरमा आइरहन्छन | कुनै खट-पट पछी सम्बध बिग्रिदा यस्तै कुराले ब्ल्याकमेल गर्ने | धेरै केटा-केटिहरु यस्ता परिसनीबाट व्याकुल छन् |

न कहिले भेटेको छ न कहिले देखेको छ, कुरै कुराको भरमा विश्वास गर्दा विश्वासघात हुन सक्छ | बुझ्न नसकेको चाही, एउटा अमेरिकामा छ अर्को नेपालमा छ, २-३ सालमा एक पल्ट घर आउने होला अनि नेपालीमा प्रेमी-प्रेमिका बनाएर चाही के काम ? जुन ठाउमा हुनुहुन्छ तेही ठाउमा साथी खोज्नुहोस अनि पो रमाइलो हुन्छ त | जहाँ छौ तेही खुसि हुन सिक्ने त हो | २४*७ च्याट गरेर समय सकेर नेपालमा नया प्रेम खोज्नु भन्दा उही राम्रो काम गरेर समयको सदुपयो गरे प्रगति होला | होइन नेपालमा पहिले देखि नै प्रेम थियो भने राम्ररी कुरा गर्नुस, साना तिना कुरामा झगडा नगर्नुस | जति दुरी बढ्दै जान्छ राम्रा कुराहरु भन्दा नराम्रा कुराहरु चर्को सुनिन्छ | अनि यस्तै ससाना कुराले ठुलो दरार पैदा गर्छ | अर्को कुरा राम्रै सम्बध भए आफ्नो र उनको घर-परिवारसंग पनि राम्ररी कुरा गर्नुस, उनलाई पनि कुरा गरौनुहोस, चिना-परिचय गराउनुहोस्, यसले सम्बन्धलाई मजबुद बनाउछ | कुनै-कुनै प्रेमहरु तुक्रिनाका लागि बनेका हुन्छन, तेस्मा प्रतिसोधको भावाना लिएर होइन एक-अर्कालाई आफ्नो-आफ्नो बाटोमा स्वतन्त्र तवरले हिड्न सहयोग गर्नुहोस |

अन्तिममा, कसैलाइ यो गर त्यो गर भन्न खोजेको होइन, तर सबैले मानब भएर मानबियता देखाऊ | सबैको जीवन आफ्नै-आफ्नै प्रकारको हुन्छ, तेही अनुरुप खेलाउने र बुज्ने गरौ | कसैसंग भागेकी कसैको श्रीमतीको समाचार मुनि कमेन्ट गर्दा गालि मात्रै होइन समस्याको चुरो पत्ता लागौउने कोसिस गरौ | हामी नेपालीको बाध्यता धेरै समय बाहिर नै बसिन्छ, धेरै समय बाहिर बस्ने भए बिहे गरेर घरमा श्रीमतीलाइ एक्लै नपारौ | मिल्छ भने संगै लिएर जाने कोसिस गरौ, नमिले को खण्डमा टाढा टाढा भएपनि हर-पल सम्पर्कमा रही बसौ, ३-४ सालमा एकपल्ट होइन कि कमसेकम बर्षमा एक पल्ट चाही जरुर घर आऊ | पुरुष जस्तै महिला पनि मान्छे नै हुन्, तेसैले उनीहरुका रहर र चाहनाहरुलाई पनि बुझ्ने कोसिस गरौ | भर्खरका युवाहरु जुन देशमा हुनुहुन्छ तेही देश मा नै मन मिल्ने साथी खोजौ, नेपालमा बनेकी फेसबूके प्रेमिका खुसि पर्न वेस्टर्न युनियन खोज्दै हुड्नु जरुरी छैन | बिहे गर्ने साथी चाहिए समय आए पछी पाहिन्छ नै, तेस्को लागि ३-४ बर्से लामो वर्चुवल संसारमा प्रेम गर्न आवस्यक छैन | (यहाँ लेखिएका सबै विचार नितान्त मेरा व्यातिगत विचार हुन्, यस बिसयमा सबैको आ-आफ्नो विचारहरु हुन सक्छन |)

कल्पना किरण                                            

मार्च ३ २०१५

Saturday, February 21, 2015

बहादुर गोर्खाली

बहादुर गोर्खाली
इंगलिस कप्तान रोनीले उनका समकक्षी अन्गेल डी मारियालाई घरमा डकैतको सन्त्रास बढेपछी नेपाली गुर्खालाई आफ्नो घरको सुरक्षागार्ड बनाउन सल्लाह दिएछन | येही सानो खबर पनि हाम्रा समाचारपत्रहरु रुमलिन थाले | तेसपछी सामाजिक संजालहरुमा यसको पक्ष-विपक्षमा धेरै नै टिका-टिप्पणीहरु हुने थाले | एस्तो कुरालाई ठुलो नमान्न कुर्लदै थिए कोइ , अर्का थरि चाही गौरवको बिषय हो भन्दै मक्ख पर्दै थिए |

नेपाली सेनामा भर्ति हुन र गराउनका लागि नत कुनै कोचिंग सेन्टर छन् नत कुनै सस्था नै | सेकेन्ड लप्टन हुनेलाइ चाहि आजकल छ के रे ! तर ब्रिटिश आर्मीमा भर्ति गराउन भनेर खुलेका सेन्टरहरुले दस-बार्षिकी मनाइसके होलान | मोटो रकम तिरेर देशका होनहार युवाहरु ब्रिटिश आर्मी हुन बिहानीको चिसोमा कुदिरहेका हुन्छन | भारतीय सेनामा भर्ति हुनु पनि गौरवकै बिषय छ अहिले पनि | हजारौ यूवाहरुलाई पछी पार्दै गाउको भाई भारतीय सेना (सिपाही) हुन सफल भयो, तर उसका बाबुचाही सबै परिक्षा पास गरे पछी दिनु परेको ८ लाख घुस सम्झेर गन-गन गर्दै थिए | नेपाली सेनामा भर्ति हुन पनि लाम नलाग्ने त होइन तर सम्बृद र शिक्षित युवाहरुको गिन्ती चाही कमै होला |

हामीमा येती धेरै सिपाही या जवान हुनमा क्रेज किन होला ? के हामी साच्चै बीर हौ र ? देशको आन्तरिक कलह, अवसरको अवाभ, अदुरदर्शी र स्वार्थी राजनीति, उदेकलाग्दो परिस्थिती अनि यूवाहरुमा सृजनासिलताको कमिले गर्दा संसारका धेरै देशमा नेपालीहरु ब्लु कलर काम गर्न बाध्य छन् | २-४ पल्ट को मलेसिया घुमाइले बिदेसिएका नेपालीको दर्द बुझ्न पाएको छु | तेहको परिस्थिति भन्दा ब्रिटिश आर्मीका ब्रिटिश गुर्खा र भारतीय सेनाका गुर्खा राइफल्सका नेपाली दाजु-भाईको परिस्थतिमा आकास पातालको नै अन्तर छ | मै भारत मा मनेजर भएर काम गर्दा मुस्किलले १५-२० हजार रुपिया बच्थ्यो तर मेरै गाउका गुर्खा राइफल्सका दाजुले पठाएको पैसाले भाउजुले राम्रो ठाउँमा घर घडेरी किनेर घर बनिसकेकी थिइन् | ब्रिटिश गुर्खाहरु को तलब त १.५-२ लाख सम्मै पुग्छ होला | हाम्रा दाजु-भाईहरुलाई बीर बनाउने प्रमुक कारण नै येही हो |

