Wednesday, February 17, 2016

बनावटी प्रिया

­जति आउछ, त्यति मात्रै बोल प्रिय,
नत्र हरेक शब्दहरुका अर्थ म केलाउने छु,
प्रत्येक गलत शब्दमा तिम्रो अबमुल्यन हुनेछ
तर बास्तबिकता, तिम्रो बेबकुफिमा नै मेरो प्रेम अड्केको छ !

                                                          
मुहारमा लेपन धेरै नलगाउ प्रिय
मेरो नजर केवल फुस्रो तिम्रो मुहारमा नै अल्झिनेछ
श्रृंगार त केवल दुर नजरका लागि मात्रै हो
यी हातहरु श्रृंगारबिहिन तिम्रो चेहेरामा मात्रै सल्बलाउने छ !


अग्ला चप्पलहरुमा धेरै नकुद प्रिय
एक-एक चालहरुका आवाज म ध्यानले सुन्नेछु
सहि हिड्यौ या गलत, तिमीलाई नै ज्ञान होला
तर चार दिवार भित्र तिमी चप्पल बिना नै हुनेछौ !


किम्ती र बाक्ला पहिरनले कामुक नबन प्रिय
तिम्रो कमुकतामा म आफु उत्तेजित हुन खोज्नेछु
फेरी म मा उत्तेजना नआउन पनि  सक्ला
किनकि मैले हेर्ने तिमी नांगी हुनेछौ !


तिमी भित्रको मासुम मुर्खतामा रम्न मन छ
ति ओईलाएका फुस्रा अंगहरुमा खेल्न मन छ
तिमी भित्रको असली “तिमी” हेर्न मन छ
त्यो “असली तिमी”लाई नै औधी माया गर्न मन छ


By kalpana kiran

Feb 18 2016

Saturday, January 16, 2016

चप्पल र कपडा


त्यो चुडेको चप्पलको तुना,
पोलेर गासेको अस्ति मात्रै हो जस्तो लाग्छ,
तर अहिले यी काला पाऊहरुमा “नाइकी” आइसक्यो,
तर मेरो देश अहिले पनि, चुडेकै चप्पलमा लम्किरहेको छ !!


काखीमा उध्रेको लुगामै कट्यो हाम्रो बाल्यकाल
आजकल यहि बदन ब्रान्डेड कपडामा बेरिने भैसक्यो  
तर देशले आफ्नो च्यातिएको महिलो कपडा अहिलेसम्म फेर्न सक्या होइन !!


कहिले गोरा आए त कहिले काला  कहिले राता 
त्यही फाटेको चप्पल, उध्रेको लुगा देशलाई ओडाए
काँडाले देशलाई कोपेको कहिले महसुस गरेनन्,
नत कपडा गनायो भनेर नै धुने कोसिस गरे !!


सबैमा रहर छ, मैले नै यी चप्पल फटाऊ भन्ने  
सबैको मृग-त्रिसना, मैले नै धेरै यो कपडा फोहर पर्नु पर्यो भन्ने
२-४ पलमै फेरी अर्कोले खोस्यो,
यी पुराना चप्पल कहिले एता त कहिले उता,
तर नयाँ हुन कहिले पाएनन् !!


चप्पल राम्रो बनाउ भन्ने, कपडा सफा राखौ भन्ने
खाली नारा मात्र भो, सबैले आफ्नो मात्रै राम्रो राखे
तर देशलाइ सधै दुखिरह्यो, सधै गनाइरह्यो,
हामी केवल मुखदर्सक भएर बस्यौ !!


दान दिने धेरै आए, सहयोग गर्ने धेरै आए
नत सहयोग लिन सकेउ, नत आफै गर्न नै
दोष खाली अरुकै मात्रै, आफु चाही सधै चोखो रह्यौ
र देशलाइ सदियौ देखि दुख मात्रै दिई राखेयौ !!


नयाँ कपडामा बेर्न मन छ देशलाई,
नयाँ चप्पल किन्दिने पैसा पनि छ,
तर डर खालि दिएका कुरा कसले लान्छ भन्ने मात्रै हो
कानुनले चल्ने देश बनाउं, चप्पल-कपडा मात्रै होइन
पुरै देशको मुहार नै फेर्नु पर्ने छ,
ख्याउटे, निर्बल देश फेरी एकदिन बलियो बनाउनु पर्नेछ !!


आफ्ना लुगा जस्तो भए पनि,
विदेशमा देशकै लुगाको कदर हुने रहेछ
आफु जति नै महँगो अत्तरले मग-मग भएनी
अरुले खाली देशकै गन्ध सुघ्ने रहेछन !!


म पनि सुकिलो हुन चाहन्छु,
म पनि बास्नादार हुन चाहन्छु
तर यो सम्भव देश सुकेलो भएर नै हुने रहेछ
तर यो अनुभव देश फूलेसी मात्रै सम्भव रहेछ !!


 Kalpana Kiran
16/1/2016
https://twitter.com/jeevanadhikari




Monday, October 19, 2015

गुम्सिएका ज्वारभाटाहरु

अस्ति भर्खर गएको मेरो जन्मदिनले ठ्याक्कै २७-२८ बर्ष कति पुर्यायो गन्ने कष्ट पनि गरेकी छैन | यो उमेरमा जन्मदिन आउनाले खुसि भन्दा धेरै दर्द दिने गर्छ | आमालाई सोध्ने हो भने त पुरै २९-३० नै पुर्याईदिन्छिन | यो लगनले भरिएको बसन्त हृतुमा फेसबुक खोल्यो कि २-४ जना संगिनीहरु डोली चढेको देख्न पाइन्छ | कसैले टम्म परेको पेट, कसैले पेट टम्म हुनुभन्दा पहिलेका प्रेम-लापका तस्वीरहरुले फेसबुक रंगाएका हुन्छन | हर्स-बिस्मातहिन मेरो मन केहि सोच्दैन तै पनि यी हातहरुले कमेन्ट र लाइक दिन पछी पर्दैन | भर्खर बिहे भएका या भर्खर सन्तान प्राप्तिको खुसि मिलेकाहरुलाई के नै कमेन्ट गर्न सकिन्छ र, कस्तो राम्रो जोडी, गड मेड भन्यो, कस्तो राम्रो बच्चा, सो किउट भन्यो आदि |

मास्टर्सको पढाई लगभग सकिन लागिसक्यो | अन्तिम परिक्षा र थेसिस मात्रै बाकि हो | जाचलाइ जति पढे पनि मिल्ने उतिनै हो जस्तो लाग्छ, थेसिस त झन् किन्नै पाइन्छ भन्छन्, चाहने हो भने ! हाम्रो चारजना संगीनिहरुको ग्रुपसंगै बस्दा खासै पढाईको कुरा पनि हुन्न | अन्जु हामी मध्य सबै भन्दा राम्री छे, उसका आसिकहरुका कुरा गर्ने भए पुरा दिन नै सकिन्छ तर त्यो लिस्टमा भएका केटाहरुको नाम सकिदैन | सरिता अलि मोटी छे, जो एउटा एकदमै माया गर्ने मोटेको खोजीमा छे | हाम्ले दुब्लो केटो भए हुन्नर भन्दा फेरी सुहागरातमा करंग भाचिएलानि भनेर मज्जाक गर्छे | सुस्मा पातली भएपनि कुरा चाही ठूलोनै हुन्छ, टि.यूको घासे मैदानमा बसेर देशनै चलाउला झैँ गर्छे | तेस्को गफ जति सुने पनि अर्को कानबाट उडेर जान टाइमनै लाग्दैन ! मेरो जीवन चाही सुन्य छ, भन्ने कुरा नै हुदैन | हामी चारैजनाको उमेर लगभाव २६-२७ माथि नै होला, तर सबैभन्दा रस-बिहिन जवानी मेरै होला |

सबैले आफ्नो आफ्नो कहानीहरु हसाइ हसाइ सुनाई रहेका हुन्छन | अन्जुले गाउको सरकारी स्कूल पढ्दा, स्कूल छोडी भागेर खोलाको तिरमा डेटिङ गएको कहानी सुनाइ | केटो नजिकिदै चुम्मिन खोज्दा भो एस्तो कुरा त बिहे पछी भन्दै भागी रे | स्कूल पछी अन्जु कता त्यो केटो कता सानो कथा तेही सकियो | बीचमा घारकाले थाहा पाएर उसकी आमाले लामो नैतिक शिक्षा नै दिईछन् | सरिताको बिस-हजारी तालको कहानी त झनै रमाइलो थियो, केटो पछी मणिपालमा डाक्टर पढ्न थालेसी अर्कैसंग बेस्त हुन थाल्यो रे | सुस्माको कुरा सुन्यो भने त मेरो आङनै सिरिङ्ग हुन्छ | जे होस् केटिहरुले आफ्नो यौबनको सानो-तिनो तितो-मिठो अनुभव बटुलेकै छन् | मलाई सुना भन्छन, भन्ने शब्दनै छैन |

मलाइ याद छ, पहिले पटक मेरो यौनअंग रक्तरंजित हुदा | भर्खर १२-१३ को थिए होला, आमा भन्दै कराए, उनि दर्गुर्दै आइन | एसो हेरेर उनको पुरानो पेटिकोटको टुक्रा दिंदै भित्र अँधेरो कोठामा लगेर राखिन, ५ दिन सम्म बाबा र दाइलाइ समेत हेर्न पाइन मैले | तेसपछि म भित्रका शारीरिक परिवर्तनहरु बिस्तारै देख्नथाले | सानो-तिनो कुरामा रिस उठ्ने, चाडै खुसि हुने, प्रेममा अलप हुन मनलाग्ने आदि |

मेरी आमा कडा हुन् र छिन पनि | चाहेको खण्डमा दाइ र बाबालाई नारेर गोरुझैँ जोत्न पनि सक्छिन | बिचारा बाबा केहि बोल्न सक्नु हुन्न आमाको अगाडी, दाइ पनि आमाको घमण्डको अगाडी घुडा टेक्नुहुन्छ | बैनी र मेरो राम्रो स्थान हुनेत सम्भावना नै रहेन | केटासंग बोल्नु, हिड्नु भनेको पाप नै हुन्थ्यो, आमाको आखामा |

आठ कक्षामा एउटा केटोले मलाई हेरेको हेरै गर्थ्यो | उसका १०० नजरहरुसंग कहिलेकहिँ मेरो १ नजर जुद्थ्यो पनि | पछी तेस्ले मलाई औधी मन पराउछ रे भनेर अर्कीले सुनाई | मलाई पनि ठीकै लाग्थ्यो, हेर्दामा लुरे भए पनि, पढ्न र कुरा गर्न राम्रै थियो | कहिले कहिँ थापानीको दोकानमा समोसा-तरकारी खान जाम भन्थ्यो तर म कहिले गईन | तर तेती बेला आमाको डर चाही थिएन म भित्र | उसले बोलाउदा चाही राम्रैसंग बोल्थे म | २०५७-५८ सालको नया वर्ष थियो, त्यो केटाले हृतिक रोशन र अमीषा पटेलवाला पोस्ट-कार्डमा हेप्पी न्यु इअर भनेर दियो | One glass whiskey, one glass beer, on my dear happy new year”  लेखेको थियो | मैले कार्ड अस्विकार गरिन | किताबको बीचमा हालेर ल्याएको कार्ड बैनी र मैले हेर्दै थियौ, यतिकैमा आमाले देखिन | अरु सबै अंग्रेजीमा लेखे पनि नाम चाही नेपालीमै थियो जुन मेरी साक्षर आमाले सजिलै पढ्न सक्थिन | आमाले हातबाट थुतेको त्यो पोस्ट-कार्ड एकैछिनमा धुजा-धुजा भयो | येही जाबो पोस्ट-कार्डको निउमा आमा म माथि जाइलाग्न पुगिन, अनेक तिता-नमीठा गालिसंगै मेरो कपालको अलिकति मालिस पनि भयो | मैले त्यो केटासंग न राम्ररी बोले न कहिले हिडे, न मसंग कुनै स्पष्टीकरण सोधियो | भयो त सिधै भौतिक कारबाही जस्तो, त्यो बेलामा माओबादी छापामारले गर्ने जस्तो | त्यो दिन आमाको मुखबाट आएको गाली चाही त्यो केटासंग सुते बराबरको थियो | उनले आफ्नो उत्कण्ठा पुरा गरेपछी, आफ्नो धन्दामा लागिन | मेरा आँखाबाट ४-५ दिन सम्म ओभानो हुन सकेन तर त्यसको हेक्का कसैलाई पनि भएन |

त्यो घटना पछी नै मेरो मन मरिसकेको थियो | प्राय केटिहरुकै बीचमा नै बसिरहेको हुन्थे | केटीहरुको बीचमा त्यो केटा आउन सकेन | एस.एल.सी. पास भएसी ११-१२ साइन्समा सुरु भयो | +२ को बिज्ञान पढ्न मा जस्तो मध्यम बिद्यार्थीलाइ सजिलो चाही थिएन | नयाँ नयाँ साथीहरु भेट हुन थालेका थिए | म भन्दा स्मार्ट, रंगिन, र रसिला पनि | लोभलाग्दो गरि ड्रेसअप गर्न उनीहरुले नै सिकाए | लगाउने कुरामा चाही मलाई खासै समस्या थिएन मेरी आमालाइ, जे लगाए पनि खासै फरक पर्दैनथ्यो | केटीहरु केटाहरुसंग बोल्न र ह्यान्डल गर्न राम्ररी जानेका थिए | मैले अरु केहि नगरे पनि राम्री देखिन चाही सिके | उमेर संगै शरीरको पुस्टता बढ्दै थियो, अंगहरुमा रस भरिएर टम्म हुदै गएको महसुस हुन्थ्यो |

चितवनमा साइकलको फेसन त औधी थियो तेती बेला | घरबाट कलेज यात्रा साइकलमै हुन्थ्यो | अलि परबाट मेरो घर हुदै जाने एकजना केटा थियो | बोल्दिन भन्दा भन्दै पनि बिस्तारै बोलचाल हुन थाल्यो | सधै कुरेर संगै जाने त गरेको थिएन तै पनि संगै हुदा साइकलको स्पीड कम गरेर गफ गर्दै जन्थेउ हामी | फिजिस्कमा धेरै कुरा आउथ्यो उसलाई, तै पनि बायोलोजीको कुरा गर्न खोज्ने गर्थ्यो | उसंग संगै कलेज जान चाही रमाइलै लाग्थ्यो | कोइ मिल्ने केटा नजिकको साथी हुदा पनि रमाइलै लाग्ने रहेछ | मैले आमालाई बिर्सिसकेको रहेछु, एकदिन आमालाई हास्दै कुरा गर्दै आएको देखिन | अनि फेरी सुरु भयो उनको दमन र गालिका शृंखलाहरु | बाहिर केटासंग मस्त कुरा गर्दै हिड्दा के भन्लान अरुले भन्ने तनाब थियो आमालाई | मैले त कुरा मात्रै पो गरेको थिए | खै मलाई चाही आमाले बेस्याकै रुपमा हेर्छिन कि जस्तो लाग्थ्यो कहिले कहिँ त | दाइ र बाबा बोलेर पनि केहि गर्न सक्ने होइनन | कसै संगै बोल्दैमा जवानी सुम्पिदैनन होला नि |

खै मेरो प्रेम थियो थिएन त्यो थाहा छैन तर मेरो कलेज जाने बाटो परिवर्तन भयो, आनी बानि परिवर्तन भयो | खै आमाले आफ्नो जवानीमा के गरिन कस्तो दुख पाइन् केटाहरुबाट, त्यास्तो कस्ट हाम्ले नपाउम भनेर केअर गरेकी पनि होलिन तर उनको बानिले गर्दा आफू भित्रको जवानी तेसै सेलाउदै गएको भान हुन्थ्यो | अहिलेको जस्तो फोन फेसबुक इमेल थिएन तेती बेला बिस्तारै बोलचाल बन्द भयो, उ अर्कै संगै गफिन थाल्यो र म आफु भित्रका ज्वारभाटाहरुलाई सम्हालेर राखीबसे | स्कूलले केटो १० क्लास पछी गायब भयो, यी साथी १२ पछी विदेश पलायन भए रे | १२ पछी एक-डेड साल एता-उता हेर्दा हेर्दै अन्तिममा त्रिचन्द्र क्याम्पसमै जानु पर्ने भयो | जहाँ मैले मेरा अरु ३ जना सहेलीहरुलाइ भेटे | कुरा गर्दै जादा केटीहरुका किशोरअवस्थाका कहानीहरु मेरा भन्दा धेरै कामुक, शृंगारिक, र मनोरम छन् | उनीहरुको घरमा केहि नभन्ने भन्ने त होइन तै पनि पहिले स्पष्टीकरण सोधेर अनि सम्झाउने गरिन्थ्यो |

स्नातकको बीचतिर पुग्दा नितम्ब, वक्ष आदि पूर्ण रुपमा परिपक्क भैसकेको महसुस गर्थे | अब यो भन्दा राम्रो हुने खासै ठाउँ थिएन जस्तो लाग्थ्यो | तर मेरो सुन्दरता त्यासै ओइलाएर जान लागेको भान हुन्थ्यो | मेरा हातहरु कसैलाई बाध्न आतुर थिएनन्, मुख कसैसंग बोल्न खोज्दैनथ्यो, ओठहरु कसैको ओठसंग लिप्त हुने त धेरै परको कुरा थियो | केटिहरुका साना-ठुला किस्साहरु सुन्दा पनि कहिले उत्तेजना भएन ममा | उनीहरुले खाएको चुम्मन मलाई चुइगम खाएको सरह लाग्थ्यो, उनीहरुको प्रेम परिवर्तन भैरह्यो तर म चाही भावबिहिन भएर जीइरहे |