सबै मान्छेले भनेको-चाहेको गर्न पाहिन्छ नै, तै पनि ज्यादै राम्रा-जेहेन्दार साथीहरु जो भविष्यमा बैज्ञानिक, डाक्टर, इन्जिनीयर बन्न सक्षम छन्, तिनीहरु पनि ब्रिटिश आर्मी भने पछी मारी हत्ते गर्छन | भएको सबै अस्त्र; साम, दाम र दण्ड-भेड प्रगोग गरेर ब्रिटिश आर्मी भएर छोड्छन | यसरी पुरै यूवा जमात बिदेसीका लागि रगत बगाउन तत्पर भएको देख्दा चाही उदेक नै लाग्छ, हुनत सामान्य काम गर्न विदेशिने पनि रातो बाकसमा पोको परि आइरहेकै हुन्छन त्यो पनि दिन मै २-३ ओटा!
नेपाली यूवाहरुमा फूटबल प्रेम प्रगाड नै छ, हेर्ने सबैले EPL हेर्ने नै गर्छन, हेर्नेले रोनी नचिन्ने कुरै भएन | त्यो रोनीको सल्लाहले हर्ष-उन्मात भएर आफ्ना फेसबुकका भित्ताहरु धेरै नेपालीले भरे | त्यो कुराको नकारात्मक टिप्पणी गर्नेलाइ खाउलाझैँ पनि गरे | हामी जति नि जान्ने सुन्ने भए पनि बिपक्षलाइ इज्जत र सम्मान दिन चाही धेरै नै पछाडी छौ | नेपाली को इज्जत भनेको गौतम बुद्ध, सगरमाथा, र बीर गुर्खा रे | अगाडी को दुइटामा हामी नेपालीले तेती धेरै गौरव गर्ने कुरा नै छैन, तेस्मा आधुनिक नेपालको कुनै योगदान नै छैन | ५६३ बि.सी मा जन्मिएका बुद्ले जति अत्भुत काम गरे पनि, तेस्मा अहिले हाम्रो आधुनिक नेपालको एक रति केहि छैन | संयोगले उनी नेपालको कपिलवस्तुमा जन्मे अनि भारतको गयामा ज्ञान प्राप्त गरे | आधा नेपालीको जीवन चाही गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेर अरुलाई सम्झाउदैमा जान्छ | विडम्बनाको बिषय चाही बुद्धको जन्मस्थल नेपाल हो भनेर छाती चौडा गर्नेहरुले नै बुद्धको नाक काटिने गरेर असभ्य, अभद्र, र अशिस्ट भाषाले गालि गर्न पछी पर्दैनौ | बुद्ध जन्मेका नेपालमै हुन् भनेर उग्ररुपमा उफ्रिनु भन्दा उनले देखाएको शान्ति र सिस्टताको बाटोमा हिडेर पुरै नेपाललाई विश्वमा चिनाए सारा संसारले आफै थाहा पाउनेछन् | कसैले केहि भन्दैमा नेपालमा जन्मेका बुद्ध अरु देशका हुने छैनन् | अर्को रह्यो सगरमाथा; मैले एकदिन चाइनिज साथीलाइ अनायासै सोधे, सगरमाथा कहाँ पर्छ भनेर, उनले सोच्दै नसोची चाइना भने | एकछिन त मलाईनै रिस उठ्यो, तर शिनो-नेपाल सिमानामा पर्ने सगरमाथा हाम्रो मात्रै भन्नु पनि ठीक नहोला | अन्तिममा हामी सगरमाथालाइ भाग-बंडा गरि आधा चाइनामा आधा नेपालमा भन्ने निस्कर्समा पुगेउ | (सगरमाथा को चुचुरो चाही नेपाल मै पर्छ)

कुनै सन्तानको लागि धेरै पैत्रिक सम्पति हुनु एकदमै राम्रो कुरा हो, तर बाउ-आमाले कमाएको कुरामा गर्ब र आडम्बर महसुस गर्नु चाही असल सन्तानको परिभाषा भित्र पर्दैन | सगरमाथा र बुद्ध नेपालमा हुनु एकदमै राम्रो र गरिमामय कुरा हो तर यसमा हाम्रो कुनै योगदाननै छैन | तेसै ले यी दुइ कुरा भनेका हाम्रा पत्रिक सम्पति मात्रै हुन् | बिकसित देशहरुमा त बाउ-आमाको सम्पति पाउने चलन गई सकेको छ | आफ्नो नाम र इज्जत आफैले कमाउने कुरा हुन् | तेसैले खाली बुद् र सगरमाथामा गर्ब गर्नु भनेको बाउले दुख गरेर कमाएको पैसा छोराले फुर्ति गरेको जस्तै हो !

अब आयो हाम्रो अर्को गर्बको कुरा “बीर गोर्खाली”, हाम्रा कबि भूपी दाईलेलेखेका थिए, हामी मुर्ख छौ र बीर छौ | साचै हो जस्तो नै लाग्छ मलाई पनि | अर्को गाउमा फुटबल खेल्न जादा सानो निउमा अर्काको टाउको फुटाएर आउने, बाटोमा कसैले झुक्किएर टेक्यो भने थर्काउने ? के बीर भनेको येही हो? सबभन्दा पहिले बलको नै कुरा गर्ने अरु कुरा सोच्दै नसोची?

पहिले मानिसको सामर्थ्य बलमा जाचिन्थ्यो, उहिले कोइ दौडेर राजा भए कोइले लडेर राजाकी छोरीसंग बिहे गर्न पाए | तर अहिले समय परिवर्तन भैसकेको छ, मानिसको क्षमता ज्ञान, सिपका आधारमा आकलन गरिन्छ | बीर हुनु एकदमै राम्रो हो तर बीर मात्रै हुनु चाही कदापी राम्रो होइन | युद्धमा पनि गोली-बारुद सकिएसी मात्रै हाते बल प्रयोग हुन्छ होला, बीर हुदैमा मान्छे बुल्लेट प्रुफ त पक्कै हुदैन | मरी-मरी अर्काको भूमिको सेवा गर्ने हाम्रा नेपाली दाजु-भाईलाई त्यो देशका सेना सरह तलब, सुबिधा, पदोन्नती दिईदैन | अहिले पनि तेती धेरै बिकशित देशमा काम गर्ने ब्रिटिश सेनाका दाजु-भाईलाई समान व्यवहार छैन | भारतीय सेनामा काम गर्ने नेपाली दाजुहरु धेरै माथिको पोस्टमा पुगेको अहिलेसम्म सुनेको छैन | हामी मर्न चाही फकल्याण्ड देखि कारगिल सम्म पुग्ने, त्यो पनि अर्कैका लागि अनि लाउन, खान र अन्य कुरा मा चाही हामीलाई नै हेला ? येही हो हाम्रो बिरताको अर्थ ?

आफुले चाहेको सबैले गर्ने पाहिन्छ तर हाम्रो जवानी र रगत भनेको मुडेबल र मर्नका लागि मात्रै तत्पर नहोस | नेपालीलाई बीर मात्रै होइन इमान्दार पनि भानिन्छ रे | इमान्दार सबै मानिस हुनै पर्छ, तर अहिलेको नेपालमा आफुले आफैले इमान्दार देख्ने अरुलाई नराम्रो देख्नेको ताती नै छ | नत्र ग्यासमा , पानीमा, सुनमा येती धेरै काला बजारी किने हुन्थे होला र ! एउटा गाडी चद्न जादा ४ जना दलाल किने आउथे होला र ! आफ्नै देशका दलालद्वारा बेचिएर विदेशमा दुख पाउने नेपाली किन धेरै हुन्थे होला र ! देश संकट उन्मुख हुनु नेता इमान्दार नभएरै होला ! एउटा सानो जागिर खान नेता खोज्दै हिड्नु पर्ने, पैसा बाढ्दै जानु पर्ने ! हामी सबै इमान्दारीताको भाषण गर्ने मात्रै न हो, सवारी चालक अनुमति पत्र बनाउदा ट्रयाल फेल हुदा घुस खुवाउन अधि बढ्ने हामी नै हो | छातीमा हात राखेर भन्नुस त घुस नदिकन कति जनाले सवारी चालक अनुमति पत्र लिनु भो? जे भए पनि हामी नेपालीले इमान्दारिताको बिशेषण पाउनु राम्रै कुरा हो |

अन्तिममा, हामी सबै इमान्दार हुनै पर्छ, सिप र ज्ञानमा अघि बढ्नै पर्छ | हाम्रो बीरता भनेको हाम्रो बोनस मात्रै होस् | सबै अस्त्र सकिएसी मात्रै हाम्रो बीरता धेरै मुल्यवान हुनेछ | डी मारियाको घरमा नेपाली गार्ड हुनु कुनै हतासपूर्ण खबर होइन तर तिहार मनाउनु पर्ने गरि आएको उल्लासपूर्ण खबर पनि होइन | कुनै दिन नेपाली ओबामाको घरमा पहरेदार होलान, कोइ स्टेफेन हकिंगको घरमा हेल्पर होलान, यस्ता खबरले हामीलाई कहिले ज्यादा खुसि बनाउनु हुदैन | मैले चाहेको एति मात्रै हो कि ओल्ड ट्राफोर्डमा डी मारिया को पासमा गोल गर्ने कोइ अनिल गुरुङहरु हुन्, ओबामाको पररास्ट्र नीति बनाउन सहयोगी कोइ माइल्दाई नेपाली हुन्, हकिंगको लाबमा अनुसन्धान गर्ने सहयोगी हाम्रै टोलको पुन्टेहरु हुन् | तब मात्रै नेपालीको बीरताको वास्तविक अर्थ विश्वले बुझ्ने छ | नत्र २-४ पैसाका लागि अर्काको देशमा ज्यान बाजी मारेर अर्काको भुमिलाइ सुरक्षित बनाउने बीर बन्नु छैन मलाई !