चारै जनाको नाम टि.यू. केन्द्रीय क्याम्पसमा निस्केपछि सबै त्यही पढ्ने भयौ | दोस्रो सालको जांच पछी केटीहरु घरतिर लागे, मपनि घर मै बसेर थेसिस लेख्ने सोचे | घरमा अलि अलि पढेको जस्तो गर्यो, नत्र घरको भान्साको काम, आमालाई दईसंग स्काईपमा बोल्न लगिदियो आदि गर्दै समय बिती रह्यो | अइना हेर्दा छालामा साना-साना चाउरी देखिन थालिसकेका थिए | २३-२४ को छाला र २७-२८ को छालामा धेरै नै फरक हुने रैछ | कोमल छाला चिल्लो हुदै चाउरीदा पनि मेरा यी गालाहरु कसैको स्पर्सका लागि लालाहित थिएनन् | संगैका साथीहरुको बिहे हुदा पनि बिहे गर्न रहर एकरति पनि थिएन मभित्र | संगीनिहरुले आफ्नो यौनरसलीला सुनाउदै गर्दा अलिकति कौतुहलताको महसुस पनि हुन्नथ्यो | आमा भने केटा खोज्नमा लागिपरेकी छिन | राम्री, पोटिली, पढेकी छोरीमा सबै कुरा छ जस्तो लाग्छ उनलाई | तै पनि उनले मेरो रहर र चाहना कहिले बुझिनन् |

एकजना अस्ट्रेलियामा पी.आर भैसकेका केटाको कुरा आएछ, आमाले उसको फेसबुक हेर्न भ्याईसकिछन | केटो राम्रो-खाइलाग्दो नै देखिन्थ्यो | मैले पनि हेरे, अरु बैनीहरुले पनि हेरे | कसैले राम्रो त कसैले के यो नराम्रो त्यो नराम्रो भन्न थाले तै पनि मलाई न केहि राम्रो लग्यो न केहि नराम्रो, आमाले भनिन मैले हेरे | पछी फेसबुकमा एड पनि भइयो, उताबाट पटक-पटक हाइ-हेल्लो म्यासेज आइरहन्थ्यो | मन लागे अलि-अलि कुरा गर्थे नत्र त्यसै सीन गराएर छोडीदिन्थे | पहिले पहिले धेरै नै म्यासेज गरे, पछि कम गर्न थाले अनि कुरा कता आल्जियो कता | आमा कराईन तर यस्तो कुरामा जबर्जस्ति नै गर्ने आँट चाही थिएन उनमा | २७-२८ को उमेरमा पनि लिंगबिहिन भएको झैँ लाग्थ्यो, कहिले कहिँ समलिंगी त होइन भनेको जस्तो पनि लग्यो | तर यो पनि सत्य थिएन | ममा केटाप्रति आउनु पर्ने भावना पूर्णरुपमा मरेको थियो, कुरा तेती मात्रै हो | राम्रो केटा छोड्नु परेकोमा आमाको मन चुकचुकी रहेको थियो | तर छोरीलाइ राम्रो केटा नपाउनेमा उनलाई केहि संका थिएन | अरु जे भए पनि हाम्री आमाले छोरा-छोरीलाइ राम्रो पढाएर स्वभालम्वी बनाउन चाही कुनै कसर बाकी राखेकी थिइनन |

पछी सिंगापुरमा पी.एच.डी गर्दै गरेका केटाको कुरा आयो | फुपूले केटाको घर राम्रो, परिवार राम्रो छ भनेर आमालाई फोटो नै देखाइन | आमाले मलाई देखाइन, अहिलेको केटो पहिले को भन्दा राम्रो त होइन तै पनि देखाएसी हेर्ने पर्यो, मैले फेसबुकमा खोजेर सर्च पनि गरिन | हल्का-काला बर्णका चस्मा लगाउने, डल्ले-डल्ले सगर नामको केटाबाट फेसबुकमा मित्र अनुरोध आयो | फेसबुकमा एड भएसी अलि अलि कुरा भयो, मैले उनका प्रश्नहरुका जवाफ दिए तर मैले केहि सोधिन | कुरा गरेको केहि हप्तामा नै उनि नेपाल आए, कता-कता कुरा हुदै भेट्ने कुरा भएछ | आमाले मलाई भेट्न जा पो भनिन | अहिलेसम्म केटाको १ मिटर नजिक जादा पड्किने आमा अहिले केटा भेट्न जा भन्दा अचाम्मै लाग्यो | मलाई मननै थिएन तर सबैले जा भन्दा म सानो नानुलाइ लिएर भेट्न गए, सिविल मलभित्र | उनि तेही कुर्दै रहेछन | बसेर कफी खाइयो, एकछिन कुरा भयो, उनले पढाइको बारेमा सोधे, अनि एसो अरु साना-तिनी कुराहरु | मैले केहि सोधिन र खासै बोलिन पनि, फोन नम्बर मागे मैले छैन भनेर आलटाल गरे | घर फर्किएसी उनले एकदमै मन पराएको जानकारी आयो, मेरो मन चाही सुन्य नै थियो | सबैले कर गरेसी मैले बिहे गर्दिन भन्न सकिन, सबैलाई खुसि पर्न बिहे हुने भयो | बिहेका लागि म भन्दा मेरा परिवार उत्साहित देखिन्थे, अनि सागर पनि अति उत्साहित थिए | यस्तो लाग्थ्यो कि म नभए सागरले अर्को केटि नै नपाउने हुन् जस्तो | ५०-६० जनाको जन्ती जति लिएर आए इन्जेज्मेंटको लागि, १० दिन पछी बिहे निश्चित भयो | बिहेका लागि सबै किनमेल मै बेस्त थिए, मैले नापो दिने बाहेक केहि गरिन | कहिले कहिँ सगर फोन गर्थे र फोनमा बोल्दिनु मेरो कर्तब्य थियो | २००-३०० जनाको जत्था लिएर आइ मेरो बिहे भयो, दाइले विदेशबाट पठाएको १ सालको कमाई १ दिन मै स्वाहा भयो |

बिहेको कर्म-काण्ड ४-५ घण्टामा नै सकियो, अन्माउने बेलामा आमाचाही रोइन, अरु पनि रोए, मेरो आँखाहरु टिलपिल-टिलपिल भए तर भक्कको छोडेर चाही रुन आएन | ८-१० दिनको फोनमा उनको मिस यू, लुव यू पनि आउथ्यो तर तेस्ले सागरका कुनै भावना ल्याउन सकेको थिएन | सबैले मुखमा बत्ति लगि-लगि मलाई हेरे, आमाले पठाएको सबै सुन एक-एक गर्दै बाढ़े | बेलुकाको १२ बजे तिर सबै काम सकियो | मलाई सुहागरातको उत्साह र डर केहि थिएन, म कुनै केटासंग सुत्न जादै छु भन्ने भान पनि थिएन, थाकेको शरीर, त्यो सजाएर राखेको बिस्तारामा कुना लगेर आफै लम्पसार भयो | उनि अर्कोपट्टि सिरानी चेपेर सुतिरहेका थिए | बुहारी बिहानै उठ्नु पर्छ भन्ने आमाको महबाडीलाइ मध्य नजर गर्दै उठे, परेका सबै कामहरु गरे, जे भए पनि काम सबैले बाडेर नै गर्ने चलन रहेछ, खासै गार्हो भएन | घरमा नयाँ-नयाँ समानहरु टल्किरहेका थिए | सबैमा मेरो माइतीको बासना महसुस गरे | त्यो आगनमा टल्केको निलो नयाँ पल्सरको तेल समेत मेरै माइतीको हो जस्तो लग्यो | आमाले मलाई स्कूटी किन्न कहिले मानिनन्, अहिले नचिनेकालाई बाइकनै पो तेर्साइन |

मेरा बुढा एकदमै मिजासिला थिए | बोलि पनि मिठो थियो र साधारण पनि | बिहेको भोलि पल्टै मलाई घुमाउन सौराहा लगे, नगएको ठाउँ त होइन त्यो तै पनि फेरी गइयो | बुढा मलाई खुसि बनाउन तल्लिन भएर लागेको मैले स्पस्ट बुझ्थे | २ दिन पछि बेलुका सुत्ने क्रममा उनि आलिंगनमा बधिना खोजेको महसुस गरे | उनका औलाहरु मेरा नजिक आउन खोजिरहेका थिए, अचानक मैले रोके | किन रोके मलाई थाहा छैन | एकछिन कुरे मेरो मन परिवर्तन हुन्छ कि भनेर होला, तर भएन अनि अर्कोतर्फ पल्टेर सुते | म एकछिन निदाउन सकिन तै पनि दिन-भरिको थकानले निदाए | यो बिषयमा केहि सोधेनन उनले | अर्को दिन देखि हात उठाउने कोसिस समेत गरेरन |

उनको बिदा सकियो र उनि फर्किन लागे | छोड्न एअरपोर्टसम्म सबै गयौ, उनि हिडे तर मलाई कुनै खालीपनको अनुभव भएन | यो भन्दा नरमाइलो त मलाई दाईलाई छोड्न जादा लाग्थ्यो | मलाई घर बस्न मन लगेर अनि माइत आएर बसे | सागर सधै स्काईपमा अनलाइन हुन्थे, मसंग कुरा गर्न कुरिरहन्थे | कहिले केहि धेरै कुरा बोलेनन्, केहि भूतको बारेमा सोधेनन पनि तर मलाई भित्र देखि बोलु बोलु अझै लागेको थिएन बिहे भएको ३-४ महिनासम्म पनि | बिस्तारै उनको चित्त राख्न भने पनि बोलिरहे | पछी अलि लामो लामो कुरा-कानी हुनथाल्यो, कुराहरुमा शररतीपन पनि बढ्दै गयो | म भित्रको पुरुष-विकर्षण घटिरहेको थियो | २७-२८ कि विवाहित कुमारी थिए म | मन भित्र अलि नयाँ तरङ्गहरु पैदा हुदै थिए | उता उनि मलाई सिंगापुर लाने कागजपत्र ठीक पर्दै थिए |

आजकल उनि मलाई आफ्नो लाग्न थालेको छ, साच्चै मन परेको हो या बुढा भएर मन पराउनु परेको हो मलाई हेक्का छैन | तैपनि उनि राम्रा छन्, मैले भनेको सबै मान्छन पनि | आजकल स्काईपमा समेत अलि अलि तरंगित हुन थालेकी थिए |  

बिहेको ७ महिना पछी टिकट आयो | घरको माया लागे पनि मेरो मन चाही सागर भित्र बग्न चाहेको भान हुन्थ्यो | सिल्क ऐरवजमा बसेर पहिलोपल्ट प्लेन छाडी पहिलोपल्ट विदेश पुगे | सिंगापुरको एअरपोर्ट देखेर दङ्ग परे, कहाँको राजाराम कहाँको गन्दे भंडारी भन्या जस्तो रैछ काठमाडौँ र सिंगापुरको एअरपोर्टको फरक | बोर्डिंग गरि लगेज लिई यसो हेर्दा, बाहिर सागर कुरिरहेको देखे, नया चस्मामा अलि ह्यान्डसम देखिएका थिए | कुदेर म भए तर्फ आए तर छुन डराए, मैले तानेर अँगालोमा बाधे, आँखा चिम्म गरेर हातले उनलाई अंगालोमा कसे | सबैको सामु मेरा ओठ उनको ओठमाथि सलबलाईरहेका थिए | मलाई कसैको लाज थिएन | ट्याक्सीमा उनका हात मेरा नितम्बमा ठोकिदै गर्दा मलाई सुहागरातको रहर चढिरहेको थियो, समागनको त्रिस्नाले तड्पाईरह्यो, मन-मनै अलिअलि डर पनि बढिरह्यो |||



A story by  कल्पना किरण   

Friday, September 25, 2015

सकसको संबिधान

आठ-बर्षे लामो बिकराल राजनीति परिस्थिति पछी भर्खरै नेपालले नया संबिधान-२०७२ पाएको छ | म एक निम्न मध्यम बर्गीय खस-पहाडी बाहुनको छोरालाई यो संबिधानले के दियो दिएन मैले हरेक पाना खोलेर पढेको त छैन | तर २५० सालदेखि खस राजा-महाराज, नेतागण हुदै राज गर्ने मेरै खस जातिका मानिसहरु भए, त्यसैले मलाइ पनि सामन्ती नै भन्दा हुन्छ | तरपनि हाम्रो घरको अन्न-पानी आमाले पालेका दुइटा भैसी, १-२ रोपनी खेत, र ३-४ रोपनी पाखोले चलेको छ, मैले खस भएर के पाए के पाइन मलाई खासै हेक्का छैन | मैले बुझेको एति मात्रै हो कि, मेरो घर चल्यो त बाउका कर्मठ हातले र आमाको अटोट विश्वासले | हामी ओछ्यानबाट नउठ्दै, घर-धन्दा गरि, २-३ लिटर दुध लिएर नेवारहरुका ढोका-ढोका चाहर्थिन | दिउसोको मेलापात अनि थाकेर आएर खान बनाई पालेकी हुन्, हाम्लाई | मैले २-४ दिन अघि मेरो बुढी भैसकेकी आमालाई, “आमा तिम्रो देशमा तिम्रै संबिधान आएछ नि” भन्दा संबिधानले मलाई के नै गर्छ र, छोरा बिदेसीएकै छ, छोरीको कृषि व्यावसाय मरिकाटे फस्टाउन सकेको होइन, खेति नगरे खाने पुग्ने होइन, घास नकाटी भैसीले दुध दिने होइन आदि इत्यति गुनासो सुनाइन | हुनत म सामन्ती बाहुन नै हु किनकि गोरु बेचेको पनि साइनो नपर्ने खस-बाहुन देश चलाएको २५० बर्ष भयो | यो कुरा कधापी झुट होइन | सामन्ती बाहुन भए पनि निजि खर्चमा डाक्टर बन्न पैसाले पुगेन, त्यसैले आफ्नो भविस्यप्रति आत्मा-समर्पण गर्दै भारत सरकारको दयामा इन्जिनीएर बन्ने मौका पाए | जुन घरमा हाम्री आमाले दुध बेच्थीन, त्यो घरको केटो चाही जनजाती कोटाबाट नेपालमै डाक्टर पढिरहेको छ | र पनि मैले कहिले आरक्षणको बिरोध गरिन किनकि देशनै समाबेसी भैसकेको बेलामा सबै क्षेत्रहरु समाबेशी हुनु पर्छ नै |

तराईका १०-१२ जिल्लामा कर्फु लगाई, सेना परिचालन गरेर भए पनि सरकारले संबिधान जारी गरिसकेको छ | गणितीय हिसाबमा अहिलेको संबिधान घोषणा जायज चाही हो | औला भाची गन्ने हो भने पनि अथेस्त मात्रमा सबै समुदायको सहभागिता छ | तै पनि संबिधानले सबै नेपालीलाई एकै ठाउमा बाध्न भने सकेन | अहिलेसम्म ४४-४५ जनाले आफ्नो ज्यानको आहुति दिईसके | अझै कति सहादत हुने हुन् थाहा छैन, मर्ने प्राय पुलिसका जवानहरु र आन्दोलनकारीहरु हुन् | यसो हेर्छु मर्ने प्राय सबै गरिब नै हुने रहेछन, पहाडी सामन्तका लागि लड्ने पुलिस गरिब नै हुन्छन या मधेसीका लागि लड्ने सर्बहारा मधेसी दाजुभाईहरु, जसले धनि हुने मौका नै पाएनन् | जो मरे पनि मर्ने चाही सर्बहारा वर्ग नै रैछ | नेता सन्तान हुनुमा कति फाइदा छ त्यो त रामचन्द्रपुत्र, माधवपुत्री, बाबुरामपुत्री, र प्रचण्डपुत्रहरुलाई हेरे मात्रै नै पुग्छ |  

मधेसी धेरैनै हेपिएको समुदाय हो, अलि पहिले सम्म नेपालीहुम भन्न पनि धौ-धौ थियो, यसमा कसैको दुइमति छैन | अर्का थारुहरु एकदमै पेलिएका हुन्, यो पनि छरपस्ट नै छ | यो ठुलो दुइ समुदायलाई हेपेर गणितिय हिसाबमा संबिधान जारी गर्नु चाही ठुलो गल्ति भएको छ | नया संबिधानमा केहि पनि नभएको होइन, धेरै राम्रा कुराहरु हुदा हुदै पनि कतिपय कुराहरु राखिएका छैनन् | यो नया संबिधानले सबैलाइ नेपाली हुम भन्ने आवास गराओस, सबैलाई आफ्नो अधिकार सुरक्षित भएको अनुभुती होस् तर यस्तो भएन लगभग आधा नेपालीले विभेदको महसुस गरे | तै पनि अहिलेसम्म संसार भासिसकेको छैन, बार्ता मार्फत कुरा गरि समाधान गर्ने हो भने समस्याको हल २-४ दिनको भन्दा धेरै पर छैन | समस्याको चुरो के हो भन्दा इगो र नेतागणको राजनीतिक भविस्य हो | तरल अवस्थामा रहेको देशको स्थितिले आफ्नै भित्र झनै उकुसमुकुस थपिदिएको छ |

पहिलो संबिधानसभामा माओबादीले ठुलो जित हासिल गर्यो, मधेशबादीदलहरुले पनि राम्रै गरे | अनेकौ कारणबस पहिलो संबिधानसभाले संबिधान जारी गर्न सकेन | दोस्रो संबिधान सभामा माओबादी र मधेसबादीदलले नराम्रो पराजय बेहोर्न पुगे | संघियता, समबेशिताका पक्षधरको पराजय भयो | मधेसबाट राम्रै संख्यामा सभासदहरु आए तर काँग्रेस र एमालेका तर्फबाट | अर्को कुरा कांग्रेस, एमाले पनि सबिधान बनाउने कुरामा आफ्नो चुनाबी मुखपत्र भन्दा पनि तल झरे | पहिलो संबिधानसभा असफल हुनुको दोष माओबादीलाई गयो, त्यो चुनाब नतिजाले नै भन्यो | माओबादी पुन दोस्रो संबिधानसभाको असफलताको कारण हुन नचाहने भएर नै जबर्जस्ति कांग्रेस र एमालेको साथ लाग्न बाध्य भयो | रक्तरंजित बिरोधका बाबजुत संबिधान जारी भयो, त्यो १०० जना भन्दाबढि मधेसी-थारु सभासदहरुको समर्थन संगै |