जय नेपाल
कल्पना किरण




















Tuesday, December 23, 2014

अनौठो राष्ट्रबाद

अनौठो राष्ट्रबाद

अमेरिकी सम्राज्यबाद र भारतीय बिस्तारबाद मैले कलिलो उमेरमा सुनेको सबैभन्दा खतरनाक नारा थियो | आश्रय र भोजनका लागि गाउ-घरमा आउने तत्कालिन जनयुद्दका कार्यकर्ताहरुले सुनाउने पहिले वाक्यनै येही थियो, हाम्रो युद्द अमेरिकी सम्राज्यबाद र भारतीय बिस्तारबाद बिरुद्द हो | हाम्रा आमाहरु मन नलागी नलागी खाना बनाउन लागि पर्थे, बाउहरु कार्यकर्तासंग बिशेष भलाकुरसिमा बेस्त हुन्थे र हामी भुसुनाहरु भुइमा घुडाटेकी उनीहरुका महाबाणी सुनिरहेका हुन्थेउ | भात नखुवायो माओबादीको डर, खुवाओ त पुलिसको डर | तेती बेला नेपाली पुलिसले घरबाट निसस्त्र घरबाट पक्रिएर लगिएका मानिस २-४ दिन पछी दोहोरो भिडन्तमा मरेका समाचार आउथे | भारतले सिमा मिचेको, बाध बनाएको, सीमामा नेपालीहरुलाइ दुख दिरहेका खबरहरु बजीरहन्थे, अर्को तिर अमेरिकाले इराक युध, अफगानस्तान युधमा आफ्ना सेनाहरुको परिचालन गरिरहेको थियो | त्यसैले मेरो वाल्य मानसपटलमा अमेरिकीहरु साम्राज्यबादी हुन र भारतीयहरु बिस्तारबादी हुन् भन्ने लागि रहो | भाग्यले पछी मेरा जिन्दगीका ६ बसन्तहरु भारतमै बिते र अहिले चाही कहिले अमेरिका छिर्न सकिएला जस्तो भाको छ |
लामो नाक, हेर्दाखेरि आर्य बंसको देखिने र मेरो हिन्दी बोल्नमा नेपाली जति नै प्रस्ट भैसकेकाले पहिलो  पटक भेट्ने बित्तिकै प्राय भारतीयहरुले मलाई नेपली भनेर चिन्दैनथे पनि | साधारण भारतीयको लागि नेपाली भनेका थेप्चो नाक भएका, अलि साना आँखा भएका (हेर्दा खेरि नेपाली गुरुङ-मगर जस्तो देखिने) मंगोल बंसका मानिसहरुलाइ भनिदो रहेछ | ६ बर्से मेरो भारत बसाइमा मैले भारतमा मुख्य ४ प्रकारका भनाइहरु भेटे नेपाल र नेपालीको बारेमा !
१.      नेपाल भनेको भारतको उत्तरतिर रहेको सानो सुन्दर स्वतन्त्र देश,
२.      नेपाल भनेको एउटा सानो गरिब देश जुन चाहि भारतको छत्रछायामा पालिरहेको छ,
३.      नेपाल छुटै देश भए पनि भारतको राज्य जस्तै हो, जहाँ भारतले जे चाह्यो तेही हुनुपर्छ,
४.      नेपाल एउटा पहाडी इलाका जहाँबाट घरेलु सहयोगी र सुरक्षा गार्डहरु आउछन
मेरो लामो भारत बसाइमा धेरै राज्यका, धेरै वर्गका विभिन्न ओंहोदामा बसेका मानिसहरुसंग अन्तरंग कुराकानीहरु भए | तर धेरै कमले मात्रै माथि उल्लेखित मध्य १ नम्बरको उत्तर दिए | एउटा मासुम भारतीयको आँखामा नेपाली भनेका घरेलु सहयोगी र सुरक्षा गार्डहरु हुन् जसलाई मोमो पकाउन आउछ | सहायक प्रबंधक भएर राम्रै भारतीय कम्पनीमा काम गर्ने धेरै कम नेपाली मध्य म एक थिए | तर दिल्ली देखि कोची सम्मका होटेलहरुमा काम गर्ने धेरै नेपालीहरु भेटिरहेका हुन्थेसेक्षिस्त  | मेरा आँखाहरुले कहिले कहिँ नेपालीलाइ होटेल को साहुको रुपमा कहिँ देख्न चाहन्थ्यो तर मेरा रहरहरु खासै पुरा भएनन् | २०-२५ लाख नेपालीहरु त्यसरी काम गरेसी काम अनुसारको मान हुन कुनै नौलो होइन | नेपालको धर्म निरिपेक्षता, जन-आन्दोलन, नेपाल-चाइन सम्बध र नेपाली केटीहरुको बारेमा थुपारिएका प्रश्नहरुको उत्तर दिदादिदै थाक्थे म | तर अहिलेको नया युवा जमातमा भने १ नम्बर कै धारणा हुने गर्थ्यो, २-४ जना सेक्सिस्ट र रेसिस्टहरुलाई छोडेर |