संबिधानले सात प्रदेश दियो, तर दुई प्रदेशमा भने ठुलै असन्तुस्टी जन्मायो | अहिले पनि प्रदेश २ र ५ मा अमनचैन छैन | ३०-४० दिन देखि बन्द-हड्तालसंगै रगत बगीरहेको छ | तर दुईतिहाईले रगत रोक्ने चाहेन या सकेन माननीय नै छ | लडेर मात्रै जित्ने भए १५००० लाइ सहिद बनाउने माओबादी मूल-धरमा किन आउथे होला र ? १५००० घरमा अहिले सम्म हासो देखिएको छैन | ६२-६३ को जना-आन्दोलन, त्यसपछिको मधेस आन्दोलन अनि अहिलेको नया आन्दोलनले गरेर थप १२० घरहरुका  खुसि लुटिसकेको छ | सहिद घोषणा, १०-२० लाख राहतले मरेको ज्यान फर्किदैन | हाम्रै गाउमा माओबादी आन्दोलनमा मरेका २-४ जनाको स्थिति हेरेर नै सहिद-परिवारको अवस्था थाहा हुन्छ | त्यसैले अब धेरै रक्तपात नगरौ, सरकारले पनि यसरी मौन भएर मान्छे मर्न दिईरहनु नलाएकीपन हो | नेपालीकै छोरा मर्छ मधेसी मरे पनि, पहाडीलाई पिडा हुनुपर्छ थारु मरे पनि |

राजनीतिमा धेरैनै परिबर्तन भयो तर आर्थिक र सामाजिक परिबर्तनमा हामी अघि हुन सकेनौ | अविकसित समाज नै विभेदको कारण हो | यसलाई कम गर्ने कानुन बनाउनु पर्ने देखिन्छ | नजिकै भारतमा पनि ”चिंकी” भन्नेलाई कारबाहीको घोषणा गरियो | हाम्रोमा पनि दलित, मधेसी, थारु भनेर तथानाम गर्नेलाइ कठघरमा उभ्याउन सकिने कानुन बनाउनु पर्छ | सामाजिक मुद्दालाई भावनात्मक बनाई मान्छेलाई बहकाउन सजिलो हुन्छ नै | अहिलेको समाधान भनेको बार्ता हो र सबै पक्ष यसका लागि तयार हुनु बाहेक अरु विकल्प छैन | मान्छे भड्काएर, रगत तताईदिएर समस्याको समाधान छैन |

संबिधान भनेको कागजको खोस्टो न हो, २-४ ओटा कुरा बाहेक संबिधानका सबै कुरा संसोधनिय छन् | समस्याको एउटा चुरो नागरिकता रहेछ, आमाको नाममा बंसजको नागरिकता पाउन अलि कठिन हुने बनाइएको रहेछ | बिदेसी बिहे गर्ने नेपाली महिलाका बच्चाले नेपाली अंगिकृत नागरिक पाउने रहेछन, यसलाई संसोधन गरि नेपाली आमाको नामबाट सहजै नेपाली बंसजको नागरिकता बनाउने गरि संसोधन गर्न सकिन्छ | संसोधन गर्दा कोइ व्याक्तिले दुई देशको नागरिकता लिन नसकुन भनेर कुनै प्रावधान राख्न सकिन्छ |  अर्को कुरा अंगिकृत नागरिकका हाकमा उनीहरुलाइ नेपालको विशिष्ट ठाउँमा राख्ने पाउनुपर्छ भन्ने माग चाहि आत्मघाती हो | जो व्याक्तिको यो देशमा जन्मेकै होइन र उसलाई यो देशको बागडोर समाल्न दिनु भनेको आफ्नो घरका पाहुनालाइ घर-समाल्न दिनु जस्तो हो | भारत* र अमेरिकामा समेत यो नियम छैन | मधेशको यूवाले अन्य देशको नारीसंग बिहे गरे पनि, जन्मेको बच्चाले नेपाल को प्रधानमन्त्री बन्न पाउने नियम छ अहिले पनि | तर अन्य देशबाट आएका अंगिकृतलाई देश चलाउने हक माग्नु जायज हुदैन |

समानुपातिक सहभागिताका लागि समाबेसीको सट्टा समानुपातिक सहभागिता बनाउन खासै गार्हो देखिदैन| ६ सालको भारत बसाइमा आरक्षणको दुरुपयोग राम्ररी देखियो | आरक्षितहरु पहिले देखिनै आरक्षणलाई जन्मसिद्द अधिकारको रुपमा लिने गरेको पाइयो | हाम्ले चाहने भनेको समानुपातिक सहभागितामा किन-बेच नहोस, नाताबाद नहोस | दोस्रो संबिधानसभामा पार्टीहरुले टिकट किन-बेच गरेको, महिलाको नाममा आफ्नै छोरी-बुहारीलाइ टिकट बाडेको स्पस्ट देखिन्त्यो | यस्तो खाने समानुपातिक सहभागिताले मरेका सहिदको आकांक्षालाई ठेस पुर्याउनेछ |

अर्को ठुलो समस्या भनेको राज्यको आकारको रह्यो | मुख्य विवादित जिल्लाहरु लिउ अनि जनमत संग्रह गरौ तेही जिल्लाहरुमा अनि कुन जिल्लालाई कुन प्रदेशमा जान मन छ, जिल्लाबसीले नै निर्णय गर्नेछन् | बिसम परिस्थितिमा जिल्ला बाडेर कुरा मिल्ने भए त्यो पनि गर्न सकिन्छ | तेही हो जति सक्दो थोरै राज्यहरु देशका लागि हितकर होला | गाउ-गाउ, घर-घरमा नेता, संसद, सभासदको खाचो छैन | जनप्रतिनिधि हिमाल र पहाडलाइ भूगोल र तराईलाइ जनसंख्याको आधारमा राखे सबैलाई चित्त बुझ्ला | सबै जनसंख्याकै आधारमा मात्रै चाहिन्छ भनेर महिलाहरु आन्दोलनमा उत्रे भने ५१% कोटा महिलाका लागि मात्रै छुट्टयाउन सम्भव नहोला नै | तेसैले मेरो गोरुको बार्है टक्का भनेर झगडा गर्नु नेपाल र नेपाली का लागि हितकर हुने छैन | नेता भन्दा देश ठुलो हो, कसैको स्वार्थका लागि नेपाललाई अनिर्णयको बन्दि बनाउन र निरन्तरको अशान्तिमा धकेल्न पाइदैन |

अन्य मागहरु पनि होलान तर हल नहुने प्राय कुनै छैनन् | नेपालको स्वाधिनता र अखण्डता भन्दा ठुलो केहि हुन सक्दैन | यसै बीच लाजिम्पाटबाट चुहिएको सात बुदे समाचार बाहिर आयो | जति नै खण्डन गरेता पनि अनौपचारिक रुपमा यी मागहरु आएकोमा दुइमति छैन | हाम्रो देशको समस्या हाम्ले नबुझे पछी बिदेशीले औला उठाउने मौका पाएका छन् | हुनत पहिले देखिनै लाजिम्पाटले काठमाडौँ नियन्त्रण गर्न खोजेकै हो | धेरै हदसम्म उसको इसारा चलेकै हुन पहिले पनि, अहिले उनका कुरा नसुन्दा अघोषित नाकाबन्दीका कुराहरु देखिन थालेका छन् | मधेशका कुरा पहिले नै सुनिनु पर्थ्यो र अझै समय छ पनि नत्र धेरै अनिस्ट आउन नसक्ला भनेर भन्ने अवस्था छैन | “backoffindia” भनेर मेडियाहरुमा ट्रेन्ड नै भयो, नेताहरुले ठूला-ठूला भाषण गरे पनि | तर अहिलेदेखि नै पेट्रोलको लाइन सयौ मीटर हुन लागिसक्यो | प्रचण्डले भन्या झैँ गरेर साइकल चाड्ने कुरा खाली भन्ने फोस्रा कुरा न हो | हामी धेरै भारत परस्थ छौ, यसमा कुनै संकानै छैन | नेहरुको पालादेखिनै हाम्लाई हेर्ने मित्रराष्ट्रको नजर भित्रि रुपमा सुकिलो पक्कै छैन | जीवन क्षेत्रीजी ले लेख्या झैँ मोदीजीले बुद्ध नेपालमा जन्मे भनेर मोदीको पुजा गरेको पनि थिइन र अहिले इंडियालाइ गालि गरेको पनि छैन | सबै छिमेकि अवसरबादी हुन्छन, उत्तर होस् या दक्षिण, हाम्ले औला उठाउने अवसर नदिनु नै सबै भन्दा बेस हो | समस्याको जड येही हामि मै छ, घिउ जसले थपे पनि | ठूला-ठूला शब्दमा सामाजिक संजालमा लडेर मात्रै केहि हुनेवाला छैन | मित्ररास्ट्र राजनीति बाहेक हरेक घरको टिवीमा, लगाउने कपडामा, चड्ने गाडीमा, सुन्ने संगीतमा अनि हेर्ने चलचित्रमा सबैतिर हाबी छ | उता जोगबनीमा समान रोकिएपनि हाम्रो घर भित्र भारत-लम्पटतामा नाकाबन्दीले केहि असर गरेको छैन | हुनत पैसा तिरेर किनेको/गरेको भनौला तर पैसाले इज्जत र सम्मान नपाइने रहेछ | #backoffindia ले यस्तो अवस्थामा एकछिनको रोस पोख्ने भन्दा अरु केहि गर्दैन | तेही हो सामाजिक संजालमा शव्य भाषामा बिरोध गर्न सिकौ |


अन्तिममा, मधेशमा सहिद भएकाहरुलाई भावपूर्ण श्रदान्जली, उनका परिवारले येतेस्ट सम्मान र सहयोग पाउन | सरकारले सेना र कर्फु छिटै हटाओस, आन्दोलकारी र पुलिसहरु हिस्रक नहुन, आन्दोलन ध्वसात्मक नहोस र चाडै बार्ता गरि सबै कुराको समाधान होस्, मिलेसम्म तराई गएर बार्ता गर्ने आँट गरुन | तेतीका सिट जितेर आएको ठाउमा जानलाई किन डराउनु पर्यो र ! के छ संबिधानमा भनेर आफ्नै मुखले भन्नुहोस, कुन कुरा दिन सकिएन स्पष्ट पर्नुहोस् | त पहाडी या त मधेसी भनेर जातिवादी, लिंगभेदी मेडिया युद्ध देख्न नपरोस | चाडै शान्त नेपालको परिकल्पना सफल होस् | आशा छ अबको संसोधन पछीको संबिधान सबैका लागि मान्य हुनेछ, म पहाडी अर्ध-गरिब-खस बाहुनलाइ केहि चाहिदैन | म पिडित र दमितहरुको दोकानमा समान दिने हेल्पर हुदैमा मक्ख छु | मेरा काठमाडौँ/जनकपुरका घरानिया जनजाती/मधेसी साथीले माथि-माथि पुगेको देख्न पाउ | नेपालमा घर धन्न गार्हो परे मलासिया, गुल्फ़ छदै छ | इच्छा भनेको यति मात्रै हो कि आरक्षण/समानुपातिकको फाइदा धारामा पानी थप्न नपाउने परियारहरु-बिस्वकर्माहरु, सिदा आँखा गरेर हेर्न डराउने लोहारहरु, मुसहरहरु, पासवानहरुको कुटी सम्म पुगोस | नत्र देउबा, ओली, नेपाल, दाहालका रुपमा झा, यादव, त्रिपाठीहरु आएर केहि लछारपाटो लाग्ने छैन | नजिकको सलुनामा छोराको कपाल कटाउन जादा नाइभाईले “दाई मेरो छोरा पनि डाक्टरी पढ़िरहेछ” भनेको सुन्ने पाईवोस | मलाई केहि चाहिन्न म त सामन्ती बाहुन पो हु | आफु भला तो जगत भला जय नेपाल |

कल्पना किरण 

(Jeevan Adhikari, PhD student, Singapore)

Mera purano lekh haru ... madesh, nepal and indo-nepal related

अनौठो राष्ट्रबाद

http://jeevankiran.blogspot.sg/2014/12/blog-post_23.html

मधेश र संघियता

http://jeevankiran.blogspot.sg/2014/12/blog-post.html

Saturday, July 4, 2015

मुर्ख हामी र हाम्रो पत्रकारिता

मुर्ख हामी र हाम्रो पत्रकारिता
हाम्रो देशमा प्राय सबै ठूला मेडिया हाउसहरु अनलाइन भैसकेका छन् | इ-कान्तिपुर, नागरिकन्यूज, सेतोपटि, अनलाइन खबर, डिसी नेपाल, क्यानाडा नेपालहरुका लाखौ फलोअरहरु छन् | २-४ ओटा मेडिया हाउसहरु त पार्टीहरुकै मुख पत्र भए, तिनीहरुबाट निस्पक्षताको आस नै नगरौ | बिहान एक पत्रिकाको फेसबुक पेज हेर्दा, “ऐश्वर्य राम्री मम्मी”, “बहिनीले तोडिन किमको रेकर्ड”, “निशाले केश मुण्डन गर्नुका तिन कारण” आदि सेअर भएका देखिन्थे | यौनजन्य र यौनबर्दक हुबहु साभार गरिएका कुराहरुले हाम्रा अनलाइन मेडियाहरु भरिएका हुन्छन | हलीउड र बलिउडका औचित्यहीन खबरहरु पटक पटक शेअर भईरहेका हुन्छन | विदेश मेडियाबाट जस्ताको तस्तै कपी-पेस्ट गर्ने, सेलेब्रेटीका फेसबुक, ट्वीटरलाइ आधार मानेर समाचारनै बनाइदिने प्रचलन बढेको छ | पोर्न साइटबाट सिदै फोटोहरु कपी गरि यौनजन्य समाचार बनाइने त चलन नै बनेको छ | आजकल असली, निस्पक्ष र रहर लाग्दा समाचारहरु खोज्न हम्मे-हम्मे पर्न थालेका छ |  

राज्यको चौथो ठुलो अंग भनिन्छ, मेडियालाइ ! तर बनमाराझैँ अनियन्त्रित हुदै गएका छन् अनलाइन मेडियाहरु | एउटा ल्यापटप, एक सेट क्यामेरा अनि ठिक्कको इन्टरनेटले घर-घरमा पत्रकारहरु जन्मिदै छन् | ब्लग, वोर्डप्रेस जस्ता सुविधाले आफ्नै वेवसाइट खोल्नु पर्ने बाध्यता पनि कम गरिदिएको छ | घरमै बसी सनसनीपूर्ण खबर, बिबादास्पद बिषयमा अनाबस्यक टिप्पणी आदि दिएर सयौ लाइक र कमेन्टको भारमा दिन काट्नेको संख्या बढ्दै छ | अनावस्यक कुरा माथि नचाहिदो कमेन्ट गर्ने अर्ध-शिक्षित नेपालीहरु लामो तातीले हाम्रो देशको बेरोजगारीको अवस्थालाइ छर्लंग परेको छ | नाम चलेकै न्यूज पोर्टलहरुमा पनि एउटा सनसनीपूर्ण शिर्षक मुनि बकम्फुसे समाचार राखेर धेरैलाइ ब्याकुब बनाउन थालिएको छ |

समाचार र न्यूज च्यानल कस्तो हुनु पर्छ भनेर भन्न सक्ने सामर्थ्य त छैन, तै पनि अलिक बिकेशील हुनु पर्ने देखिन्छ हाम्रो मेडियाहरुलाइ | हुनत समाचार २-३ जना को लागि लेखिने कुरा पनि होइन, लाखौ मान्छेका आफ्ना आफ्ना रोजाईहरु होला, जुन सबैलाई मन-नपर्न सक्छ | तै पनि मेरो आफ्नो व्यक्तिगत विचारमा निशाको कपाल, किमको कपडाको लम्बाई, सुन्नी र राखिको टकराबको समाचारले खासै महत्व राख्दैन | यी सबै लाइक र कमेन्टका लागि राखिएका फोस्रा कुराहरु मात्रै हुन् |  ठुलै मेडिया हाउसहरु पनि येती तल गिरेर सस्तो लाइक र कमेन्टका लागि मारी-मेट्नु लाछीपन नै लाग्छ |