जातिवाद त हामीहरुको रगतमै छ | नेपालमै अलि काला देख्नेलाइ धोति भनेर हेप्ने नै गरिन्छ, नेपालीनै भए पनि नेपालीलाई गर्नुपर्ने जस्तो व्यावहार गरिदैन | मित्रराष्ट्रमा पनि अलिक आँखा सानो र नाक थेप्चो हुनेलाई चिंकी भनेर बोलाइंछ, भलै त्यो नेपाली होस् या इन्डियन !! मेरो हुलियाले मलाई धेरै ठाउँमा नेपाली भनेर चिनिनबाट जोगाए पनि राम्रै कम्पनीमा राम्रै ओहोदामा बसेकाले पनि कन्ना पछाडी बहादुर र सपजी भनेर खिसी गर्दा चाही अलिक मन खिन्न चाही हुन्थ्यो | तर यो सबै मानिसको जीवनको पाटो नै हो | कहिलेकहिँ त म आफ्नै कमजोर मानसिकताको सिकार भएको हो कि जस्तो पनि लाग्थ्यो | कसैलेले केहि भन्दैमा रिसाउनु पर्ने या त्रसित हुने पर्ने आवस्यकता चाही थिएन | जात, धर्म, लिङ्ग आदिका आधारमा अलि-अलि भेदभाब त जता ततै छ र यस्ता कुराहरु एक कानले सुनेर अर्को कानले उडाउनु नै जति हुन्छ | किताब पढेर मात्रै मान्छेले सबै कुरा बुजेको हुदैन, पूर्ण शिक्षित हुनलाई दिमागको पूर्ण बिकाश हुन जरुरी छ | मैले देखेको र बुझेको भारतमा नेपाललाई माया र सम्मान भन्दा पनि दयाको दृस्टीकोणले हेरिन्छ | नेपालको राजाको बारेमा होस् या हिन्दु राष्ट्रको बारेमा होस् या चाइना-नेपाल सम्बधको बारेमा होस् धेरैमा किन यस्तो भएन किन उस्तो भएन भन्ने प्रश्नहरु प्रसस्था आउथे | कहिले कहिँ त मैले नेपाल एक स्वतन्त्र राष्ट्र हो र नेपाल कस्तो हुनेछ भनेर निर्धारण गर्ने नेपाली जनता हुन् भन्नै पर्थ्यो | जति जे नै भए पनि भारतमा नेपालीहरुलाई बस्न कामगर्न खासै गार्हो चाही छैन | त्यसलाई चाही सकरात्मक रुपमा नै लिएको छु मैले | मेरा ६ सालको भारत बसाईमा मैले धेरै सिक्न र जान्न पाए, मेरा भारतीय समकक्षीहरुबाट |
नेपालमा लाजिम्पाट भनेको के को पर्यायबाची शब्द हो सबैलाइ थाहा नै छ | तेही अवस्थित भारतीय दुताबासलाई नत कुनै कुटनीतिक नियम लाग्छ नत कुनै परिबन्द नै | बिना कुनै अधिकारी निमन्त्रणा बिना राजदुत जता पनि जना सक्छन र जसलाई पनि भेट्न सक्छन, हाम्रो पररास्ट्र मन्त्रालयलाई न कुनै खबर हुन्छ न कुनै अभिस्वीकृति नै | एकदिन अन्तरबार्ता दिदै गरेका पररास्ट्र मन्त्रीको आशुले नै प्रस्ट परेको छ हाम्रो गन्जागोलको पररास्ट्र नीति | हामी दिल्ली जाउ, नेपाली दुताबास खोज्न गुगल म्यापलाइ समेत हम्मे हम्मे पर्ला | लाजिम्पटले नेपालमा राजनीतिक परिवर्तन गराउन सक्छन रे उता नेपाली दुताबासको सहयोगले ट्रेन टिकट काट्न गार्हो छ | अनि फरक येही बाट थाहा हुन्छ | सबै भन्दा ठूलो गल्ति हाम्रो नै हो | हाम्ले नत कुनै पद्धती बनाउन सकेउ नत बनेको पद्धतीको पालना नै गर्न सिकेउ | हाम्रा नेताहरु आफ्ना स्वार्थका लागि राजदुतहरुलाइ कसैलाई जानकारी नदिकन खोठा-खोठामा भेट्न जाने परम्परा नै बन्यो | येती सम्मकि देशलाइ हाक्ने भन्ने ठुला ठुला नेताहरुलाइ आफ्नो सन्तानलाइ डाक्टर-इन्जिनिएर बनाउन देशको इज्जतलाइ नै तिलान्जली दिए | बिस्तारबादी विरुद्ध लड्न आए प्रचण्डका पुरै जमात पनि लाजिम्पाट सामुन्य सम्पसार पर्यो | आफ्नो फाइदाका लागि बिदेशीले जे बोले भने पनि हस्तक्षेप भएन नत्र चाही ठुलो हस्तक्षेप भयो |
जब गाउमा ठुला साहु हुन्छन र आऊरे-बाउरे हुन्छन, आऊरे-बाउरेको काम भनेको साहुलाई खुसि पर्ने अनि साहुको दान-दक्षिणामा खुसि हुने हो | जब साहुले आफ्नो खेतमा धेरै पानी लान्छन, या आठोको ढुंगा एता-उति गर्न खोज्छन, आउरे-बाउरेको घरभित्र धेरैनै हलचल भए पनि घरमुलीले साहुसामू औला उठाउन सक्दैनन् | हाम्रा नेतागड भनेका तेस्तै आउरे-बाउरेहरु जस्तै हुन् | न केहि बोल्न सक्छन न केहि कुरा ठाउमा उठाउन नै सक्छन | धेरै असमान सन्धिहरु होलान, तर हाम्रो नेत्रित्वले कहिले माथिल्लो स्थरमा ति कुराहरुलाइ जोड-तोडले उठाउने सके नत हात जोडेर केहि माग्न नै सके | पुरानो भारत र मोदिमय भारतमा फरक चाही देखिदै छ, यस्ता सिमा विवाद होस् या असमान सन्धिहरु, सबै कुरामा छलफल गरेर समाधान निकाल्न सकिन्छ | मोदी सबै कुरा मा छलफल गरि दुवै देशलाई फाइदा हुने काम गर्न तयार देखिन्छन | पहिले हामीले हाम्रो ठाउँबाट गर्न मिल्ने सबै काम गरौ अनि उनीहरुबाट पनि तेस्तै अपेक्षा राखौ | नया कार्यक्रमका लागि सहिछाप हुन भन्दा अगाडी राम्ररी पढौ फाइदा बेफाइदा हेरौ-बुझौ अनि मात्रै निर्णय लिओं | भारतले गर्ने भन्दैमा आफ्नो राजनीतिक फाइदाका लागि मात्रै बिरोध र समर्थन नगरौ |
सम्बध दुइ प्रकारका हुन्छन एक त परजीबी अर्को चाही सहजीबी, हामी चाही परजीबी हौ, सुन देखि नुन सम्मका लागि हामी मित्र-राष्ट्रसंग परजीबी छौ | हाम्रा २०-२५ लाख दाजुभाईहरु लेबरका रुपमा तेही काम गरिरहेका छन् | अनि हामी चाहन्छु हामीलाई सहजीबीको हैसियत दिइयोस | सहजीबी बन्नलाई आफ्नो हैसियतको बिकाश गर्नैपर्ने आवस्यकता छ | आयातका लागि एउटा देश भन्दा धेरै देशसंग निर्भर रहउ, अर्को मित्र-राष्ट्र चिनसंग पनि उतिनै नजिकको सम्बन्ध बनाउ र मुख्य हाम्रो निर्यातलाइ बढाएर अर्थतन्त्रलाई मजबुद बनाउ | मित्र-राष्ट्रबाट इज्जतको आशा गर्नु भन्दा हामी आफै इज्जत कमाउने कर्ममा लागौ |
अब एकै छिन नेपाली समाजमा भारतको स्थानको बारेमा चर्चा गरौ |
मधेसको भारत सम्बन्ध हिमाल र पहाडको भन्दा धेरै नै सौहार्दपुर्ण छ | सिमा वरिपारि हाम्रो धेरै नै कला-संकृति मिल्छन | हुनत पहाडसंग पनि तेती धेरै फरक भने छैन, तै पनि पहाडी मानसिकतामा भारत प्रति धेरै नै वित्रिस्ना भएको देख्छु मैले | तेही बित्रिस्नाको फल स्वरूप मधेसी नेपाली, नेपालमा काम गर्ने भारतीय र कहिले कहिँ आउने भारतीय पर्यटकहरु माथि पोखिदै आएको छ | जतिनै भारतीय जस्ता देखिनेलाइ हेप्ने गरेता पनि हामी नेपालीहरुलाई हिन्दी भाषा सामान्य भारतीय तमिल-केरलाइटहरुलाइ भन्दा धेरै आउछ | मेरा तमिल साथीहरुलाइ हेर्छु, प्राय तमिल फिल्म हेर्छन, तमिल गीत सुन्छन, तमिलमै कि त अंग्रेजी मा कुरा गर्छन | हाम्रो चाही बाहिर हिन्दीलाई गाली दिने, धोति भन्दै हिड्ने तर मोबाइलमा पुरै हिन्दी गीत राख्ने, हिन्दी चलचित्रको पहिलो सो हेर्न नछुटउने | म नेपाली भाषा या हिन्दी भाषाको समर्थक या बिरोधी होइन, मेरा लागि भाषा भनेको एउटा माध्यम हो, बोल्नका लागि लेख्नका लागि र पढ्नका लागि | जसलाई जुन भाषामा सजिलो हुन्छ तेही प्रयोग गर्छन | तर हिन्दी भाषाले नेपालमा परेको प्रभावमा चिन्तित छु भन्ने अनि घर बसेर बिग बोस हेर्ने !!! भान्सा कोठामा बोलेर मात्रै भाषा र संकृति सुरक्षित हुदैन | त्यो सम्बधित साहित्य, संगीत, चलचित्र आदिको संरक्षण हुने सके मात्रै पुरै भाषाको रक्षा हुनेछ |
आजकल विभिन्न वेब-साइटहरुमा कमेन्टका नाममा इन्डो-नेपाल यूद्द नै हुन्छ | प्राय कमेन्टका स्थरले हाम्रो inferiority complex लाइ स्पस्ट परिदिन्छ | झिना-मसिना कुरामा आफ्नो अमुल्य समयको बर्दाद गर्नुपर्छ जस्तो चाही लाग्दैन मलाई | कमेन्ट युद्धले केहि परावर्तन हुनेवाला पनि छैन | जब हाम्रा २० लाख दाजु-भाई तेही चौकीदारी गर्छन भने कोइ न कोइ ले पुरै नेपालीलाइ चौकीदार त नै देख्छ, पहाडमा सबै भारतीयलाई पानीपुरीवाला देखेझै | राम्रो कुराको, मिठो बचनको सुरुवात आफैबाट गरौ | २० लाख को साटो जब जम्मा २० हजार नेपाली मात्रै भारतमा भाको भए यो वाक युध नै हुदैनथ्यो | तेसैले त्यो २० लाखलाई घटाउने तर्फ नै अग्रसर हौ हामी सबै |
कुरा हुदै जादा एकजना भारतीय साथीलाइ मैले भारतमा नेपालीहरु पनि भारतीय सेनामा छन् भने | फेरी ति साथीले प्रतिप्रश्न गरे, अर्काको देशका लागि मर्न सक्ने तेस्तो देशभक्ति चाही कता बाट आउछ? म उत्तरबिहिन थिए त्यो बेला | मान्छेको सबभन्दा ठुलो आवस्यकता गास, बास, र कपास नै हो , यी भन्दा ठुलो राष्ट्र-प्रेम हुन सक्दैन रहेछ | भारतीय सिपाही हुनु भनेको नेपाललाइ माया नगर्नु पनि त होइन !! पत्रिकाहरुमा सोमपाल कामी (नेपाली क्रिकेटर) र जितु राई (नेपाली भारतीय सैनिक जसले भारतका लागि स्वर्ण पदक जितेका थिए – asiad -2014 मा )का बारेमा नि लेखिएका थिए | केहि खोक्रा राष्ट्र-बादीहरुले जितु राईलाइ गालि गर्न पछी परेनन् | अर्काको जडौरी कपडा लागएर खिया लागेको राइफल चलाएका नेपाली खलाडीहरु पदक बिहिन हुनु पर्यो , तर जितुले भारतले दिएको पृष्ट-भुमिलाइ सदुपयोग गर्दै स्वर्ण पदक नै जिते | उनले भारतको मात्रै होइन नेपालको नाक पनि ठुलो परे | अस्तवस्त खेलकुद राजनीतिको अड्डा नै छ नेपालमा, खेलाडीको भन्दा तेहका अधिकारीहरुको नै सान धेरै छ !! अनि हामि चाही जितुलाई तेसै गालि गर्ने है !!!!! जितुहरु जस्ता धेरैलाई नेपाल लाउने सक्ने वातवरण बनाउनु नै पहिलो काम हो , तर हामी गालि मात्रै त गर्न सक्छौ !!!
अन्तिममा, देश-प्रेम भनेको भारत बिरोध या चिन समर्थन अथवा चिन बिरोध या भारत समर्थन होइन | जुनै देशसंग जस्तो सुकै सन्धि सम्झौता होस् देश को हीतमै होस् | अहिले देशमा धेरै बिकाश गर्नुपर्ने आवस्यकता देखिन्छ, सानातिना उग्र-राष्ट्रबादले देशको बिकाश नरोकौ | इन्टरनेटमा गाली गलौच गर्दैमा केहि फरक पर्दैन, आफ्नो दिमागको फोहोर सफा गर्दै जाऊ | कागले कान लग्यो भनेर कागको पछि नभगौ पहिले आफ्नै कान छामौ | राजनीतिलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न दुताबास धाउने संस्कारको अन्त गरौ | राजनीतिक तवरले समाधान हुन सक्ने कुराहरु आँट गरेर उठाऊ अनि सहमतिका लागि बार्ता गरौ | भारत जादा हाम्रो इज्जत चाहन्छौ भने यहाँ आउने भारतीयलाइ पनि सम्मान गर्न सिकौ | आफु भलो तो जगत भलो !!!!!!