मेडियाहरुले राम्रा काम नगरेका होइनन, तै पनि राज्यको चौथो ठुलो अंगले अलि बडी जिम्मेबारी देखाउनु पर्ने आवस्यकता छ | हाम्रो प्राय सबै नेपाली दाजु-भाईहरु इन्टरनेट चलाउनका लागि साक्षर छन् | सबैलाई गालि लेख्न र गर्न आउछ | तर कस्तो ठाउँमा कति र कस्तो गालि लेख्ने तेस्को हेक्का धेरैलाई छैन | महिला बिरोधी, मधेश बिरोधी, नेता-बिरोधी गाली-गलौचले समाचारलाइ नै घिन-लाग्दो बनाइदिन्छ | तेसैले मेडिया को एउटा असल समाज बनाउनका लागि छुट्टै दाहित्व र कर्तब्य हुन्छ | समाचार कसलाई निस्पक्ष र स्वच्छ भन्ने त्यो पनि गार्हो कुरा नै हो | समाचार र बिस्लेसणले सबै पाठकवर्गलाइ खुसि बनाउन चाही सकिदैन तै पनि धेरै पठाकलाई उत्तम लाग्ने समाचार बनाउनु उचित होला | कुनै कुनै समाचारहरु शिर्षकबाट नै पक्षपाती छ भनेर थाह हुने खाले हुन्छन | पार्टीहरुले आफ्नो-आफ्नो नाममा खोलेका मुख-पत्र मेडियाहरु पनि एउटा समस्याको स्रोत बनेको छ |
२ दिन अघि असार १५ को समारोहमा कृषि मन्त्रिले महिला माथि दुर्व्यवहार गरेको फोटो र भिडियोले जता ततै ठाउँ लियो |  ति फोटो र भिडियोहरुमा मन्त्रिले महिलाहरुलाइ जबरजस्ती तानेर अंगालो मरेको चाही देखिन्छ, तर तेस्कै साइडमा बसेर अन्य दिदि-बैनीहरुले चाही तालि बजाएको देखिन्छ | मन्त्रिको मनमा कु-दृस्टी थियो थिएन त्यो मन्त्रि नै जानुन, तै पनि मन्त्रि जस्तो मान्छेले तेती तल गिरेर त्यो हर्कत गर्नु पर्ने चाही थिएन | हुनत असर १५ होस् या होलि होस् धेरै पुरुषका लागि महिलासंग टासिने र खेल्ने चाड नै हो , भलै महिलाको सहमति होस् या बिमति | धेरै महिलाहरु तेही अवसरमा दुर्व्यवहारको सिकार हुने गरेछन | त्यो दिन मन्त्रिले आफु मन्त्रि हुन् भन्ने बिर्सेछन् | अरुको इच्छा बिपरित एस्तो हर्कत गर्नु चाही कानुन सम्मत चाही होइन | पछी तिनै महिला दिदि-बैनीहरु मन्त्रिले जबर्जस्ति गर्न खोज्नुभाको होइन भन्दै आउनु भयो | ६२ बर्षीय बुढा मन्त्रिको पद त्यो हर्कत गरेको २४ घण्टामानै चैट भयो | तर ति हर्कत सहितका फोटो र भिडियोहरु पुरै अनलाइन भए, टेलिविजनमा गोलो गोलो परि पटक-पटक देखियो | ति बुडी-आमा दिदि-बहिनिहरुको चरित्र हत्या गर्ने काम गरे हाम्रा मेडियाले | देखाउनै थियो भने ति निर्दोसहरुको अनुहार पहिचान गर्न नसक्ने गरि गर्नुपर्थ्यो | तर तेसो भएन, अहिले बाटोमा हिड्दा खेरि समेत ति दिदिहरुलाइ मन्त्रिले समातेका येही दिदि होइनन भनेर भन्न थालेका छन् | एउटा क्यामेरा र माइक लिएर हिड्दैमा पत्रकार भइदैन |

पत्रकारीताको आफ्नै मूल्य र मान्यता हुन्छन | घर-घरमा एफ-फम छन्, टोल-टोलमा टिभि च्यानल छन् | अनि १०-१५ हजारमा सबै रिपोर्टरले काम गरिराखेका छन् | नत ति रिपोर्टरहरुलाई उचित ट्रेनिंग छ नत धेरै पत्रकारीताको ज्ञान नै | क्यामेरा र माइक बोकी सनसनी खबरको खोजीमा भौतारिरहेका हुन्छन | देश सानो छ, समाज सानो छ, सधै नया खबर नहुन सक्छ | अनि अनगिन्ति च्यानलका लागि समाचार कहाँबाट हुन्छ सधै ? यस्तै मौका आउछ जहाँ मन्त्रिले या कुनै ठुलो मान्छेले गल्ति गर्छन, तेस्तोको येती धेरै कु-प्रचार हुन्छ कि अन्तिममा निर्दोषनै तेस्को शिकार हुन्छन | अस्ति भूकम्पमा आएका हाम्रा छिमेकेका पत्रकारहरुलाइ त हाम्ले गालि गरियो, तर हाम्रो पत्रकारितालाइ चाही कहिले सुधार्ने ? समाचार लेख्न अगाडी पुस्टि गरौ, कुनै व्यक्ति बिसेसलाइ व्यक्तिगत तबरले अफ्ठेरो हुने गरि सम्प्रेसन नगरौ | कुनै झुटा कुराले कसैको इमेज धमिलो भयो भने तेस्लाई फेरी पहिलेको ठाउँमा ल्याउन असंभब नै हुन्छ |

अन्तिममा, न्युज पोर्टलहरु सारै धेरै नै भए, अनि विस्वसिला पोर्टलहरु चाही कम हुदै गए | तै पनि चाहेको लेख्न पाइने अधिकार हाम्रो देशमा सबैलाइ दिएकै छ, अधिकार छ भन्दैमा कर्तब्यलाइ पनि आत्मा साथ गर्दै अघि बढौ | पढ्नेहरु पनि पढ़िसके पनि मनन गरौ, कुन सहि हो कुन गलत हो भनेर छुट्याउ | जातिवादी, रंगबदी, लिंगबदी नभई आफ्ना विचारहरु राखौ | आफु भला तो जगत भला | जय नेपाल !!

कल्पना किरण
४/०७/२०१५


Thursday, April 30, 2015

यो कस्तो कम्पन ??


अरु विपत्तिमा भन्दा भूकम्प धेरै नै फरक बिपत्ति हो | न यसको कुनै लक्षण हुन्छ नत कुनै पूर्व-संकेत नै | केहि सेकेन्डको कम्पनले पहाडलाई तराई त तराईलाई पहाड बनाउन सक्छ | उच्च भूकम्पीय जोखिममा नेपाल पर्छ भनेर सानैमा पढेको हो | एकदिन जानुनै थियो र गयो पनि,  अनि सबै खुसि चुडेर लग्यो पनि | १९९०, २०४५ पछी २०७२ सालहरु नेपाली इतिहासको पानामा रहिरहने छन् | तेती धेरै बैज्ञानिक खोज नगरीकन भनेपनि यो क्षेत्रमा अब हरेक ३०-४० सालमा ठूलो भूकम्प जाने सम्भावना चाही रैछ | सन् २००१ र २००५ मा हाम्रा छिमेकीहरु पनि येही विपतिबाट गुज्रेका थिए | त्यहाँ भएको मानबीय र भौतिक क्षती भन्दा हाम्रोमा हुने क्षति धेरै नै कम हुने अनुमान छ | २००५ को कास्मिर भूकम्पमा असि हजार मानिसहरुको मृत्यु भएको थियो |

नजानु थियो तर गएर नै छोड्यो, यो हाम्रो ठुलो राष्ट्रिय बिपत्ति हो | मेरो घरमा त सानो चिरा मात्रै परेछ तर देशमा ठूलो चिरा परेर गयो, अब समस्या त छ तर केले सिउने केले टाल्ने हो | मर्नेहरु मरे, भत्किन मिल्नेहरु जति भत्के तर यसको असर कालान्तर सम्म रहिरहेने छ | तेही हो अहिले बचेकाहरुले बहत्तरसालको भूकम्पमा बाचेको भनेर फुर्ति गर्न मात्रै पाउने छन्, पछी भविस्यमा | बाबु-आमा गुमाएको बच्चा सधै भरि टुहुरो नै हुनेछ, २० सालको कठोर परिश्रमले बनाएको घर फेरी त्यो परिवारबिहिनलाई नया घर बनाउन अर्को १०-१५ साल लाग्ने नै छ | ति कालान्तरका कुरालाई थाति राखेर भन्ने हो भने अहिले को समस्या भनेको यो बिकराल परिस्थितिबाट कसरी मुक्ति पाउँने भन्ने मात्रै हो |
अहिलेसम्म कति मरे, कति घाइते भए, कतिका घर भत्के, यसको जानकारी नेपाल सरकारलाइ समेत थाहा छैन | अहिले राजधानी र अति प्रभावित ८-९ जिल्लाहरुमा जता हेरेपनि फुटेका-भत्केका मात्रै देखिन्छन् होला | अहिलेको मुख्य काम भनेको मरेकालाई राम्ररी व्यवस्थापन गर्नु र बचेकालाई आधारभूत आवस्यकताहरु पुर्याउने हो | मनसुन र गर्मी सुरु हुदैछ, जीवाणु र विषाणु सक्रिय हुने समय हो | जतिसक्दो चाडो घाइतेलाई उचित उद्दार र उपचार, घर-बाहारबिहिन भएकालाई कमसेकम ओत, सफा पानी, ठीकैको खानाको सक्त जरुरी छ | त्यसैका लागि भनेर धेरैले काठमाडौँ छोडेर हिडिसके तर सबैलाई आफ्नो ठाउँ छोड्न सम्भव पनि छैन |

भूकम्प गएको ४-५ दिन बितिसक्दा पनि म आफैले २-४ डलरको आर्थिक सहयोग, २-४ जनालाइ सहयोगको लागि अनुरोध र ८-१० कुरा फेसबुकमा सेअर बाहेक केहि गरेको छैन | यो महाविपत्तिमा कसले कति र कस्तो सहयोग गर्ने भन्ने कुरा आफैले मनन गर्ने कुरा हो | सबैले आफुले गर्न मिल्नेसम्मको सहयोग गर्ने हो, बिदेशीयका नेपालीले बाहिरबाट भरपुर मात्रमा आर्थिक र सर-समानको जोगो गर्ने अनि नेपालमा रहेका साथीहरुले तेस्को राम्रो उपयोग गर्ने हो | आफ्नो ज्यानको बाजी मारेर सहयोग गर्ने हातलाई आर्थिक सहयोग गर्नेसंग राखेर तुलना त गर्न नमिल्ला तै पनि बाहिरबाट गर्ने सकिने सहयोगहरु भने सिमित हुन्छन |