जय नेपाल
कल्पना किरण
सिंगापुर, dec 23, 2014


Sunday, December 14, 2014

महिला र उनको मर्जी

मेट्रिक पास गरेका मेरा बाले मेरी अनपढ आमालाई १८-१९ को कलिलो उमेरमा बिहे गरे, त्यो पनि मागी बिहे | भर्खर बैसमा चढेका बाले १५ वर्षकी आमाको मर्जी अनुसार इच्छा पूर्ति गरे या जबर्जजस्ती गरे त्यो त गौड बिषय नै छ | तर बिहे पूर्व कुनै युवतीलाइ राम्ररी नदेखेका बाले एक्कसी आफ्नो ओछानमा आमालाई देख्दा उनले यौन इच्छालाई कदर गरे या गरेनन त्यो सोच्ने सकिदैन | यसमा नत मेरा बालाई नत मेरी आमालाई दोषी देख्छु | अर्ध-शिक्षित, अर्ध-सचेत बाको जीवनमा आएको त्यो सामाजिक परिबर्तनमा कसको ज्यानलाई कसले राज गर्यो, त्यो सोचनीय नै छ | हामी कस्का मर्जीले जन्मियम त्यो पनि सोध्नै पर्छ |
मेट्रिक पास गरे पछी बाले स्कूल पढाउन थाले, जुन हाम्रो घरको एकमात्र आयको श्रोत थियो | आमाले हाम्लाई, खेतीलाई र बस्तुभाउलाई उतिनै मायाले हेर्ने थालिन | उनले लगाउने हरेक धागामा कित बाका पसिना हुन्थ्ये कित मामालिका दान हुन्थ्ये | उनले खाने जेरी देखि समोसा सम्ममा बाकोनै कमाइ हुन्थ्यो | आमा कतै घुम्न गएको मलाई खासै याद छैन | कि हामीलाई लेर मामाघर गइन कि बासंग कुनै तिर्थ या हस्पिटल गईन | अब रहे बलको कुरा, बाका शरीरमा बग्ने हर्मोनेले नै बालाई आमाभन्दा बलवान बनेको थियो | यसरी हेरक कुरामा बासंग आश्रित मेरी आमाको जिन्दगीमा कसको मर्जी चल्छ त ?
पल्लोपट्टि काकाको घर छ | बेलामै गतिलो पढेका काका ठुलै ठाउमा इन्जीनियर छन् | स्कूल देखि को प्रेमिका बिहे गरेका काकाकी काकी पनि होस्पिटलमा नर्स छिन | नर्सको डिउटी राती पर्दा काकाले नै बच्चालाई हेर्ने, खान बनाउने, घरको काम गर्ने गर्छन | बर्षमा परिवार मिलेर घुम्न गएकै हुन्छन | कहिले अफिस बाट एक्लै एक्लै पनि हिडेकै हुन्छन | घरको आयमा काकीको पनि उतिनै योगदान छ | पढाइका हिसाबले पनि काकी काका भन्दा तेती काम होइनन | यसरी ज्ञान र धनमा काका समान काकीको मर्जीले नै उनको घर चलिरहेको छ |
आजकल, “मेरो जिन्दगी मेरै मर्जी” भनेर धेरै महिलाहरु कुर्लिरहेका हुन्छन | जसको ज्यान उसकै मर्जी हो, यसमा मानवता बुझ्ने सबै मानिसको एकैमत होला | हाम्रो नेपाली समाजमा महिलामाथि हैकम जमाउने प्रचलन पहिले देखिनै थियो | हजुरबाले जिजुबाबाट सिके, बाले हजुरबबाट सिके, मैले बाबाट सिके तर महिला माथि गरिने हैकम र अत्याचारमा निरन्तर गिरावट आएको नै छ | अहिले को बास्तविक शिक्षित वर्गमा शासन गर्ने र शासित हुने क्रमको लगभग अन्त्यनै भैसकेको छ | मुख्यतय तिन महत्वपुर्ण गुणले शासित हुने या शासन गर्ने भनेर छुट्टाउने गर्छ; ज्ञान, धन र बल | वर्तमान परिस्थितिमा नेपाली समाजमा महिला भन्दा धेरै पुरुषलेनै धेरै पढ्ने अवसर पाएका हुन्छन | प्राय पुरुषहरु महिला भन्दा बढि पढेलेखेकै छन् | अनि पुरुषहरुमा महिला भन्दा जान्ने सुन्ने छु भने भावना आफै आइरहेको हुन्छ | अर्कोतर्फ नेपाली प्राय घरहरुमा पुरुषको आम्दानीले नै घर चलिरहेका छन् | स्वदेशमा बसेर होस् या विदेशमा गएर होस् काम गरेर पैसा कमाउने प्रमुख पात्र पुरुष नै हुन् | भगवानले नै महिलालाई शारीरिक रुपमा पुरुष भन्दा अलिक कोमल र नाजुक बनाएकै हुन | अहिलेको सामाजिक परिबेशमा ठुलो महिलाको समूह पुरुषसंगै पूर्णआश्रित भएकाले महिलाको मर्जीको नाराले खासै महत्तो राख्दैन |
अर्ध-शिक्षित नेपाली परिबेसमा जब एउटा बच्चाको जन्म हुन्छ, त्यो जन्मेको बच्चाको लिङ्ग देखिने बित्तिकै भेदभाव सुरु हुन्छ | (हुनत आजकल पहिले लिङ्ग पहिचान गरेर गर्भ तुहाउने प्रचलन धेरै नै फस्टाएको छ) सन्तान प्राप्तिको खुसीमा बाडिने मिठाइको क्वालिटीमा समेत त्यो बच्चाको लिङ्गले धेरै स्थान लिईरहेको अवस्था छ | त्यसपछीको हुर्किने-बढ्ने वातवरणमा त आकास पातालको नै फरक छ | पढ्ने स्कूल देखि अनेकै कुरामा महिलालाई पछाडीनै परिरहेका हुन्छन | क्रमिक रुपमा महिलाहरु कमजोर बन्दै जान्छन | राम्रो शिक्षा नहुनु, राम्रो अवसर नपाउनु ले ज्ञानमा कमी हुदै अन्तत आर्थिक रुपमा पनि महिलाहरु स्वत कमजोर हुदै जान्छन | आखिरमा महिलाहरु पुरुषसंग परजीबी भएर बाच्न बाध्य परिन्छन् | परिवर्तित परिबेशमा पुरुष जतिनै ज्ञान भएकी र आर्थिक रुपमा सवल महिलालाई लड्न धेरै सजिलो भैसकेको छ, जति गार्हो र दुख हाम्रा आमाहरुलाइ थिए | यसरी सबै महिलाहरु पुरुष बराबर हुदै गए सबै महिलाको जिन्दगीमा उनीहरुकै मर्जी चल्ने छ |
भगवानले पुरुषलाई महिलालाई भन्दा अलिक धेरै यौन-इच्छा दिए जस्तो लाग्छ मलाई | पुरुषहरु आफ्नो बंश विस्तारका लागि आफ्नो जवानीको सुरुवात देखि नमरिन्जेलसम्म यौनका लागि सक्षम हुन्छन | अर्कोतर्फ महिलाहरु आफ्नो जीवनका केहि दसकमात्रै सन्तान उत्पादन र यौनका लागि तत्पर हुन्छन | त्यसैले महिलाहरु आफ्नो साथी रोज्ने कुरामा पुरुषहरु भन्दा बढि चयानात्मक हुन्छन | जनावरहरुमा पनि भाले-भाले बीचको लडाईबाट नै सक्षम भाले चुनिन्छ अनि तेही भालेले कयौ पोथीलाई आमा बन्नमा सहयोग गर्छ | पहिले हुने मागी बिहेमा पनि बा-आमाले सक्षम केटा खोजेर नै दिने गर्थे , भलै मान्छेमा सक्षम हुनलाई ज्ञान र अर्थले ठुलो भूमिका खेलेको हुन्छ | अहिलेको शिक्षित बर्गमा पनि यो प्रक्रिया चालु नै छ | अब मैले सुनेका र देखेका केहि कुराहरु लेखौ, हुनत यी बिषयहरु विवादित होलान तर पनि मलाई लेख्ने मन लग्यो | अहिले पनि महिलाहरु बिवाहपुर्ब पुरुष या केटासाथि रोज्ने क्रममा धेरैनै बिसेष हुने गर्छन | धेरै महिलाहरुलाई आफु भन्दा धेरै पढेको , आफुले भन्दा धेरै कमाउने अनि आफु भन्दा सवल केटाहरुनै खोजिरहेको देखिन्छन | यसरी केटाहरुलाई आफ्नो कवजको रुपमा हेर्ने खोज्ने आचरण पनि अहिले महिलाको मर्जीको बाधक भनेको देखिरहेको छु मैले | आफु समान केटासाथीबाट दुख पहिरहेको छु भन्ने केटीहरुको संख्या खासै धेरै छैन |
आजकल शिक्षित बर्गमा धेरैका केटासाथी-केटिसाथी हुने प्रचलन बढिरहेको छ | अहिलेको प्राय सम्बन्धहरुमा दुबैको मर्जी चलेकै देख्छु | अझ केटिहरुकै नियन्त्रणमा बसिरहेको देख्छु म त | कुनै कुनै सम्बन्धहरुमा केटीहरुलाइ केटाहरुले अलि बढि नै दबाएको पनि देखिन्छ | जुन केटि साथी को हिड्ने खर्च, मनोरंजन खर्च, खाने खर्चका लागि केटासंग निर्भर हुन्छन, तेही उनीहरुको मर्जी कम चलेको देखिन्छ | रिसाएर, माया गरेर होस् या स्वंग परेर होस् सधै आफ्नो केटासाथीबाट धेरै अपेक्षा राख्ने केटीहरुले आफ्नो ठाउँ आफै सगुरो बनाइरहेका हुन्छन | हरेक कुरामा बराबर हिस्सा राख्न सके कुनै केटाको पनि हेप्ने आट गर्न सक्दैन र ति केटीहरुका लागि केटाको दिलमा छुटै स्थान भएको देखेको छु मैले | सिप, ज्ञान र आर्थिक रुपमा सक्षम हुनाले नै हरेक महिलाको आफ्नो मर्जी को सुरक्षा गर्ने छ |
http://setopati.com/blog/20778/ यो ब्लगमा विभिन्न कुराहरु उठाईएका छन् | अहिले पनि नेपाली समाजमा एकल पुरुष र महिला दुबैले सन्तान हुर्काएको खासै देखिदैन | सबैको समान अधिकार हो, एकल व्यक्तिले पनि सन्तान हुर्काउन र बढाउन पाउनै पर्छ | पुरुष सरह महिलालाई पनि सम्पूर्ण कुरामा समान व्यावहार हुनै पर्छ | यस्ता कुराहरु कानुनमा नभए नया कानुनहरु ल्याउने र पुराना कानुनलाई परिमार्जन गर्दै लैजानै पर्छ | तर अमेरिका होस् या जर्मनी एउटा बच्चाको कुसल बिकाशका लागि आमा-बुबा दुवै को आवस्यकता पर्छ नै | एउटा अबोध बालकले अर्को बालकलाई सोध्यो भने आमा-बाबु दुबैको नाम सोध्ने नै छ किनकि आमा र बाबु को मिलन नभई एउटा शिसुको जन्मको सम्बभ नै छैन |
अन्य कुराहरुमा महिलाहरुलाई समानता दिलाउनु पर्ने सम्पूर्ण नागरिकको दाइत्यो हो | प्रत्यक कुरामा बोल्न पाउने, चाहेको गर्न पाउने, जान मन लागेको ठाउँ जना पाउने आदि कुरामा बाबारुपी, दाईरुपी या श्रीमानरुपी पुरुषहरुलाई औला ठडाउने अधिकार छैन |
बच्चाको थर चाही आमाको राख्ने या बाउ को राख्ने भन्ने कुरा खासै महत्तपूर्ण छैन | आजकल तेस्रो थर राखेर पनि नागरिकता लिन पाइन्छ तर आमाको नाममा नागरिकता लिनलाई धेरै सहज बनाउनु पर्ने देखिन्छ | एक तिर आफ्नो मर्जी भन्ने अर्को तर्फ बसमा सिट माग्दै हिड्न चाही मिल्दैन | अहिले नेपालमा प्राय बसहरुमा महिलाका सिटहरु सुरक्षित हुन्छन (धेरै सिटमा पुरुषहरु बसेको देखेको छु मैले )| महिला हुदैमा किन सिट चहियो ! सिट बच्चालाई, बच्चाको आमालाई, गर्भवतीलाई, अपांगलाई र वृद्लाई हुनु पर्छ | २५ बर्सकी जवान महिलाका लागि सिट ७० बर्से बुढाले छोड्ने नियमको कुनै तुक नै छैन | यस्ता कानुनले नै महिला लै कमजोर हुन्छन भनेर टिका लगाइदिएको छ | यदि महिलालाई दुर्वबहर हुन्छ भने तेही तेस्को उचित जवाफ दिनुहोस् कानुन र समाजले सबै महिलालाई साथ दिनेछ तर बसमा महिला सिट खोज्दै नहिड्नुहोस |
हिजोआज मर्जी भित्र धेरै कुरा आउछन | हरेक महिला तथा पुरुषलाइ आफ्नो जीवनसाथी संग मानसिक तथा भौतिक रुपले सन्तुस्ट हुने अधिकार छ | यदि आफ्नो जीवनसाथी संग खुसि हुनुहुन्न भने जीवनसाथी बदल्नोस, कानुनले पनि महिलालाई नै धेरै अधिकार दिएको छ यो मामिलामा तर येस्मा पनि महिला स्वावलम्बन ले ठुलो भूमिका खेल्ने गर्छ | अहिले धेरै नेपाली यूवाहरु बाहिर छन्, जसका कारण लैगिक असन्तुलन धेरै बढेको छ | महिलाले आफ्नो मर्जी यहाँ गर्ने पुरुषले आफ्नो मर्जी बाहिर गर्ने भए समाज कता जाला त्यो भन्न निकै कठिन छ | अहिले बैदेशिक रोजगारका कारणले पनि धेरै सम्बन्धहरु तुक्रिदै छन् | अब यसमा कसलाई दोष दिने भन्न निकै कठिन छ, बिदेशिएकालाई लाग्ला आफुले दुख गरेको पैसामा नेपालमा श्रीमतीले मस्ती गर्दै छिन, श्रीमतीलाइ लागि कति एक्लै बस्ने कति आशा मा मात्रै बस्ने !!! यो समस्याको समाधान कसैसंग छैन अहिले | जे भए पनि महिलाको इज्जत उनको यौनांगमा छैन, उनले चाहेकोसंग प्रेम गर्ने सम्भोग गर्ने उनको आफ्नै अधिकारी हो | आफु संग नमिल्ने भए छोडेर नया जीवन सुरु गर्न पाउने उनको नैतिक अधिकार हो | कति जना संग सम्भोग गरिन भनेर तेस्ले उनको अस्मितामा कुनै असर गर्दैन | तर हरेक मर्जी भित्र नैतिकताको बन्धन हुन्छ | मानिसको जीवनमा सबै भन्दा ठुलो कुरा खुसि नै हो, खुसि भन्दा ठुलो नैतिकता पनि नहोला, तर घाटीमा मंगलसुत्र लगाएर रेमिटेन्सको पैसाले परपुरुषगमन गर्न, एउटा केटा साथी पोखरामा अर्को काठमाडौँमा बनाउने एस्तो छुट चाही कुनै महिलालाई पनि नहोला | र एस्तो छुट पुरुषलाई पनि छैन | धेरै आकस्मिक सम्बन्धहरु बनाउने छुट सबैलाइ हुन्छ तर यस्ता कुराहरुमा अगाडी बढ्दा कुरा स्पस्टसंग गरेर बढ्नोस ताकी पछी कसैको दिल नटुटोस!! लिविंग रिलेशनमा बस्न मन छ या सिंगल मदर भएर बस्न मन छ, आँट गरेर बस्नुस, कसैले पनि रोक्न सक्ने छैन !! अहिले यस्ता कुराहरु रोपेर त हेर्नुस पछी आफै बढेर रुख बन्ने छ !!!
अन्तिममा, गाउने, हिड्ने, मनलागेको गर्ने, प्रेम गर्ने, सम्भोग गर्ने अधिकार पुरुषलाई जति छ, महिला लै पनि तेती नै छ | आफ्नो परिधि भित्र रहेर आफ्नो जिन्दगी खुसि बनाउन सबैले पाउनै पर्छ | कथम्कदाचित त्यो परिधि सगुरो लागेमा, पुरानो नाता तोडेर नया बनाउने पनि कसैले रोक्न सक्दैन | तर यो सबै सम्भव हुनाकालागी महिलाहरु पनि ज्ञान, सिप, र अर्थमा पुरुष जति नै सवल हुने पर्छ | अधिकार मागेर पाइएन भने खोस्ने पर्छ, खोस्नका लागि आफु बलियो हुने पर्छ !! अनि मात्र मेरो जिन्दगी मेरै मर्जी सार्थक हुने छ !! घरका सबै काम आफै गरि आइ, पाका पुरुषलाई महिला सिटबाट उठाई तेही सिट मा बसेर अफिस आइ, अनि अफिसमा एसो आफ्नो मन्द मुस्कान छरेर साइडमा बसेर पुरुषलाई आफ्नो काम गर्न लगाएर महिला मर्जीको नारा जपेर केहि हुनेवाला छैन !!!!
  