बोल्न, गालि गर्न, लेख्न त हामी धेरै नै अगाडी छौ | हामी हाम्रो फेसबुकको भित्ता रंग्याउन पनि सार्है माहिर छौ | कहाँबाट आयो, कसरी आयो भन्ने कुरा बुझ्दै नबुझी सबैलाई देखाउन हतार गर्छौ | मानौ गोर्खामा महामारी आयो भनेर एउटा काम नपाएकोले लेख्यो अनि हामी सबैले सेअर गर्यौ | एस्तो दुखको घडीमा खाडीमा परिश्रम गर्ने गोर्खाली दाजुलाई यो झुटो समाचारले कति असर गर्नेछ, त्यो सोचौ न एकछिन | फेसबुक चलाउन धेरै पैसा त लाग्दैन तर चलाउन समय चाही पक्कै लाग्छ | देशनै पिडामा डुबेको बेला देशले हाम्रा हातहरुबाट भत्केको इटा उठेको हेर्न चाहन्छ, सहयोग पाइरहेका आत्माहरु देख्न चाहन्छ, सुखद, र राम्रो समाचार बजेको सुन्न चाहन्छ | सबैले ढुंगा-मुडा नै उठाउनु पर्छ भन्ने पनि छैन, सबैले आफुले सकेको गर्ने न हो | पैसा संकलन गर्ने, समानहरु किन्ने, सामानहरु पोको पार्ने आदि पनि काम नै हो नि , यो गरौन पहिला | बन्द कोठाको भित्रबाट बल्ल-बल्ल चार्ज भएको inverterले उपहारमा आएको आइफोनबाट भए-नभएका फोटोसपी तस्विर तथा भिडियो देखाएर नेतालाई मात्रै दोष दिन खासै गार्हो छैन |

एउटा कुरा नेताले गरेर भूकम्प आको पनि होइन | भूकम्पले खासै मान्छे मर्ने पनि होइन, मान्छे मर्ने भत्केका भवनहरुले हो | अहिलेको भूकम्पमा सरकारी भवनले चेपेर मर्ने भन्दा आफ्नै घरले चेपेर मर्ने धेरै छन् | जुन पुरातत्तिक भवनहरु भत्केको छ त्यो सबै हाम्रा पुर्बजहरुको देन हो | न सुशील ले न केपी ले न प्रचण्ड ले केहि गरे, ति पुरातत्तिक भवनहरु बनाउन | भत्किएका जति सबै नेपाली जनताकै घरहरु हुन् | हाम्रा घर कुनै नेताले ढालेका पनि होइनन | हाम्रो घर हाम्ले नै बनाएको हो | अलिक आर्थिक रुपमा कमजोर हुनेहरुले बनाएका कच्ची घरहरुले त्यो ठुलो कम्पन सहने कुरै भएन | गरिबीका लागि नेताहरुलाइ दोष दिन अलि-अलि त पाइएलानै तर  १२ फिट जमिन किनेर कमजोर जगमा ४-५ तला थप्दै जान पक्कै प्रचन्डले भनेका थिएनन् होला | हामीलाई जस्तो मन लाग्यो तेस्तो घर बनाउन सरकारले भनेको पनि होइन | सबैलाई थाहा थियो नै, एक न एक दिन भूकम्प जान्छ नै | अहिले पनि काठमाडौँमा दमकल छिर्ने बाटो चेपेर भनेपनि घर त बनेकै छन् | पछी आगो लाग्ला दमकललाई जान नमिल्ला अनि दोष फेरी सरकारलाई नै | सरकारको कमजोरी छैन भनेको होइन, निर्माणमा सरकारले उचित मापदण्ड बनाएर लागु गर्नु पर्थ्यो, पहिले देखि नै | यहाँ ठुलो कमजोरी भएकै हो तर मापदण्ड मिचेर घर बनाउने हामी पढेलेखेकाहरु पनि उतिनै जिम्मेबार छौ |

सरकारको कमजोरी छैन भनेको होइन, भूकम्प पश्चात उचित व्यवस्थापन गर्न नसक्नु ठुलो कमजोरी हो | सहयोग गर्ने हातहरु आएकै छन्, सबैको उचित उपयोग भएको छैन | गाउ-गाउमा अहिलेसम्म खासै सहयोग पुग्न सकेको छैन | यसमा खबरदारी गर्दै आफुले पनि सहयोग गर्ने सबै नेपालीको कर्तब्य हो | थर्किदै गरेको घर छोडी भाग्दा घरका सबै समान चोरी भएका छन् | पोलिस दाईहरु घर कुर्ने कि उद्दार मा जाने ? हामीहरु आफै पनि धरहराको इटा लानसम्म पछी परेनौ | आपतको बेला सहयोगी हुनको साटो १५ रुपिया को चाउ-चाउलाइ ५०-१०० बेच्ने हामि नै हौ |  टेन्टमा बल्ल-तल्ल सास लिदै गरेका माहिलाहरुलाई दुर्व्यहार गर्ने पनि हामी नै हौ| आफ्नो घरमा खासै क्षति भएन, तै पनि पिडितको लाइनमा बस्न पछी परेनौ, नेतालाई फोन गरेर लुसुक्क सहयोग लिन लागि पर्यौ | एउटा जाबो त्रिपाल अर्को भूकम्पलाई काम लाग्ला भनेर असली पिडितलाइ पानीमा रुझाउदै त्रिपाल लिई घर भित्र कुद्यौ | अहिले सरकारले भूकम्प पिडितका छोरा-छोरीलाई डाक्टर-इन्जिनिएर बनाउन छात्राबृति दिने भनेपनि पछी नक्कली पिडितले नै धेरै उपयोग गर्ने परम्परा छ | २०६२ को क्रान्तिमा घरभित्र बसेर टि.भि हेर्नेहरु पनि जन-आन्दोलनको घाइते बनि डाक्टर बनेको हाम्ले देखेको नै हो, असली घाइतेहरु त कता गए कता |

मैले १२ सक्दा गडतन्त्र आएको देशमा मैले २० कक्षा पुग्दा समेत संबिधान बन्न सकेन | सरकार कति निकम्मा छ भनेर भन्ने पर्दैन, डाक्टर केसी भोको बस्दा म के गरम तनी भन्ने प्रधानमन्त्रि हाम्रै हुन् | तेसैले हामी पनि धेरै जागरुक र क्रियासिल हुन जरुरी छ जति हामी गफ गर्छौ | सहयोग गरेको १-१ पैसा कता जाला भनेर हिसाब गर्ने समय होइन यो | दानको पैसाले कोहि पनि खुसि-करोडपति हुदैन | त्यसैले अहिले धक नमानी सहयोग गर्ने समय हो , आर्थिक गर्न मिल्नेले आर्थिक, भौतिक रुपमा सहयोग गर्ने मिल्ने ले तेस्तै सहयोग गर्ने हो | कसले के गर्यो कस्तो गर्यो भनेर मुल्यांकन गर्ने समय भविस्यमा आउने छ | 

नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, अरु संघ-सस्थाहरु जतिले सहयोग गर्नु भएको छ, तेस्को लागि जुन शब्दले बयान गरे पनि काफी छैन | बिदेशी सहयोगी हातहरुलाइ प्रणाम | पिडित जनताहरुलाई नआत्तिन अनुरोध, बिस्तारै सबै समस्याहरु समाधान हुनेछन् | मृत-आत्माहरुलाई चिर-शान्तिको कामना, हामी सबैलाई धर्यधरण गर्ने शक्ति प्रधान गरुन |
अन्तिममा नेतालाई सुधार गर्ने गालि गरेर नै हो, तर पहिले हामी आफ्नो काम र कर्तब्य निभाउ | अहिले आएको सहयोगलाई उचित तरिकाले उपयोग गरौ | सबै पिडितहरुले औसधी, सफा पनि, खाने खान, झुल, कम्मल र एउटा सानो छात पाउन र हामीहरु पुर्याउन सहयोगी हौ | यहि अबृतिमा भूकम्प आउने थाले अर्को ३० वर्ष अर्को महा-भूकम्प नआउला भन्न सकिन्न | अहिलेको भूकम्पबाट पाठ सिकी नया भौतिक पुर्बधारहरु धेरै कम्पन सहन सक्ने बनुन, भत्किहालेको खण्डमा २-४ घण्टामा उद्दार गर्न सक्ने देश बनोस | यसका लागि हामी अहिलेको कम्पनबाट धेरै कुरा सिकेर एउटा असल मानिस/नागरिक बन्नु धेरै जरुरी छ | अहिलेको समस्या भनेको हामीमा मानबियताको कमि हुनु सबै भन्दा ठुलो समस्या हो | आफु भला तो जगत भला |||

जय नेपाल
कल्पना किरण
३०/०५/२०१५