कल्पना किरण
सिंगापुर
२ dec २०१४ 

Saturday, December 13, 2014

मधेश र संघियता

मधेश र संघियता


आजकल पढ्ने बानी अलिक कम हुने गरेको महसुस हुँदैछ। सर्वसुलव ईन्टरनेट, पढाईदेखी दिक्क, बढ्दो उमेर अनी अबिवाहित पुरुष हुनु यसका कारणहरु होलान। कुर्चिमा बसेर सेतोपती, रतोपती, निलोपती जे हेरे पनि नेपालका निरासाबादी समाचारनै आँखा हुँदै मस्तिस्कसम्म पुग्ने गर्छन्। बिकासका, उन्नतिका आशालाग्दा समाचार नपढेको त महिनौ भईसक्यो। समाचार पढ्दैजादा सि के राउत पक्राउ परे भन्ने समाचारमा मेरा आँखा टक्क रोकिए। एकछिन त अचम्ममा परे सि के लाल किन पक्राउ परेछन भनेर। मेरो आँखालाई भ्रम भएको रहेछ, पुलिसद्वरा समातिएका राउतपो रहेछन, मैले त लाल पो सम्झेछु। सि के लाल त मलाई बच्चैदेखी मन पर्ने विस्लेशक हुन। उनका बिस्लेशणले मलाई धेरै आनन्द दिने गर्थ्यो।

समाचार रहेछ सि के राउतको, फेरी गूगल गरे, को रहेछन राउत भनेर खोज्ने कोशीस गरे। उनी कम पढेको मान्छे होइन रहेछन। क्यम्ब्रिजबाट PhD , अमेरिकाबाट विद्वान भएर आएका राउत एका-एक पक्राउ परे, मनै छक्क परे। खोज्दै जादा उन्का आत्माकथाको केही अंशहरु पढ्न पाए। मैले जती पढे, उनका कुरामा खासै बिमती छैन मेरो पनि। चितवन बस्दा पहाडका भन्थे मलाई, काठमाडौं बस्दा गाउका भन्थे। नेवार घरबेटीले बिहान ५ बजे उठाएर पानी भराउथे। कहिले भाडामा कच-कच, कहिले केमा त्यो सबै कोठामा बस्नेको समान समस्या थियो। तर मलाई नेपाली नै होइन भनेर हेप्ने चाँही गरेनन कहिलै पनि। राउतले भोगेका समस्या भनेको उनले नेपाली हु भन्ने अनुभव गर्न पाएनन, काठमाडौं आएपछी। अरु समस्या चाँही मेरै जस्ता हुन। अफ्नो परिचय राम्रो सँग नहुनु भनेको ठुलै हेपाहा प्रवृति हो। तैपनी नेपालमाथी उन्ले बोलेका शब्दहरु चाँही निकै तिता र कडा लाग्यो। तर उनको गिरफ्तार सही हो या गलत त्यो भन्ने सक्ने ज्ञान ममा छैन।

पृथ्वी नारायणले एकिकरण गरेपछी नेपाललाई ४ जात र ३६ बर्णका साझा फूलबारी भनेका थिए रे। अहिले कती जात कती बर्ण छन तेस्को तथ्याङ्क सरोकारवालासङ्गै होला, तर यो साझा फूलबारी चाँही पक्कै होइन। समानाताका आधारमा, अधिकारका आधारमा सबै जाती र धर्मका मान्छेहरुको बराबर सहभागीता छैन। हामी कतीसम्म पिछडीएका थियौ कि बाहुन / मधेसी को मुटु हुन्न रे, तेसैले आर्मीमा भर्ती गराउन हुँदैन रे। नेवार, मगरहरुलाई प्रशासनमा काम गर्न सक्दैनन रे, आदी इत्यादी। जागिर देखी, दैनिक काम गर्ने ठाउँमा जात, धर्म, लिङका आधारमा बिवेद गरिन्थ्यो। अहिले यि प्रब्रितिमा धेरैनै कमी आएको छ। तैपनी बिवेदको निमिट्यन्न भने भएको छैन। अहिले पनि ब्रिटिश आर्मी हुने बाहुन भेटेको छैन मैले |  

सहर बजारमा अहिले पनि दोकान चलाउने प्राय नेवार नै छन् | आर्मीमा भर्ति हुने मा अहिले पनि मगर गुरुङकै बहुल्येता छ | पहाडनै भए पनि कपाल काट्ने, मिठाई बनाउने प्राय मधेसीमुलका मनिशहरु नै छन् (मधेसी नेपाली र केहि भारतीयहरु पनि )| स्कूलमा पढाउने, कार्यालयमा काम गर्नेमा बाहुन समुदायको बाहुल्यता छ | प्राय हामी सबैलाई नेपाली भनेर होइन भन्ने कोइ छैनन् तर मधेसीमुलका नेपालीलाइ नेपाली हु भन्नलाइ पनि हम्मे-हम्मे परेकोछ | पहाडमा बस्ने अधिकाम्सले मधेसीलाई मदिसे, देसी, धोति आदि सब्दहरुले प्रहर गरिन्छ |

मपनि पहाडको जातिभेदी, रंगभेदी, लिंगभेदी समाजमा हुर्केको मान्छे | म जस्तो भएर जन्मे पनि यहि समाजमा हुर्केर बढ्दै गर्दा मैले पनि यस्ता हेपाहा प्रवृति देखाए होला | तर मेरो योबनको मानसपटलमा मैले गरेको गल्ति हो भनेर भन्दिने मान्छे को एकदमै कमि थियो समाजमा र अहिले पनि कमि नै छ | १३-१४ को उमेरमा घरमा आमाले पाकेको भात खाएर, थालैमा चुठी, दिदि-बहिनीले धोएर सफा बनाएको कपडालगाइ नजिकै को चटपट दोकानमा “ओइ धोति अलि मिठो चटपट बनात भन्न पुग्थे” | तेती बेला मलाई तैले एस्तो भन्न हुन्न भनेर सम्झाउने बुझुर्कको फेला पर्ननै समय लग्यो | पछि एक जना काकाले कान निमठेर आफु भन्दा ठुलैलाइ सम्मान गर्न सिकाउनु भयो र भित्रै देखि सम्झाउनु भयो अनि मलाई ग्लानि भयो | मैले आफ्नै नेपाली दाजुको बेइज्जत गरेको थिए | हाम्रो समाजमा यस्ता काकाहरुको अभाव हुनु नै अहिले को प्रमुख समस्या हो |  

अहिले लाग्छ मैल त्यो सानो उमेरमा ति चटपट बेच्ने दाजु को सम्मान कहिले गरिन| मलाई थाहा पनि छैन कि मैले यो हेपाहा काम कताबाट सिके भनेर| मैले पनि अरुले गरेको देखेरैनै त गरेहोला | त्यो उमेर मा मैले तराई/मधेश बुझ्न सकेको थिइन | अलि ठुलो भएर मधेश आएपछि मैले पहिलो पल्ट समथर भुमि देखे अनि तेस्को महत्तो बुझे | सानोमा मलाई अलि काले भएकाले धोति पनि भन्ने गर्थे र म रिसाउथे पनि | पहाडमा अहिले पनि काले लै धोति भनेर गालि दिने चलन छादैछ |
पहाडी मानसिकतामा सानो र ठुलो कामको धेरै नै भिन्नता थियो| दार्ही काट्ने, चटपट बनाउने, घर-घरमा गएर समान बेच्ने आदि कामहरु साना कामका रुपमा लिनिथ्यो| र ति सानो काम गरेर धेरै आर्जन गर्ने मधेसीदाइहरुलाइ चाही तेही काम को आधार मा नै हेपिथ्यो | अहिले मैले लेखेका प्रवृतिहरु मा आमुल परिबर्तन आइसकेको छ | मानिसहरु धेरैनै शिक्षित भैसकेका छन् |  

आजकल मधेसी साथीहरुको फेसबूकमा स्वायत्त मधेस प्रदेश र कोहिका छुटै मधेश देशको मागले आइरहेका छन् | धेरैले पहाडिया शासक मुर्दाबाद भनेर नारा लागएको देख्छु| एकछिन सोच मग्न हुन्छु मैले या मेरा परिवारले मधेशको सासन गरे होला र ? खेति किसानी गर्ने आमा, स्कूल पढाउने बा अनि विदेशिएको म | अनि पुरा पहाडियाको नाममा साथिहरुलेनै गालि लेख्छन बा!!! ( बरु मलाई मेरै मधेसी साथिले थर्काएर रक्छ)

समस्याको सुरुवात, जब नेपाल राष्ट्र बन्यो तेही बाट सुरु भयो| नेपाली पोशाक दौरा सुरुवाल टोपी भयो, हेर्दा पहाडिया देखिनेहरु नेपाली भए, राष्ट्रिय जनावर गाइ भयो| कुनै मान्छेलाइ अमेरिकन ड्रेस कस्तो हुन्छ भनेर सोध्यो भने वल्ल नै हुन्छ होला| जे लगायो तेही ड्रेस हो| हाम्रोमा चाही अस्ति सम्ममा नागरिकतामा ढाका टोपी हुने पर्ने बाध्यता थियो | के ढाका टोपी नालागाइकन नेपाली हुन पाइदैन र? नेपालभरि बोलिने भाषा नेपाली भयो| नेपालीकै पढाई हुन थाल्यो| सबै प्रसासनिक काम नेपालीमै अनि परिक्षाहरु नेपालीमै| बिस्तारै नेपाली भाषा नबोल्ने हरु पछाडी पर्ने थाले | प्रसासकिया पदमा नेपालीभासी पहाडीहरुको बाहुल्य हुन थाल्यो | मधेसी नेताहरु नभएका पनि होइनन तर जनसंख्याको हिसाबले संबिधानसभाको चुनाब अगाडी सम्म मदेशी को अनुपात धेरै नै काम थियो | भएका जति मधेसी नेताहरु पनि आफ्नो निजि स्वार्थ भन्दा अगाडी कहिले बढ्न सकेनन | सबैको समस्याको समाधानको केन्द्रबिन्दु रहेको संबिधानसभाको समानुपतिमा पहाडी मधेसी सबै नेताले आफ्ना नाता-गोता नै प्यारा देखे | मधेसी नेताहरुले चाहिएको भए अहिलेको मधेश धेरै बिकाश भैसकेको हुन्थ्यो | दोष पहाडीमुलका नेताका धेरै होलान तर मधेसी नेताहरुको स्वार्थ पनि मधेश बिकासको ठुलो बाधक रही आयो | शिक्षाको सिंचाई बढ्दैगए पछी अहिले पहाडीहरुको मानसिकता पनि परिबर्तन हुँदैछ अनि मधेसीहरुलाई पनि आफु दबियो स्पस्ट ज्ञान हुदै गएको छ | प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, प्रहरी प्रमुख, मेजर आदि प्राय सबै पहाडिया मुलका नै धेरै होलान | तेही भएर धेरै मधेसीलाई लाग्दो हो कि हामीलाई पहाडीले सासन गर्दै छन् | जनसंख्या र ज्ञानका हिसाबले जति मधेसीहरुको सहभागिता हुनुपर्ने हो तेती भएको चाही छैन | अहिले आरक्षण आए पछी भने मधेसी हरु को राम्रै सहभागिता हुन थालेको छ |

रंगभेदका कुरा भनेको यात अशिक्षितले यात पढेर पनि अनपढ नै रहेकाले गर्ने हो | कसले कति हेप्ने भन्ने कुरा दुवै हेपिने र हेप्ने को सामाजिक र आर्थिक स्थरमा भार पर्ने कुरा रहेछन | पैसावाला मारवाडीलाइ पहाडको कुना कुना पनि तेती धेरै हेप्ने गरिन्न | किनकि तिनीहरु आर्थिक रुपमा सवाल छन् | श्रमलाई अनास्था नगरिकन काम गर्ने अनि राम्रो आम्दानी गरेर घर चलाउने मधेसी जुन पहाडमा अहिले पनि छन् तिनिहरु नै धेरै हेपिनेमा पर्छन | जबसम्म गाडीका खलासी देखि घरबेटी सम्मलाइ उचित बिबेक र शिक्षा दिइदैन तबसम्म ठुलो या सानो रुपमा यो समस्या अलि अलि रही रहेनछ |

एकजना नेपालीलाई मधेसीहरुले छुटै देश मागे भन्दा कन्सिरीको रौनै तात्छ होला | नया देश माग्ने भनेको सानो कुरा पक्कै होइन, त्यो पनि अबिकसित र अनपढ मानिसले भरिएको समाजमा, जहाँ पैसामा सबै कुराहरु बिक्छन | स्कोटल्याणमा झैँ जनमत संग्रह गरेर निर्णय लिने भने फेरी २२-२४ सय राज्य हरु बन्न बेर छैन | आर्थिकरुपमा सवल हुन सक्ने र पिछाडीयका जातिको राम्रो सहभागिता हुन सक्ने राज्यहरुको निर्माण अहिलेको अवास्येकता हुन आएको छ | संघिय राज्यको बिकाशले अहिलेको उथलपुथल सम्मे हुने देखिन्छ | राज्यहरु कति हुनेछन, कसरी चल्ने छन् यी सबको लेखाजोखा गर्ने सामर्थ्य मेरो अक्कल भन्दा बाहिरको कुरा हो |

छुटै देश या छुटै राज्य बनेर यो हेपिने र हेपाहा प्रवृतिको निकास होइन | यसले हेप्ने र हेपाई खानेलाइ अलि टाढा टाढा राख्ने मात्रै हो | मधेस छुटै देश या राज्य भनेर पहाड मा गरिने भेदभाव कम एकै दिनमा कदापी हुने छैन | यो समयले बिस्तारै लाउने परिवर्तन हो | बर्षौसम्म मैथिली बोलेर जनकपुरमा बसेको केटो उच्च शिक्षाको लागि काठमाडौँ आउथ्यो, अनौठो लवजमा नेपाली बोल्थ्यो, र अनेक किसिमका विभेद सहन बाध्य हुन्थ्यो | राज्यहरु बनेपछि मधेसमानै सबै समस्याका समाधान होलान र पटक-पटक काठमाडौँ आउने बाध्यताबाट मुक्ति पाउनेछन | मधेश राज्य बनेसी तेही हुने पहाडीमुलका मानिसको हैसियत के हुने हो त्यो पछी समयले देखाउने छ | अनि मधेश राज्यको विकासले देखाउने छ आखिर मधेश बिकाश नहुनु को कारण के रहेछ भनेर |

देशमा प्रजातन्त्र आएको धेरै नै भैसक्यो तर पार्टीमा अनि गाउमा प्रजातन्त्र आएको छैन | नत कुनै पार्टीमा प्रजातान्त्रिक पद्धती को प्रयोग हुन्छ नत त्यो संस्कार विकास हुने संकेत नै छ | संघियेता आउला राज्यहरु बन्लान तर ति राज्यहरु समाबेशी हुन्छन कि हुदैनन् तेस्को विचार धेरै नै गर्नु पर्ने देखिन्छ | मधेश अहिले पहाडीहरुले सासन गरे भनेर उम्लिदै छ, तर पछी मधेसी बाहुनहरुले मात्रै सासन गर्ने भएमा संघियता को कुनै तुक हुने छैन | अहिले पहाडी सासकको गालि खाएकाहरु पछी मैथिली भासीको गालि सुन्न बाध्य हुनेछन | अब बन्ने संबिधानमा र नया राज्यहरुमा सबै जति सबै भाषा सबै लिङ्ग को समान सहभागिता र प्रतिनिदित्यो हुनै पर्छ | मधेसी का नाममा सम्पन्न मिश्र, झा र यादवहरुलाइ जनजाती को नाममा धनि नेवार अनि मगर हरुलाई दलित को नाममा केहि सम्पन्न दलितहरुलाई राज्य सुम्पदैमा केहि लछार पाटो लाग्ने छैन | यसले नया-नया सी के राउतहरुको जन्म लीईरहनेछ|

भाइचारा बढाउने सामाजिक समन्वयले हो | हामीलाइ पहाडी केटा भन्ने काकीले आफ्नी दुइ छोरीको बिहे पहाड गरेपछि तराई र पहाडलाइ उस्तै देखिन | यसरीनै २-४ ओटी नानी-बाबुहरु पहाडी र मदेशी विच साटासाट हुदै गएमा हेपिने र हेपाहा प्रवृतिको बिस्तारै आफै अन्त्य हुनेछ | ८-१० ओटा मधेसिको घर पहाडी गाउ गाउ मा बने भने आफैमा प्रेम बढ्दै जाने छ | यसका लागि घर घरमा प्रजातन्त्र र संघियता आउने पर्ने देखिन्छ |

मधेशको मुस्लिम होस् या पश्चिमको दलित, पूर्वको लिम्बु होस् या पहाड को गरिब बाहुन, सबैको साझा फुलबारी बनोस, आरक्षण आवस्यक मानिसको हातमा मात्रै पुगोस | आर्थिक रुपमा सक्षयम राज्यहरु बनुन | राज्य –राज्य बीच राम्रो समन्वय रही रहोस , नेताहरु आफ्ना स्वार्थ भन्दा बाहिर आएर देश र जनताको सेवा गर्न सकुन | सबै जति धर्म लिङ्गका मानिसका बराबर उन्नति होस् | रंग, काम अनि जन्मेको ठाउँ ले केहि फरक नपरोस | सधै राम्रा अनि प्रगतिका खबरले यी दुइ कान ले सुन्न पाइराखुन|

जय नेपाल
कल्पना किरण
Singapore
६ नोव २०१४